(लेख)
- जनार्दन कट्टेल
हाम्रो देशमा राजनीतिलाई नयाँ फण्डा र नयाँ नाराले तताई राख्ने र सत्ताको भर्याङ बनाउने प्रवृत्ति २०४६
को प्रजातन्त्रको पुनर्स्थापनादेखि यता बढ्दो क्रममा देखिएको छ ।
यस अघि एकीकृत नेपालको शुरुवाती कालदेखि नै दरवार भित्रै हुने गरेका हत्याका शृङ्खला, पर्व, काण्ड जस्ता परम्परागत शक्तिको प्रयोगलाई सत्ता हात पार्ने औजारको रुपमा प्रयोग गरिन्थ्यो भनी जग जाहेर भएकै कुरा हो । चीनका शासक माओले सत्ता बन्दुकको नालबाट मात्र प्राप्त हुन्छ भन्न सम्म भ्याए। उनले कुन अर्थले वा प्रसङ्गमा भनेका थिए वा त्यो नै अन्तिम र एक मात्र तरिका थियो वा धेरै तरिका मध्येको एउटा तरिका थियो यो अलग कुरा हो । तर नेपालमा सोही वाक्यांशको पछिल्लो समयमा गलत व्याख्या र प्रयोग समेत गर्ने कोशिष गरियो । एक अर्थमा केही ब्यक्तिहरू र समूहले बन्दुकको नालबाट सत्ता प्राप्त गरे पनि यो परम्परागत मान्यतालाई तोडेर उनीहरू नयाँ प्रवृत्तिलाई नै आत्मसात गर्नेहरूको भिडमा हेलिएको देखिन्छ ।
इतिहासलाई भूतकालको राजनीति र राजनीतिलाई वर्तमान इतिहासक रूपमा लिने गरिन्छ। (विद्वान Freemanको बिचार) । अझ केहि विद्वानहरूले राजनीतिशास्त्रलाई इतिहासको फल र इतिहासलाई राजनीति शास्त्रको जराको रुपमा व्याख्या समेत गरेका छन् । (विद्वान सिलेको बिचार) । तर हाम्रो देशमा न त पछिल्लो राजनीतिले इतिहासलाई जराको रुपमा लियो न त इतिहासको फल लागेर पछिल्लो राजनीति परिपक्व भयो । पछिल्लो समय राजनीतिक फण्डाको प्रयोगमा हाम्रो इतिहास अल्झिएको छ । बि.सं. २००७ देखि २०४६ वा त्यसभन्दा केही वर्षसम्म जनताको मानस्पटलमा सेट भएको मिथक (वा सच्चाई?) लाई विनिर्माण गरी देशका विशेष गरी तल्लो वर्ग, सिमान्तकृत वर्गलाई लक्षित गरी एकोहोरो रुपमा एउटा फण्डा फालियो र त्यसैको बलमा राज्य सत्ताको परम्परागत शक्ति राजसंस्थालाई पाखा लगाइयो। त्यसपछि फण्डा फ्याकेर सत्ता प्राप्ति गर्नेहरूको सायद अभीष्ट पूरा भयो । त्यसपछि देशमा थुप्रै नयाँ साना ठूला राजाहरू निस्किए ।
पछिल्लो समय जनतालाई दिग्भ्रमित पार्न फ्याकिएका फण्डाहरु यस्ता थिएः “२५० वर्ष भन्दा बढी शासन गरेको राजसंस्थाले जनतालाई अन्याय गर्यो । आत्म रतिमा रमायो । देश विकास भन्दा आफ्नो विकास मात्र गर्यो। जनताको शोषण गर्यो ।” जुन सत् प्रतिशत गलत हो । एक हिसाबले भन्ने हो भने सुगौली सन्धी अघिसम्म देश निर्माण र भौगोलिक एकीकरणमै व्यस्त थियो राजसंस्था । त्यसपश्चात् राणाहरू जो अहिलेका नेता भन्दा किमार्थ फरक थिएनन्, उनीहरूले सत्ता आफ्नो हातमा लिए । त्यस अवधिमा राजसंस्था उनीहरूको बन्दीको रुपमा रहेर देशको बर्वादीको साक्षी बन्न विवश भयो । २०१५ देखि २०२८ सम्म राजा महेन्द्र र त्यसपछि २०४६ सम्म बिरेन्द्र राजाको पालमा जति आधुनिक नेपालको जग बसाइयो त्यसलाई २०४६ सालदेखि यताको कथित लोकतन्त्र (नेतातन्त्र) ले ध्वस्त पार्ने काम मात्र गर्यो । राजसंस्था जुन हाम्रो गौरब र नेपाली हुनुको पर्याय थियो –उसले नेपाल बनाएको बिर्साउनका लागि जनतालाई भुलभुलैयामा पारिएको छ। कथित लोकतन्त्र (नेतातन्त्र) ले राजसंस्थालाई यसरी हुर्मत लिएर भ्रम फैलायो कि त्यो भ्रममा परेर जनता पनि केहि क्षणको लागि दिग्भ्रमित भए । यस बिनिर्माणमा सबै भन्दा आलोचित तत्कालिन राजा ज्ञानेन्द्र तथा शुरुवाती राजा पृथ्वी नारायण शाह देखिए । यस लेखमा यस पछि पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर एउटा सानो बिचार राख्ने जमर्को रहनेछ ।
हामीमध्ये कसैले पृथ्वीनारायण शाहका साना तिना कमजोरीहरू, जो तिल बराबर छन्, लाई पहाड बनाएर नकारात्मक प्रचार गरेर उनी प्रतिको आम आस्था खस्कायौ वा त्यस फण्डाबाट सत्ता प्राप्त गर्यौ वा केहि किताब वा लेख बिकाउन सफल भयौं होला, केहि आर्थिक जोहो गर्यौं होला । त्यसलाई आत्मरति भन्दा केही बढी मानिदैन । यो त आफ्नै बाबुलाई आमाको बलात्कारी भनेर गाली गरे जस्तो मात्र हो । यसबाट आफूलाई लाभ त होला तर दुनियाँले आफूलाई धुन्धुकारी भनेको थाहै पाइदैन । के बाबुप्रति रिस उठ्यो भने बाबु साट्न वा अर्को बाबु खोज्न जाने हो र ? हाम्रो इतिहास नै त्यही छ त, त्यसलाई मुर्खता पूर्ण रुपले थुक्दा हामी सभ्य देखिन्छौ त ? हामीले हाम्रो इतिहास र इतिहासका अग्रज पुरुषका राम्रा कुरालाई आत्मसात गरी नराम्रा प्रवृत्तिलाई नअंगाल्दा हुदैन र ? तर फण्डा प्रवित्तिको हाम्रो राजनीतिक संस्कारले हामीलाई इतिहास थुक्ने, वीर पूर्खालाई सराप्ने, उनीहरूको राम्रो कुराबाट नसिक्ने अनि नराम्रो चै निरन्तरता दिने कुराको पक्षपोषण पो गरिरहेछ त !!! । यसो भनिरहदा मेरो के आग्रह छ भने- पृथ्वी नारयण शाह कुनै कमजोरी नै नभएका आदर्श राजा थिए भन्ने मात्र पनि मेरो आशय होइन ।
कतिपयको मनमा प्रश्न उठ्न सक्छ, युद्ध वा अन्यायपूर्ण तरिका मात्र थियो त एकीकरणको भनेर । शूरुमै भनियो यो राज्य एकीकरण र सत्ता आरोहणको परम्परागत तरिका नै हो । राज्यको उत्पत्ति भएदेखि संयुक्त राष्ट्रसंघको स्थापना भएसम्म पनि सत्ता प्राप्ति र राज्य विस्तारको लागि युद्ध भन्दा अर्को विकल्प मानिसले वा शासकले जानेकै थिएन । अझ भनौं आविश्कार नै भएको थिएन । के पृथ्वी नारायण शाह आफ्नो समय भन्दा २०० वा सो भन्दा बढी वर्ष पछिको राजनैतिक प्रवृत्ति अपनाउन जान्दथे त ? सफल हुन्थे त ? ठूलो देशको राजा हुने लोभले होस वा जे सुकै उद्देश्यले युद्ध गरेर भए पनि नेपाललाई ठूलो देश बनाउने अभियान नथालेको भए के हामी अहिले नेपाली भएर उनैलाई सराप्न पाउथ्यौ त ?
अझ कसैको मनमा प्रश्न उठ्ला के पृथ्वीनारायण शाहले राज्यको भौगोलिक रुपमा मात्र एकीकरण गरेर सिमान्तकृत वर्गलाई झन पछि पारेर र अझ अत्याचार गरेनन् त भनेर । एक पल्ट सम्झौं त, उनले भौगोलिक एकीकरण नगरेको भए हाम्रो देशलाई अंग्रेजले उहिल्यै ईष्ट इन्डिया कम्पनीमा गाभिसकेको हुन्थ्यो होला । अनि हामी अंग्रेजको गुलामी गर्दै उनीहरूको सेवा सुश्रुसामा तल्लो स्तरको कार्य गरी सास अड्याउन बाध्य भइरहेका हुन्थ्यौं होला । हाम्रो आज देखिएको सगरमाथा हिमाल भन्दा अग्लो स्वाभिमान अंग्रेजको जुत्ताको तलुवा मुनि हुन्थ्यो होला । हामी या त आज “भारत माताकी जय” भन्दै दगुरी रहेका हुन्थ्यौ या त हाम्रा प्रधान मन्त्री हुने उम्मेद्वारहरू गोर्खा राज्यको मुख्य मन्त्री हुन ठस ठस गरिरहेका हुन्थे । जे हुन्थे आज जस्तो शीर ठाडो पारेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नागरिकको हैसियतले इतिहासलाई समेत सराप्ने र थुक्न सक्ने औकात र अवसरमा हुदैनथे ।
अझै प्रश्न उठ्छ, परम्परागत इतिहासकारहरूले राजाहरूको मात्र इतिहास लेखिदिए वा उनीहरूलाई लेखाइएन । खोसिएका भनिएका राज्यमा भएका जनता र शासक प्रतिको अत्याचार र पृथ्वीनारायण शाहले आफ्नै सैनिक र भारदारहरूप्रति गरेको अन्यायको इतिहास लेखिएन भनेर प्रश्न उठ्न सक्छ। यो प्रश्न उठिरहेको पनि छ। तपाई बिचार गर्नुहोस त, तपाईलाई मन परेको प्रधानमन्त्रीले ल्याएको एउटा ख्याति प्राप्त अभियान/ विकासको आयोजना/ नियुक्ती वा कसैलाई कुनै कार्यका लागि गरिएको जिम्मेवारी हेरफेर आदिमा एकै समयमा कति बिरोधी वा आलोचक रहन्छन् ? त्यस्तै हो त्यति खेरको अन्याय पनि । प्रत्यक्षदर्शी कोही थिएन ।भएका मरिसकेका थिए । इतिहासकारहरूले त आफ्नो बुताले जे भेटे, जे सुने वा देखे त्यसैलाई सन्दर्भ सामग्रीको प्रयोग गरेर लेख्ने हो नि, होइन र ? फरक चाँहि कति हो भने उक्त शासक प्रतिको त्यो लेखक/इतिहासकारको अभिवृत्ति (Attitude) कस्तो छ, त्यसमा चाँही अवश्य भर पर्छ। सामान्यतया परम्परागत इतिहासशास्त्रले जित्नेको इतिहास मात्र लेख्छ ।त्यसो त निभेको आगो तापेर अहिले नै पो को हिडेको छ र?
राष्ट्र निर्माता पृथ्वी नारायण शाहप्रति पछिल्लो समय विकास गरिएका नकारात्मक धारणालाई लिएर यति गन्थन गरिसकेपछि आम पाठकले के बुझ्नु अनिवार्य छ भने यी नकारात्मकता कुनै न कुनै स्वार्थ प्रेरित थिए । त्यत्तिकै कसैले पनि आफ्नो इतिहासलाई थुक्दैन र पुर्खालाई सराप्दैन । समान्यतया जिउदो बाबुसँग पनि अंश खोज्दा बाहेक कोही झगडा गर्दैन भने सभ्य मानिसले पुर्खालाई सराप्दैन । बरु पिण्ड दान गर्छ। हाम्रो हिन्दु परम्परामा त श्राद्ध गर्छ ।
हालै भएको जेन्जी आन्दोलन तथा पछिल्लो समय तयार भइरहेको जनमत लगायतको बलमा पृथ्वीनारायण शाह प्रतिको नकारात्मकता चिर्ने एउटा प्रयास भएको छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन देशै भर सार्वजनिक बिदा सरकारले घोषणा गरेको छ । यो राजनीतिको सकारात्मक पाइला हो । हामीले इतिहासबाट सिकेर थप सुधार गर्नै पर्छ । विगतलाई सच्याउन सकिदैन । सच्याउने भनेको वर्तमानमा मेहनत गरेर हामीले हाम्रो आगतलाई नै हो । यसका लागि हामीसँग अग्रजहरूप्रति सम्मान गर्ने ठूलो छाति हुनु पर्छ । दिल तथा दिमागमा सकारात्मकता हुनुपर्छ ।
पृथ्वीपथ
पृथ्वी नारायण शाह हाम्रा पुर्खा हुन् । वहाँको जीवन शैली तथा प्रजाहरू प्रतिको दृष्टिकोण र जीवनको आखिरी समयमा दिएको दिव्योपदेशलाई नै पृथ्वी पथको रुपमा बुझिन्छ । वहाँको उपदेश भित्र आधुनिक राज्यले अपनाउनु पर्ने सन्तुलित परराष्ट्र नीति, औध्योगिक नीति, कृषि नीति, आदि महत्वपूर्ण नीतिहरू समेटिएका छन् । हाम्रो आजको कथित लोकतन्त्र (नेतातन्त्र)) ले त्यस्ता नीतिहरूलाई वेवास्ता गरी विदेशी दाताको इशारामा अन्य नीतिहरू नै कार्यान्वयन गर्ने गरेको छ ।यस्तै नीतिहरुका कारण राष्ट्रियता नै अत्यन्त कमजोर बनेको छ । देशको अर्थतन्त्र डामाडोल बनेको छ । सरकार प्रति जनताको भरोसा टुटेको छ। चरम निराशा जनतामा व्याप्त छ ।जनताको माग भन्दा पनि दाताको आपूर्तिलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिने नीतिले राष्ट्रलाई विदेशीको कठपुतली बनाउने निश्चित छ । त्यसैले आयातीत कुनै बादभन्दा पृथ्वीपथ नै राष्ट्र निर्माण, समृद्धि, स्थिरता र हाम्रो स्व पहिचानका लगि ज्यादै सान्दर्भिक देखिन्छ।
पृथ्वीपथका केही महत्वपूर्ण बुँदाहरूलाई देहाय
बमोजिम राखिएको छः
· खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ । उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।(बस्ती विकास तथा कृषिको आधुनीकीकरण, जग्गा चक्लाबन्दी, उद्योग स्थापना)
· मुलुकमा अन्याय हुन कहिल्यै नदिनु (सक्षम, निश्पक्ष न्याय व्यवस्था)
· सिपाही भन्याका तिखारी राख्न्या हुन । (कर्मचारी वृतिविकास र तालिम)
· जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।(जनताको सशक्तिकरण र सुशासन)
· सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।(राष्ट्र निर्माणमा सबैको भूमिका छ । सबैले मिलेर यसको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा गर्नु पर्छ ।)
· नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु । (सुझवुझ पूर्ण र स्थिर विदेश नीति)
· घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।भ्रष्ट्राचार विरुद्धको शुन्य सहिष्णुता, सुशासन)
· यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।(विविधता व्यवस्थापन, राष्ट्रिय एकताको प्रयास)
· राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर। (वाणिज्य तथा उद्योग नीति) आदि।
अन्त्यमा सबैले सकारात्मक सोच र पुर्वजप्रति अनुग्रह राख्नुनै सभ्यताको मूल मन्त्र हो । आफ्नै इतिहास र पुर्खालाई सराप्नु भनेको आकाश तिर फर्किएर थुक्नु जस्तै हो । यसो गर्नाले आफ्नै मुखमा छिटा पर्छ । हामीले विगतका शासकलाई सराप्यौ भने आगामी पुस्ताले पनि हामीलाई अवश्य सराप्ने छ । त्यसैले सभ्य बनौं पुर्खाप्रति आदरगर्ने संस्कारको थालनी गरौं भन्ने लेखकको आग्रह छ ।