Sunday, December 30, 2018

गजलः नभन्नु है कसैलाई ।


मनले त्यो मन  चुनेको, नभन्नु है कसैलाई ।
दीलको धडकन हो सुनेको, नभन्नु है कसैलाई ।।

ईर्श्या गर्न सक्छन् कोही, प्रेमालाप देखे भने,
"प्रीत हुन्न दील नहुनेको" नभन्नु है कसैलाई ।।

कोमल तिम्रो  ह‌ृदयमा चोट लाग्ला कैलेकाँही
जतनले कलेजी तुनेको,  नभन्नु है कसैलाई ।।

आफ्नो  लागि रूने मान्छे चिनिसके  पछि 
भर हुन्न है रुनेको, नभन्नु है  कसैलाई ।।

बुन्दिरैछौ गलबन्दी, मलाई नै स‌म्झिएर 
तर कसलाई हो बुनेको, नभन्नु है कसैलाई ।।



Thursday, December 13, 2018

गजलः किन सुन्थ्यो सरकार तिम्रो रोदनका कुरा

किन सुन्थ्यो सरकार तिम्रो रोदनका कुरा ?
तौलबिहिन जनताको हुन्न ओजनका कुरा ?

आँफै हत्या र बलात्कारमा संलग्न हुन्छ,
अनि गर्थ्यो दोषीलाई अभियोजनको कुरा ?

काँचै निल्छ सुलुत्त, पचाएकै छ अझ सम्म
त्यसैले त गर्थ्यो किन प्रशोधनका कुरा ?

झुत्रो, मैलो, जे छ त्यही ठीकै रैछ उसको लागि
अनि किन गर्छ कोही रंग रोगनका कुरा ??

न्याय, अन्याय छुट्याउने आँखा भए देखि
किन गर्छ न्यायपूर्ण समायोजनका कुरा ??


Wednesday, December 5, 2018

गजलः कसम ! प्यारी साथै हुँदा रिक्सा मर्सिडिज बन्छ

संकल्प र धैर्यताले मात्रै सबै चिज बन्छ।
परागसेचन भए पछि फूल पनि बीज बन्छ ॥१॥

एकै नास कहाॅ होला जो कसैको परिस्थिति!!
साेल्युसन भयाे भने साबुन पनि फिंज बन्छ ॥२॥

कुमालेको चक्र जस्तै घुमिरन्छ भाग्य पनि,
परिश्रम पछि पुअर पक्कै एक दिन रीच बन्छ ॥३


फगत सोचमा सिमित रैछ सुख दुख भन्ने कुरा,
सुख सम्झे
माई सरो कति चाडै हिज बन्छ ॥४

बरू एउटा सहयात्री भेट्यौ भने तिम्ले कतै,

कसम ! प्यारी साथै हुँदा रिक्सा मर्सिडिज बन्छ ॥५