Thursday, February 25, 2021

गीतः कहिलेसम्म नबोलेर ....

 


स्थायी

कहिलेसम्म नबोलेर मायालुलाई पर्खाउछौ

तिम्रो मीठो बोली सुन्न मेरो मन तड्पाउछौ

अन्तरा १

केही कदम दुरी हुँदा लाग्ने गर्थ्यो कोषौ पर

माया हो कि  पर्खाइको  यो हो मीठो खेल हेर

मेरो आदत बन्यो आज  तिमीलाई सम्झिरहने

मायालुको बोली सुन्दै कहिले होला निदाउने

कहिलेसम्म नभेटेर मायालुलाई पर्खाउछौ

मुटु भित्र बाँधिएको पीरतिमा तड्पाउछौ

कहिलेसम्म नबोलेर .....

अन्तरा २

तिमिले नै जित्यौ आज मेरो हार मानिदेऊ

हारेको यो  दिलसँग  तिम्रो दिल साटिदेऊ  

दिलसँग दिल हार्न मन लाग्छ यसैगरी

 तिमी सँगै स्वास फेर्न मन लाग्छ सँधैभरी

अब पनि किन माया सँधैभरी पर्खाउछौ

मुटु भित्र बाँधिएको  पीरतिमा  तड्पाउँछौ ।

कहिलेसम्म नबोलेर .....

Saturday, February 6, 2021

गीतः फेरिपनि साँझ पर्दा...



फेरि पनि साँझ पर्दा उसै गरी आउँछ याद
बिर्सिएर बोलाउछु नभए' नि तिमी साथ ।।

साथै थियौ - जीवन थियो, हराभरा बाग थियो ।
छोड्यौ जीवन बगर भयो, डढेलो भो खाग भयो ।।
दिन बित्छ जसो तसो बित्ला र खै कालो रात
फेरि पनि साँझ पर्दा उसै गरी आउँछ याद ।।

निष्ठुर त्यो माया तिम्रो माया हो कि आफ्नै छाँया
नभए'नि लागिरह्यो तिमी नै छौ दायाँबायाँ
कस्तो रित्तो भयो हेर मायालुको न्यानो काख
फेरि पनि साँझ पर्दा उसै गरी आउँछ याद ।।

दुई मुटु एकै धड्कन तिम्रो मेरो माया प्रिति
बाचा मीठो गरेकै हो नछुटिने एकै रति
बैरी आँखा लाग्यो प्यारा (प्यारी) दैब केले छोप्ला लाज
फेरि पनि साँझ पर्दा उसै गरी आउँछ याद
बिर्सिएर बोलाउछु नभए' नि तिमी साथ ।।