Tuesday, September 25, 2018

गजलः निराश किन...

निराश! किन यति धेरै हुन्छौ त लाटी ?
केही दिनमै आउछु के!, रुन्छौ त लाटी ??

तिमी आॅफै बुझिहाल्छौ मेरै मनको कुरा पनि,
निराशामा कसको कुरा सुन्छौ त लाटी ??

मीठा सपना नदेख्नलाई भन्या छु र मैले ?
बियोगको यस्तो स्वप्न बुन्छौ त लाटी ??

भूगोल भिन्न भए पनि मनको दुरी हुन्न प्यारी !
मनमा एउटा राखी देउता चुन्छौ त लाटी ?

पवित्र छ यो मन मेरो, हुरूक्क छ तिमी प्रति,
तिम्रो चोखो मनले यो दील छुन्छौ त लाटी !!
रचना मिति ७४ ६ ८