Wednesday, August 8, 2018

गजलः प्रेमयुक्त दरबार हेर !!

अरु अस्त्र के चाहियो र जोड्नलाई घरबार हेर !
सँगै मिली बनाएको प्रेमयुक्त दरबार हेर !!

प्रेमपंखी घोडा चडी उडौ आऊ गगनमाथी,
दुनियाँले खै के भन्ला, छैन कुनै दरकार हेर !!

कस्ले छेक्ने साहस गर्ला अब हामी दुबैलाई
प्रेमयुद्ध सँधै सँधै हारेको यो सरकार हेर !!

निर्रथक हुन्न कान्छी, प्रेमपूजा कैल्यै पनि,
प्रेमयुद्ध लड्न ठीक्क पारेको यो तरबार हेर !

आफ्नो भन्दा बढी माया हुँदो रैछ दील भित्र,
जनार्दनको आँखाबाट प्रीत भरी संसार हेर ।।

रचना मिति २०७५/०४/२३