सुशासन भन्छौ, पारदर्शिता भन्छौ,
अन्याय भो सरकार ! निशाफ चाहिन्छ ।
अन्याय भो सरकार ! निशाफ चाहिन्छ ।
राम्रै गर्छौ, यहि सोची पठा’को हो तिम्लाई,
सत्ता सम्हाल्नलाई पुरै होस हवास चाहिन्छ ।
सरकार ! किन आत्तिन्छौ जवाफ माग्दा,
जनतासँग प्रस्तुत हुन मिजास चाहिन्छ ।
सत्तासँगै घुम्छ भन्छन् शक्ति तथा सम्पत्ति नि !
भोका जनार्दनलाई गाँस बास, कपास चाहिन्छ
रचना मिति २०७५/११/०७
इलाम ।