Thursday, December 13, 2018

गजलः किन सुन्थ्यो सरकार तिम्रो रोदनका कुरा

किन सुन्थ्यो सरकार तिम्रो रोदनका कुरा ?
तौलबिहिन जनताको हुन्न ओजनका कुरा ?

आँफै हत्या र बलात्कारमा संलग्न हुन्छ,
अनि गर्थ्यो दोषीलाई अभियोजनको कुरा ?

काँचै निल्छ सुलुत्त, पचाएकै छ अझ सम्म
त्यसैले त गर्थ्यो किन प्रशोधनका कुरा ?

झुत्रो, मैलो, जे छ त्यही ठीकै रैछ उसको लागि
अनि किन गर्छ कोही रंग रोगनका कुरा ??

न्याय, अन्याय छुट्याउने आँखा भए देखि
किन गर्छ न्यायपूर्ण समायोजनका कुरा ??


No comments: