चन्द्रमाको बिच पनि दाग हुँदो रैछ
सबै कुरा आफ्नो आफ्नो भाग हुँदो रैछ ।।१।।
बाचा कसम जले पछि डढेलो भो देह,
पिरतीमा जली जीवन खाग हुँदो रैछ ।।२।।
संगीतको मल्हमले भर्छ मन भन्थे कोही
त्यही संगीत मृत्यू गीत राग हुँदो रैछ ।। ३।।
बियोगमा छटपटिदा बसन्तको हरियाली
शिशिरको उजाडिदो बाग हुँदो रैछ ।।४।।
दुर्भाग्यको रास आफ्नो भाग परे पछि
कोइली पनि कुन्नी किन काग हुँदो रैछ ।।५।।
(पुरानो गजल)
No comments:
Post a Comment