Sunday, December 30, 2018

गजलः नभन्नु है कसैलाई ।


मनले त्यो मन  चुनेको, नभन्नु है कसैलाई ।
दीलको धडकन हो सुनेको, नभन्नु है कसैलाई ।।

ईर्श्या गर्न सक्छन् कोही, प्रेमालाप देखे भने,
"प्रीत हुन्न दील नहुनेको" नभन्नु है कसैलाई ।।

कोमल तिम्रो  ह‌ृदयमा चोट लाग्ला कैलेकाँही
जतनले कलेजी तुनेको,  नभन्नु है कसैलाई ।।

आफ्नो  लागि रूने मान्छे चिनिसके  पछि 
भर हुन्न है रुनेको, नभन्नु है  कसैलाई ।।

बुन्दिरैछौ गलबन्दी, मलाई नै स‌म्झिएर 
तर कसलाई हो बुनेको, नभन्नु है कसैलाई ।।



No comments: