आज आफ्नो आभा छर्न सक्दिन रे चाँदनीले
परैबाट मन हर्न सक्दिन रे चाँदनीले
रिसाएरै बस्या हौ कि ! तिम्रो कान्ति कता गयो ?
मुहारमा कान्ति भर्न सक्दिन रे चाँदनीले
सविताको उजेलीलार्इ धरतीले छेकेपछि
चम्की आँफै दिप्ती छर्न सक्दिन रे चाँदनीले ।
एकै क्षण त छेकिदिन्छ रश्मीलार्इ, बुझिनौ के ?
बुझेपनि धैर्य गर्न सक्दिन रे चाँदनीले ।
अल्लि पर सर नानी ! उज्यालो त भेटिइहाल्छ
बेला नभै अन्त सर्न सक्दिन रे चाँदनीले ।
रचना मिति -२०७५/०४/११ गते