Saturday, August 30, 2025

गजलः सत्रु भन्दा खतरनाक यहाँ मित्र हुन्छ

 सत्रु भन्दा खतरनाक यहाँ मित्र हुन्छ

याद गर्नुस सबै चिज तपाई भित्र हुन्छ। 

सत्रु त तपाईंको कुरा काट्न थालिहाल्छ

हेर्नुस् त उसकै कुरामा आफ्नो चित्र हुन्छ।  

 युट्युब फेसबुक जाँच गरौं कि एकपटक

ट्रेन्डिङ भिडियो नै तपाईंको चरित्र हुन्छ। 

लाखौं दानमा गर्ने खर्च सबै ढोंग हो कि? 

दृष्टिकोण बिचारौं मानसिकता दरिद्र हुन्छ। 

आफ्नो पाप पखाल्न मन्दिर जानै पर्दैन 

सत्य मात्र बोल्नुस्, मधुशाला पबित्र हुन्छ।।