भुजङ्गप्रयातमा एक प्रयास
ISS ISS ISS ISS
बनी एक खम्बा म राष्ट्रियताको
म पाऊँ उचाल्न ध्वजा एकताको
अँगालू यो राष्ट्र यही पाखुरामा
उमारेर मोती यहीँका गरामा ॥१॥
म माटो यहाँको लिई एक हात ऽ
उठाएर माथी गरी उच्च माथ ऽ
ध्वजाको सुरक्षा गरूँ कर्म साथ ऽ
यिनै पाइलाले हिँडी साथ साथ ऽ ॥२॥
सबै जात धर्मऽ, जति जे छ हाम्रो
यिनै सम्पदाको छ सौन्दर्य राम्रो
सयौं पुष्प साथS सजेको यो वागऽ
छ विश्वमा यौटा अभेद्य र साजS ॥३॥
म जागूँ बिहानै हिमाली धरामा
म खेलूँ धराका कुना कन्दरामा
म राष्ट्रियताको जपूँ एक मन्त्रऽ
फलाऊँ फुलाऊँ यहाँ लोकतन्त्रऽ ॥४॥
नआऊ बिथोल्न सहिष्णु समाज ऽ
अंगालेर बैरी पचाएर लाजऽ
कही चोट देलान् रिपुका खुडाले
म रोक्दै बढूला यिनै पाइलाले ॥५॥
No comments:
Post a Comment