Tuesday, December 26, 2017

गजलः मायालुकाे केश ...

मायालुकाे केश जब बतासले छुन्छ,
मेराे मनले सधैं भरि उनी लाई नै चुन्छ ।


चिसाे बतास सर्सराउदा हल्लिएका पुष्पपत्र,
मायालुले आफ्नै ओठ चलाए झैं हुन्छ ।



एका तर्फ हाम्राे मिलन अर्काे तर्फ याे चाँदनी
उनैलाई इर्ष्या गर्ने आकाशमा जुन छ  ।

कसी लाउनै पर्दैन हाे, अकबरी सुन भए
मायालुकाे पीयारमा अकबरी सुन छ

अधरकाे मीठाे नशा, अनि न्यानाे अालिंगन
साँच्चै भन्या संसार नै  बिर्सिदिउँ झैं हुन्छ ।

2074/09/11



गजलः अाफ्नै जस्ताे ठानी...

आफ्नै जस्तो ठानी दिलमा बस्ने बसाउने
जस अपजस कस्को हुन्छ ? फस्ने फसाउने


दिल लिनु, दिल दिनु ठट्टा मात्र कहाँ हो र ?
मायालुलाई अंगालोमा कस्ने कसाउने ?


त्यस्तै त हो शुरु शुरु केही गफ त दिनै पर्यो,
कोही कोही त ठूलै हाँक्छन्  तारै खसाउने

सहयात्रा – पुर्वाधार भन्नु राम्रो जस्तो लाग्छ,
दर्द देख्दा मायालुको आखै रसाउने ।

सुख मिल्यो एउटालाई अर्कोलाई  खुसी लाग्ने
किन हुन्न पिरतीमा हाँस्ने हँसाउने ?

2074/09/11


Tuesday, December 12, 2017

गजलः के दिएर फिर्ता मागौं

के दिएर फिर्ता मागौं बालापनको साटो, 
नगुम्थ्यो त कति जाति  जीन्दगीको – पाटो  ।

अभाव नि थिएन क्यै, थिएन क्यै बिलाशिता
जे खाँदा नि मीठो हुन्थ्यो ढींडो होस् या आँटो ।

कति खुसी दिन्थे हेर सानो प्राप्ति पनि सधैं 
जीवन उमङ्गमा रम्थ्यो, खेले पनि माटो ।

स्पर्धामा उछिन्नलाई हेरिएन फर्किएर,
कति धेरै सफर  गरी काटिएछ बाटो ।

कयौं याम पार भए जन्मदिवस मनाउँदै,
जीन्दगीको धुरी हेर्छु मक्किएछ भाटो ।

२०७४ )* @^