लजाउदै ओठ टोक्ने, मुस्कुराउने उजेलीलाई
के भनौं खै जुन जस्तै चम्किरहने जुनेलीलीलाई
************************
जिउन मन लाग्छ सधैं
सधैं तिम्रो समीपमा
पिउन मन लाग्छ नसा
बैंसालु ती अधरमा
आकाशमा थियौ कि त ? कैले आयौ धरतीमा ?
मेरै लागि होला सोची, पर्खिरहें तिमीलाई ।
मीठो महक छर्दै हिड्ने सुगन्धी त्यो चमेलीलाई ।
लजाउदै ओठ टोक्ने, मुस्कुराउने उजेलीलाई
लाखौं तारा बिच मेरै
जुन मात्र देख्छु म त
सोह्रसृङ्गार मेरै
निम्ति सुहाएको देख्छु म त
माया गर्दै सँधै भरी
लुकाइरहूँ परेलीमा ।
बेरीरहूँ अंगालोमा
लाग्यो आज तिमीलाई
लजाउँदै ओठ टोक्ने, मुस्कुराउने उजेलीलाई
के भनौ खै ? जुन जस्तै चम्किरहने जुनेलीलीलाई
मिति २०७८/०८/०९
