फूलको बैंश थियो अझै पनि मीठो त्यो याद पच्छ्याउँछ ।
भुन भुन गर्दथ्यो प्रीतले भ्रमरले उन्माद पच्छ्याउँछ ॥१॥
हुन्थ्यो राजसी ठाँटमा जब कतै औसर मिलेछ भने
उसको बेसुरको बजाना उसकै आलाप पच्छ्याउँछ ॥२॥
डढ्यो देह अझै कुनै तरहले तै बाँच्छ कि भन्दछु
जीन्दगी भरको सुख- जलपले तनाब पच्छ्याउँछ ॥३॥
भन्थ्यो गदर्छु हैकम गजबले खै के भयो यो बेला
खुस्क्यो तिम्रो नवाबी चै अब कुनै नवाब पच्छ्याउँछ ? ॥४॥
सारा बैरी बनाइयो समयमा सामर्थ्यले रङ्गिदा
आफ्नै अर्थी अब उठाउन हरे ! सन्त्रास पच्छ्याउँछ ॥५॥
रचना मिति २०७७/१०/०७
इटहरी ।
No comments:
Post a Comment