Tuesday, December 12, 2017

गजलः के दिएर फिर्ता मागौं

के दिएर फिर्ता मागौं बालापनको साटो, 
नगुम्थ्यो त कति जाति  जीन्दगीको – पाटो  ।

अभाव नि थिएन क्यै, थिएन क्यै बिलाशिता
जे खाँदा नि मीठो हुन्थ्यो ढींडो होस् या आँटो ।

कति खुसी दिन्थे हेर सानो प्राप्ति पनि सधैं 
जीवन उमङ्गमा रम्थ्यो, खेले पनि माटो ।

स्पर्धामा उछिन्नलाई हेरिएन फर्किएर,
कति धेरै सफर  गरी काटिएछ बाटो ।

कयौं याम पार भए जन्मदिवस मनाउँदै,
जीन्दगीको धुरी हेर्छु मक्किएछ भाटो ।

२०७४ )* @^

No comments: