Wednesday, March 9, 2022

ELG Report of Limchungbung, Udayapur

 

नेपाल सरकार वा सरकारी निकायका रा.प.तृतीय श्रेणी वा सो सरहका कर्मचारीहरुका लागि सेवाकालिन तालिम (Professional Course On Management and Development) अन्तर्गत स्थानीय सरकारसँग सहभागिता  (Engaging with Local Government-ELG) विषयमा गरिएको

लिम्चुङबुङ गाँउपालिकाको

अध्ययन प्रतिवेदन

 

 

 

 

 

प्रतिवेदन पेश गरिएको निकायः

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर

 

पेशकर्ताहरुः

v  विष्णुकुमारी अधिकारी,
परराष्ट्र मन्त्रालय, सिंहदरवार, काठमाडौ ।

v  जनार्दन कट्टेल,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ईटहरी ।

v  सागर अधिकारी,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौ ।

v  डा. सौनक भण्डारी,
खानी तथा भू-गर्भ विभाग, लैनचौर, काठमाडौं ।

v  जितेन्द्र मल्ल,
नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी, भक्तपुर  

 

पौष २०७८


हाम्रो भनाई

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका राजपत्रांकित तृतीय श्रेणीका शाखा अधिकृत वा सरकारी निकायका सो सरहका कर्मचारीहरुका लागि यही २०७८ मंसिर ०१ देखि २०७८ पुष २८ गतेसम्म संचालित Professional Course on Management and Development विषयक सेवाकालिन प्रशिक्षण कार्यक्रममा सहभागी भएर कार्य वातावरणसँग सम्बन्धित नेपालको शासकीय प्रणाली, विकास तथा योजना, वित्तीय व्यवस्थापन, स्व-व्यवस्थापन र समूह व्यवस्थापन लगायत विभिन्न चारवटा मोड्युलहरुमा प्रशिक्षित हुन पाउँदा निकै हर्षित भएका छौ । यस प्रशिक्षण कार्यक्रमको चौथो मोड्युल अर्थात् स्थानीय सरकार सम्मिलन (Engaging with local Governments) कार्यक्रमले संघीय शासन व्यवस्थालाई आत्मसात गरिएको वर्तमान परिप्रेक्ष्यमा कोभिड-१९ महामारीले स्थानीय सरकारको भूमिका, काम, कर्तव्य, सेवा प्रवाहमा ल्याएको परिवर्तन, समस्या, चुनौती तथा समस्या समाधानको क्रममा अपनाउन सकिने उपायहरुको अध्ययन विश्लेषण गर्ने उद्देश्य रहे अनुरुप हामी पाँच जनाको समूहले  हामीलाई तोकिए अनुरुप प्रदेश-१ को उदयपुर जिल्लामा अवस्थित लिम्चुङबुङ गाउँपालिकाको अध्ययन गरी प्रतिवेदन तयार गरेको छ ।

परिवर्तित राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक परिवेशमा स्थानीय सरकारबाट सम्पादन भइरहेका कार्यहरु संघीयताको मर्म र भावना अनुरुप छन् कि छैनन्, जनतालाई प्रदान गरिने सेवा सुविधाहरु छिटो, छरितो र प्रभावकारी छन् कि छैनन, स्थानीय निकायका संरचना तथा कर्मचारीहरु सेवाग्राहीका अपेक्षा पूरा गर्न सक्षम छन् कि छैनन् भन्ने विषयमा बुझ्न यस अध्ययनले महत्वपूर्ण अवसर प्रदन गरेको छ । कोभिड-१९ महामारीका कारण भौतिक रुपमा लिम्चुङबुङ गाउँपालिकामा नै गएर अध्ययन प्रतिवेदन गर्न सम्भव नभएकोले भर्चुअल माध्यमबाटै गाउँपालिकाको वेभसाइट, गाउँपालिकाका जिम्मेवार व्यक्तिहरुसँग समन्वय गरी विभिन्न प्रश्नावली तथा फोन सम्पर्क गरी यो प्रतिवेदन तयार पारेका छौं ।

अन्तमा, कोभिड-१९ का बाबजुद् हामीलाई प्रशिक्षणको मौका दिनुभएकोमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान परिवारप्रति कृतज्ञता प्रकट गर्न चाहन्छौ । यस प्रतिवेदन तयारीका क्रममा मार्गदर्शन प्रदान गर्नुभएकोमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका सहजकर्ताहरु श्री पृथा पौड्याल, श्री शैलजा उपाध्याय, श्री दिपक कुमार पटेल लगायत सम्पूर्ण प्रतिष्ठान परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । भर्चुअल माध्यमबाट गरिएको हाम्रो अध्ययनलाई उद्देश्यमूलक, वस्तुपरक र अनुसन्धानमूलक बनाउन भौगोलिक रुपमा टाढा रहेर पनि आवश्यक तथ्य-तथ्याकं, सूचना तथा जानकारी उपलब्ध गराउन सहयोग गर्नुभएकोमा लिम्चुङबुङ गाउँपालिकाका अध्यक्षज्यू, उपाध्यक्षज्यू तथा अन्य जनप्रतिनिधिहरु प्रमुख प्रशासकीय अधिकृत श्री टार्जन कुमार लिम्बू, लेखा अधिकृत ताराकिरण राई, स्वास्थ्य संयोजक, तथा अन्य कर्मचारी साथीहरु तथा स्थानीय समाजसेवी लगायत सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।

       -प्रस्तुतकर्ताहरु

२०७८ पुष २७


 

कार्यकारी सारांश

निजामती सेवा तथा नेपाल सरकारका अन्य निकायहरुमा कार्यरत राजपत्राङ्कीत तृतीय श्रेणी वा सो सरहका अधिकृतहरुको लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, स्टाफ कलेजबाट मिति २०७८ मंसिर ०१ देखि २०७८ पुष २८ गतेसम्म संचालित Professional Course on Management and Development विषयक सेवाकालिन प्रशिक्षण कार्यक्रमको चौथो मोड्युलको आउट पुटको रुपमा यो सामग्री तयार गरिएको छ । यो अध्ययन प्रतिवेदन स्थानीय सरकार सम्मिलन (Engaging with local Governments) अन्तरगत गरिएको हो । कार्यक्रमले संघीय शासन व्यवस्थालाई आत्मसात गरिएको वर्तमान परिप्रेक्ष्यमा कोभिड-१९ महामारीले स्थानीय सरकारको भूमिका, काम, कर्तव्य, सेवा प्रवाहमा ल्याएको परिवर्तन, समस्या, चुनौती तथा समस्या समाधानको क्रममा अपनाउन सकिने उपायहरुको अध्ययन विश्लेषण गर्ने उद्देश्य रहे अनुरुप हामी पाँच जनाको समूहले हामीलाई तोकिए अनुरुप प्रदेश-१ को उदयपुर जिल्लामा अवस्थित लिम्चुङबुङ गाउँपालिकाको अध्ययन गरी प्रतिवेदन तयार गरेको छ ।

एउटा प्राकृतिक फूल जुन पहाडी टाकुरामा फुल्छ – कलिलो मुनामा । त्यही फूलको नामबाट लिम्चुङ्बुङको नामाकरण गरिएको छ । उदयपुरको उत्तरी टाकुराको कलिलो फूलको कोपिला नै हो लिम्चुङबङ्- विकासका दृष्टिले, राज्यको पहुँचका दृष्टिले र समग्र शासन/व्यवस्थापनका दृष्टिले । त्यँही कलिलो मुनालाई, कोपिलालाई के कसरी हुर्काइदैछ, बढाइदैछ, त्यसको अवस्था सन्तोषजनक भए नभएको विश्लेषणमा केन्द्रित छ यो अध्ययन । 

अध्ययन प्रतिवेदनलाई कुल पाँचवटा अध्यायमा राखिएको छ । पहिलो अध्यायमा अध्ययनको परिचयात्मक खण्ड तथा सीमाहरु दोस्रोमा गाँउपालिकाको समग्र अध्ययन र कार्यावातावरणको विश्लेषण गरिएको छ ।त्यस्तै तेस्रो अध्यायमा गाउँपालिकाले प्रवाह गर्ने सेवाको अवस्था र चौथोमा गाउँपालिकाले कोभीड १९ को महामारीसँग के कसरी सामना गर्यो भन्ने विषयमा केन्द्रित भई गरिएको छ । पाँचौ अध्यायमा समग्र सिकाइ अनुभुति र गाउँपालिकाको उन्नयनका लागि केही सुधारहरु दिदै अध्ययन प्रतिवेदनको अन्त्य गरिएको छ ।

जनताको घर दैलोमा सँगै रहेर जनताको सुख दुःखसँग प्रत्यक्ष सरोकार राख्ने सरकार भएकोले तुलनात्मक रुपमा लिम्चुङबुङ गाउँपालिकासँग जनअपेक्षा बढी नै छ । संघीयता कार्यान्वयन हुनु अघि संघीय सरकराले त्यहाँ पनि मानव बस्ति छ है भन्ने सम्मको अनुभुति नदिलाएको अवस्थामा हाल त्यँहा देखिने र अनुभुति गरिने थुप्रै कार्यहरु भएका छन् । उदयपुर जिल्लाको कर्णालीको रुपमा रहेको यस गाउँपालिकामा हालसालै विद्युतीकरण भएको छ, सेवा प्रवाहलाई क्रमशः प्रविधिमैत्री बनाइदैछ । समग्रमा जनतामा विकास र समृद्धिको भोक जगाइएको छ । 

तथापि आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुँदा गाउँपालिकामा वेरुजुको अंश निक्कै धेरै देखिएको छ । आर्थिक अनुशासन कायम गर्दै नेतृत्वको दुरदृष्टि र नतिजा तत्काल प्राप्त गर्न चाहने प्रवृत्ति तथा प्रक्रिया कतै छुट्ने पो हो कि भनी सतर्क रहने कर्मचारीको तादात्म्यताबाट अबको समृद्धि तर्फको यात्रा सम्भब देखिन्छ । 

 

 


विषय सूची

 

हाम्रो भनाई. i

कार्यकारी सारांश.. ii

परिच्छेद १ परिचय (Introduction) 1

१.१. पृष्ठभूमी.. 1

१.२. उद्देश्य... 2

१.३. अध्ययनको औचित्य र महत्व... 2

१.४. अध्ययन विधि.. 3

१.५ अध्ययनका सीमा.. 3

परिच्छेद २ कार्यवातावरणको विश्लेषण (Performance Environment Analysis) 4

२.१. पृष्ठभूमी.. 4

२.२. गाउँपालिकाको परिचय. 4

२.२.१. भौगोलिक अवस्था.... 4

२.२.२. गाउँपालिकाको नामाकरण.. 5

२.२.३. राजनीतिक अवस्थिति.. 5

२.२.४. गाउँपालिकाको मुख्य नदी तथा खोलानाला... 6

२.२.५. धार्मिक तथा पर्यटकीय स्थलहरु.. 6

२.२.६. पुर्वाधारको अवस्थाः..... 7

२.२.८. लिङ्चिङबुङ गाउँपालिकाको  नीति, योजना/ कायमक्रमहरु.. 8

२.३. स्थानीय सरकारको भूमिका... 9

२.४. गाउँपालिकाको संगठन संरचना र पदपूर्तीको... 11

२.५ सेवा प्रवाहमा प्रविधिको प्रयोग. 13

२.६ कार्य वातावरण र संस्कृति.. 14

२.६.१. सवल पक्ष (Strengths) 15

२.६.२. कमजोर पक्ष (Weaknesses) 15

२.६.३. अवसर (Opportunity) 15

२.६.४. चुनौतिहरू (Threats) 16

२.७ कार्यसम्पादन. 16

२.७.१ जिम्मेवारी कार्यान्वयनको अवस्था.... 16

२.७.२ समय तालिकाको परिपालना.. 17

२.७.३ कार्यकुशलता.. 17

२.७.४ सेवाप्रवाहमा प्रभावकारीता.. 18

परिच्छेद ३ सेवाको नक्सांकन: सार्वजनिक सेवा प्रवाहको अवस्था (Service Mapping: Status of Public Service Delivery) 19

३.१. सेवा प्रवाहको प्रकृति: 19

३.२.  सेवा प्राप्तिमा नागरिकको पहुँच र सहजता: 21

३.३. सेवा प्रवाहमा समयको पालना: 22

३.४ सेवा प्रवाहमा सत्य निष्ठा, उत्तरदायित्व र जवाफदेहिता: 23

३.५ गुणस्तरीय सेवाप्रवाहका कठिनाईहरु: 24

३.६ सार्वजनिक सेवा प्रवाहमा विचौलियाको संलग्नता.. 25

३.७ नागरिक र सेवा प्रदायकबीचको सम्वन्ध... 25

३.८ नागरिकको अपेक्षा र विश्वास. 26

३.९. नागरिक केन्द्रित सार्वजनिक सेवा.. 27

३.१० नागरिक सन्तुष्टि.. 27

परिच्छेद ४ कोरोना महामारीमा गाँउपालिकाको प्रयास (Responding To Covid -19 Pandemic Situation) 29

.१. कोभिड-१९ को वर्तमान अवस्था.... 29

..       गाँउपालिलकाको हालसम्मको कोभिड -१९ सँग सम्बम्न्धित तथ्यांक UPDATE देहायबमोजिम प्रस्तुत गरिएको छ।.. 29

४.२.कोभिड-१९ व्यवस्थापन. 30

..१.स्वास्थ्य सम्बन्धि र स्रोत व्यवस्थापन सम्बन्धी.... 30

४.२.२       सचेतना अभिवृद्धि कार्य तथा सुरक्षा उपाय अवलम्बन,  अभ्यास र जानकारी सम्बन्धमा.. 31

४.२.३       पि.सी.आर.जाँचपरीक्षणको व्यवस्थातथा क्वारेन्टाइन व्यवस्थापन र खोप लगाउने सम्बन्धमा.. 32

४.२.४.      अन्तर-सरकारी समन्वय. 33

४.२.५. सरोकारवाला बीच समन्वय. 33

४.२.६. कोभिड -१९ व्यवस्थापनका उत्तम अभ्यासहरु.. 33

४.३       कार्य सम्पादनमा कोभिड -१९ ले पारेको प्रभाव. 34

४.४       सेवा प्रवाहमा कोभिड -१९ को प्रभाव. 34

परिच्छेद ५ समग्र अनुभुति तथा सिकाइ उपलब्धी (Overall Impression and Lesson Learned) 35

५.१ सारांश.. 35

५.२ समग्र अनुभूति.. 36

५.३ सिकाईहरु.. 36

५.४ सुझावहरु.. 37

सन्दर्भ सामग्रीहरू.. 39

अनुसुची १.. 40

अनसुची २.. 44

अनुसुची ३.. 47

 


परिच्छेद १
परिचय
(Introduction)

 

१.१. पृष्ठभूमी

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट मिति २०७८ मंसिर ०१ देखि पुष २७ सम्म भर्चुअल माध्यमबाट सचांलन गरिएको Professional Course on Management and Development  विषयक ३० कार्यदिनको सेवाकालिन प्रशिक्षण कार्यक्रमको चौथो मोड्युल Engaging with Local Government अन्तर्गत स्थानीय सरकारको काम कारवाहीलाई नजिकबाट अध्ययन विश्लेषण गरी प्रतिवेदन तयार गर्ने कार्यक्रम अनुसार हाम्रो समुहले उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकाको कार्य सम्पादन, सेवा प्रवाहको अवस्था र कोभिड-१९ का सन्दर्भमा यस गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधामा भएको परिवर्तन, समस्या, चुनौती र समाधानका लागि गरिएका प्रयासका बारेमा सम्बन्धित गाउँपालिकाका जिम्मेवार अधिकारीको सहयोग तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको समन्वयमा यो प्रतिवेदन तयार गरेको छ।

नयाँ संविधानको प्रारम्भसँगै नेपालमा विगत ६ वर्षदेखि संघीय शासन प्रणालीको अभ्यास भइरहेको छ। संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको शासकीय व्यवस्था गरेसँगै संघीय संरचनाभित्र जनताको सबैभन्दा नजिकमा रहेर जनताको घरदैलोमा सेवा सुविधालाई सहज रुपमा पुर्याउने उद्देश्यका साथ स्थानीय सरकारको भूमिका, काम, कर्तव्य, अधिकार र जिम्मेवारी स्पष्ट पारेको छ। स्थानीय जनताको आवश्यकता पहिचान गर्न, उनीहरुको अपेक्षा बमोजिम सरल, सहज र प्रभावकारी सेवा सुविधा संचालन गर्न, पूर्वाधार विकास तथा दिगो र विकासका कार्यहरु अगाडी बढाउन जिम्मेवार निकायको रुपमा स्थानीय सरकारको व्यवस्था गरिएको हो। नागरिकलाई विकासको अनुभूति दिलाउन, जीउ धन र स्वतन्त्रताको रक्षा गर्न, समानता, न्याय र सन्तुलनको सिद्धान्तमा आधारित रही मुलुकको दिगो विकास गर्दै समृद्ध र समुन्नत राज्य निर्माणको लागि आधारस्तम्भको रुपमा स्थानीय सरकार रहन्छ। स्थानीय स्तरमा नागरिकका इच्छा, आकाक्षांहरुलाई सम्बोधन गर्न तथा सेवा प्रवाह छिटो, छरितो, विश्वसनीय र गुणस्तरीय रुपमा उपलब्ध गराई मुलुकको काम कारवाहीमा सकारात्मक सोच बनाइराख्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको हुन्छ।

त्यस्तै विश्वभरनै शासकीय प्रणाली, सोच र चिन्तनमा निरन्तर भइरहने परिवर्तनले पनि जनतालाई केन्द्रविन्दुमा राखी शासन गर्नुपर्ने कुरामा जोड दिँदै आइरहेका छन्। जनताको सबैभन्दा नजिकको स्थानबाट सहज रुपमा सेवा प्रवाह गर्नुपर्ने, जनसरोकारका विषयमा सेवा प्रदायक पारदर्शी तथा जवाफदेहि हुनुपर्ने, नीति निर्माण, कार्यान्वयन, अनुगमन मूल्यांकन एवं न्याय निरुपण लागयतका सार्वजनिक महत्वका विषयमा स्थानिय नागरिकको प्रत्यक्ष र सक्रिय सहभागिता रहनुपर्नेमा मान्यताका आधारमा स्थानीय सरकारलाई जिम्मेवार बनाइएको छ।यी जिम्मेवारीका साथसाथै स्थानीय शासन संचालनमा विभिन्न समस्या र चुनौतीहरु पनि थपिँदै गइरहेका छन्। विद्यमान कोभिड-१९ को सन्दर्भमा लिम्चुङबुङ गाउँपालिकाको सेवा प्रवाहको अवस्था, सेवाप्राप्तिका सन्दर्भमा स्थानीय नागरिकका समस्या तथा समस्याको कारण तथा समाधानका उपायका बारेमा अध्ययन विश्लेषण गर्ने प्रयास स्वरुप यस प्रतिवेदन तयार गरिएको छ।

१.२. उद्देश्य

Professional Course on Management and Development  विषयक सेवाकालिन प्रशिक्षण कार्यक्रम अन्तर्गतको Engaging with Local Government मोड्युलले स्थानीय निकायको भूमिका, काम, कर्तव्य, सेवा प्रवाह, कोभिड-१९ को प्रभाव लगायतको अध्ययन विश्लेषण गर्ने उद्देश्यबमोजिम यस अध्ययन प्रतिवेदनका उद्देश्यहरुलाई देहायबमोजिम राखिएको छ:

§  संघीय संरचनामा स्थानीय सरकारको कार्यहरु पहिचान गर्नु,

§  स्थानीय सरकारबाट जनताले राखेको अपेक्षा, जनताका आवश्यकताको पहिचान गर्नु,

§  स्थानीय सरकारको सेवा प्रवाहको अवस्था, समस्या र चुनौतीको अध्ययन विश्लेषण गर्नु,

§  सेवा प्रवाहमा देखिएका समस्या समाधानका उपायहरुको खोजी गर्नु,

§  कोभिड-१९ ले लिम्चुङबुङ गाउँपालिकाको सेवा प्रवाह तथा समग्र कार्यसम्पादनमा पारेको प्रभावको विश्लेषण गर्नु।

१.३. अध्ययनको औचित्य र महत्व

नेपालको संविधान, २०७२ ले राज्यको शक्ति, साधन र स्रोतलाई संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरेको छ। यस व्यवस्थाले स्थानीय सरकारलाई संघ तथा प्रदेशको मातहतमा नभई छुट्टै र शक्तिशाली सरकारको रुपमा स्थापित गरिदिएको छ। यस परिप्रेक्ष्यमा स्थानीय जनताको नजिकमा रहेर उनीहरुका इच्छा आवश्यकतालाई नजिकबाट नियाल्ने, जनताको भावनाअनुरुप सेवा सुविधा संचालन गर्ने तथा जनसरोकारका विषयमा जनताको प्रत्यक्ष र प्रभावकारी सहभागितालाई प्रोत्साहन गर्न स्थानीय सरकारको अहम भूमिका रहेको हुन्छ। यसर्थः सार्वजनिक सेवा प्रवाह सम्बन्धी अध्ययन विश्लेषण गरी कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने सम्बन्धमा स्थानीय सरकारको प्रतिनिधि निकायका रुपमा लिम्चुङबुङ गाउँपालिका भित्रका सेवा प्रवाहको अवस्था, सेवाप्राप्तिका सन्दर्भमा स्थानीय नागरिकका समस्या तथा समस्याको कारण तथा समाधानका उपायका बारेमा सेवाग्राही तथा सेवाप्रदायकका समस्याको पहिचान तथा समाधानका उपायहरुको विश्लेषण गर्न यो प्रतिवेदन सान्दर्भिक र महत्वपूर्ण रहन्छ। संघीय संरचनामा स्थानीय सरकारको भूमिका तथा कार्यहरु, कार्यवातावरण, कार्यसंस्कृति, विकास व्यवस्थापन तथा सेवाप्रवाह सम्बन्धमा नागरिकको धारणा, चाहना तथा अपेक्षाहरु के छन्, कार्य संचालनका सिलसिलामा स्थानीय सरकारका कमी कमजोरीहरु, सबल दुर्बल पक्षहरु, असल अभ्यास, सुधारका उपायहरु  पहिल्याउन यस प्रतिवेदनले महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

१.४. अध्ययन विधि

विद्यमान कोभिड-१९ का सन्दर्भमा प्रतिवेदन तयार गर्ने क्रममा पाँच जना प्रशिक्षार्तिहरु सम्मिलित यस समूहले भर्चुअल माध्यमबाट लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय स्वास्थ्य सेवा प्रदायक, लेखा अधिकृत, स्थानीय शिक्षक लगायतका व्यक्तिहरुसँग इ-मेल वा प्रत्यक्ष फोन सम्पर्कबाट प्राथमिक सूचना र जानकारी (Primary Data) लिएका छौं। त्यस्तै लिम्चुङबुङ गाउँपालिकाको वेभसाइटमा समावेश भएका स्थानीय तहका नीति-कार्यक्रम, बजेट, योजना आदिलाई समेत प्रतिवेदनको आधार मानिएको छ। गाउँपालिकासँग सम्बन्धित विभिन्न विषयमा विभिन्न माध्यमहरुबाट प्राप्त लेख, रेडियो कार्यक्रम, युटुबमा राखिएका भिडियो लगायतका सेकेन्डरी स्रोत (Secondary Data) को पनि अध्ययन गरिएको छ। समग्रमा यस प्रतिवेदन तयारीका लागि निम्न विधिहरुको प्रयोग गरिएको छः

§  भर्चुअल बैठकहरु

§  प्रश्नोत्तर विधि

§  फोन सम्पर्क

§  लिम्चुङबुङ गाउँपालिकाको वेभसाइट

§  केन्द्रिय तथ्याङ्क विभागको वेभसाइट

§  विभिन्न अनलाई पत्रिका तथा सामाजिक सञ्जालमा  प्रकाशित सामग्रीहरु

१.५ अध्ययनका सीमा

यस अध्ययन प्रतिवेदनका देहाय बमोजिमका सीमाहरु रहेका छन्:

§  यस प्रतिवेदनको अध्ययनको क्षेत्र लिम्चुङबुङ गाउँपालिका मात्रै रहेको छ।

§  यो अध्ययन भर्चुअल माध्यमबाट मात्रै सम्पन्न गरिएको छ।

§  प्रत्यक्ष रुपमा स्थानीय नागरिक, जनप्रतिनिधि लगायतलाई सहभागी गराइएको छैन ।

§  सूचना तथा जानकारी संकलनका लागि भर्चुअल बैठक, फोन सम्पर्क र वेभसाइटमा प्रकाशित सामग्रीहरुलाई प्रमुख स्रोतका रुपमा लिइएको छ ।

§  पर्याप्त संख्यामा नागरिकलाई सहभागी गराउन सकिएको छैन ।

§  छोटो समयमै प्रतिवेदन तयार गरिएको छ ।


 

परिच्छेद २
कार्यवातावरणको विश्लेषण
(
Performance Environment Analysis)

 

२.१. पृष्ठभूमी 

स्थानीय सरकार  प्रत्यक्ष रुपमा जनताको घर दैलोमा पुग्ने सरकार हो ।  जनतालाई सेवा प्रवाह गर्ने सबै भन्दा नजिकको र अधिकांश रुपमा सेवा प्रवाह र सरकारका कार्यहरुको कार्यान्वयन गर्ने गरी गठन भएको सरकार भएकोले जनताले स्थानीय सरकारबाट धेरे नै अपेक्षा गरेका हुन्छन् । जनस्तरमा आफूले प्राप्त गर्ने सेवा सुविधाहरु सरल र छिटो छरितो ढङ्गबाट प्राप्त होस भन्ने चाहना  जनताको हुनु अत्यन्तै स्वाभाविक हो  । परिवर्तित सन्दर्भमा उठेका जनताको  माग र आवश्यकताहरु परिपुर्ति गर्न तथा राज्यद्वारा प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी र समयानुकुल बनाउन समग्र कर्मचारीतन्त्र र राजनैतिक दलबाट चुनिएर आउने जनप्रतिनिधिहरु समेतको भूमिका उत्तिकै महत्वपूर्ण र सबल रहन्छ । यिनै विषयहरुको सेरोफेरोमा यस लिङ्चुङ्बुङ गाउँपालिकाको सन्दर्भमा संङ्क्षिप्त रुपमा अध्ययन गरि केही वेश्लेषण गर्ने प्रयास गरिएको छ । 

 

२.२. गाउँपालिकाको परिचय 

नेपालको संविधान (२०७२) लागु भई तीन तहको संघीय  सरकारको कार्यान्वयन भए सँगे स्थापना भएको   ७५३ वटा स्थानीय सरकारहरु मध्येको एक गाँउपालिका  हो  लिङ्चुङबुङ गाउँपालिका ।  यो जिल्ला प्रदेश नं. १ को  भित्री मधेशमा अवस्थित जिल्ला उदयपुरको उत्तरी भागमा पर्दछ । यस गाँउपालिकाको उत्तरमा खोटाङ्ग जिल्ला, पुर्वमा खोटाङ जिल्ला र रौतामाई गाउँपालिका, दक्षिणमा रौतामाई गाउँपालिका र पश्चिममा ताप्लि गाउँपालिका रहेका छन् ।  २०७३ फागुन  २६ गतेको नेपाल सरकारको निर्णयअनुसार गठन भएको यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु रहेका छन् ।   शुरुमा यस गाँउपालिकाको नाम सुनकोशी गाउँपालिका  रहेकोमा गाउँसभाको निर्णयबाट यसको नाम परिवर्तन गरी लिङ्चिङबुङ राखिएको हो । यो गाउँपालिका गठन गर्न साविकका ५ वटा गाउँ विकास समितिहरुलाई  (ताम्लिछा, बाँस्बोटे, बराह, बरम्ता र  जाँते) मिलाइएको छ ।  यस गाउँपालिकाको  क्षेत्रफल  १०६.८ वर्ग किलोमिटर रहेको छ    वि. सं. २०६८ को जनगणना अनुसार यसको जनसङ्ख्या ११,९९२ रहेको छ ।  यसको  प्रशासनिक केन्द्र  बराहामा रहेको छ ।

२.२.१. भौगोलिक अवस्था 

१)    गाउँपालिकाको स्थापनाः  सुनकोशी गाउँपालिकाको रुपमा  २०७३ फागुन २६ को  मन्त्रिपरिषद्को निर्णयबाट  गठन

२)    नाम परिवर्तनः  पहिलो गाँउसभाको निर्णयबाट लिम्चिङबुङ राख्ने निर्णय

३)    भौगोलिक अवस्थितिः    अक्षांशः  २७ ' ५२.६३'  उत्तर  देखि २७ ' १११४''   सम्म

देशान्तरः  ८६o ३४' ३२.१२'' पूर्व देखि  ८६o ४२' ४१.८५'' पूर्व सम्म

४)    क्षेत्रफलः  १०६.८ वर्ग कि. मि.

५)     उचाईः  समुन्द्रसतहबाट  ३६० मिटर देखि २३१०  मिटर सम्म

६)    उदयपुर जिल्लाका जम्मा ४ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा क्षेत्रफल र जनसङ्ख्या दुबैका हिसाबले सबैभन्दा कान्छो गाउँपालिकाको रुपमा रहेको छ ।

७)     सिमानाः पूर्वमा  रौताहामाई गाउँपालिका र र दिप्रुङ्ग चुइचुम्मा गाउँपालिका, पश्चिममा ताप्ली गाउँपालिका, उत्तरमा खोटाङ जिल्लाका हलेसी तुवाचुङ्ग न.पा, दक्षिणमा रौतामाई गाउँपालिका ।

८)     हावापानीः  समशितोष्ण तापक्रम अधिकतम  ३२O C वर्षा ऋतुमा  र न्युनतम १० o C  हिंउद ऋतुमा । 

 

२.२.२. गाउँपालिकाको नामाकरण 

साविकका विभिन्न पाँच वटा गाउँपालिकाहरुलाई मिलाएर  शुरुमा सुनकोशी गाउँपालिकाको रुपमा यो गाँउपालिका स्थापना गरिएको भए पनि  सुनकोशी गाउँपालिका देशका अन्य स्थानमा पनि रहेको तथा तहाँको स्थानीय विशेषता समेत झल्कने हिसाबले गाउँ सभाको निर्णय बमोजिम यस पालिकाको नाम लिमचुङबुङ राखिएको छ । किराँत भाषामा लिङचुङबुङको अर्थ सुन्दर र सुगन्धी फूल भन्ने हुन्छ । यो  शब्द किराँती सभ्यता तथा सँस्कृतिसँग नजिकको सम्बन्ध राख्दछ ।  किराँती (चाम्लिङ) भाषामा लिम्‌को अर्थ  कलिलो मुना, चुङको अर्थ टाकुरा वा पहाड र बुङको अर्थ  फूल भन्ने हुन्छ । यसर्थ लिम्चुङबुङको अर्थ  पहाडी टाकुरामा  कलिलो मुनामा फुल्ने  सुगन्धी फूल भन्ने हुन्छ ।  सुगन्धित र औषधीय गुणयुक्त यो बनस्पति यस क्षेत्रमा प्रशस्त पाइने र यहाँको पहिचान भएकोले यसको धेरै महत्त्व रहेको छ । गैर किराँतीहरुले यस फूललाई किराँतिनी फूल समेत भन्ने गर्दछन् ।  यसै पूलको नामबाट यस पालिकाको नामाकरण गरिएको हो  

 

२.२.३. राजनीतिक अवस्थिति

१. प्रदेशः प्रदेश नं. १

२. जिल्लाः उदयपुर

३. निर्वाचन क्षेत्रः प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ क

४.  जम्मा वडा संख्याः ५

 ५.  जनसङ्ख्याः ११,९९२ (राष्ट्रिय जनगणना २०६८ अनुसार)

 ६. नक्साः

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

२.२.४. गाउँपालिकाको मुख्य नदी तथा खोलानाला

यस गाउँपालिकाको उत्तर दिशातर्फ सुनकोशी नदी बग्ने गर्छ । सुनकोशी नदीले गाँउपालिकालाई खोटाङ् जिल्लाको  हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङचुइचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकासँग छुट्याएको छ ।  गाउँपालिकामा  अन्य केही साना तिना खोलाहरु रहेका छन् । जसले यस क्षेत्रको साना सिंचाई तथा खानेपानी तथना लघु जलविद्युतको उपलब्धतामा सहयोग पुर्याएका छन् । तिनीहरुमा  राकुला खोला, बै खोला, राजिमा खोला, खाताङ खोला आदि प्रमुख छन् ।  

 

२.२.५. धार्मिक तथा पर्यटकीय स्थलहरु 

लिम्चुङबुङ वडा नं. ३ मा पर्ने दोबाटेडाँडा जहाँबाट महालङ्गुर हिमशृङ्खलाका सगरमाथा, चोयु, लोत्से, नुप्त्से,  नुम्बुर, मकालु, कुमभकर्ण र कञ्चनजङ्घा लगायतका हिमालहरु देखिन्छ । साथै यस स्थानबाट आँखै अघि हलेसी महादेबको पवित्र धाम देख्न सकिन्छ । यो स्थानबाट नेपालमा रहेका ८ हजार मिटर भन्दा अग्ला हिमालहरु मध्ये ६ वटा हिमालहरुको दृष्यावलोकन एकै स्थानबाट गर्न सकिने भएको र वसन्तऋतुमा ढकमक्क फूल्ने लालीगुराँसको सुन्दरताले भरिपूर्ण यस स्थानलाई हालै महत्वपूर्ण गन्तव्यको रुपमा घोषणा गरिएको छ । नेपाल पर्यटन बोर्ड तथा लिम्चुङबुङ गाउँपालिकको लगानीमा ७२ फिट अग्लो "एभरेष्ट भ्यु टप"को निर्माण कार्य भइरहेको छ ।

यस गाँउपालिकाले  हलेसी र  उदयपुरमा रहेका अन्य पर्यटकीय क्षेत्रलाई जोड्ने पुलको काम गर्ने गरी  आपफ्नो पर्यटकीय गतिविधि अघि सारेको छ ।  गाँउपालिकामा केहि होमस्टेहरु सञ्चालन गरिएको छ ।

 

२.२.६. पुर्वाधारको अवस्थाः

सडक यातायतः  गाइघाट देखि प्रशासकीय केन्द्र रहेको स्थान बाराहा सम्मको दुरी ६६ किलो मिटर रहेको छ ।  जसमध्ये गाइघाटबाट करीब २० किलोमिटर मुर्कुची सम्मको बाटो कलोपत्रे र बाँकी कच्ची नै रहेको छ । सबै वडा तथा टोलमा कच्ची सडकले जोडिएको छ । वर्षा याममा प्राय सबै सडकहरु अवरुद्ध हुने अवस्था छ ।  गाइघाट - हलेसी सडक (जसले गाउँपालिकाको केन्दरलाई समेत समेट्छ) स्तरउन्नतीको लागि गाँउपालिकाबाट पहल भइरहेको छ ।

 

विद्युतीकरणः  विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारणसँग सबै वडाहरु जोडिएका छन् ।  तथापि केही  दुर्गम बस्तीहरुमा  अझै पहुच पुगेको छैन ।

 

संचारः  सबै तिर एफ. एम. रेडियोको पहुँच पुगेको छ । मोबाइल सेवाको पहँच भएको छ ।  गाउँपालका केन्द्र, वडा कार्यालयहरु तथा पाँचवटा माध्यमिक विद्यालयमा इन्टरनेटको सुविधा पुर्याइएको छ ।

स्वास्थ्यः गाउँपालिकाको केन्द्र रहेको स्थान बाराहामा ५ शैय्याको अस्पताल स्थापना गरिएको छ । अन्य चारवटा वडा मा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।

 

शिक्षाः   यस गाउँपालिकामा कक्षा १ देखि १२ सम्म पढाइ हुने माध्यमिक विद्यालयको सङ्ख्या २, कक्षा १ देखि १० सम्म पढाइ हुने  विद्यालयको सङ्ख्या ३, कक्षा १ देखि ८ सम्म पढाइ हुने आधारभुत विद्यालयको सङ्ख्या ७, कक्षा १ देखि ५ सम्म पढाइ हुने आधारभुत विद्यालयको सङ्ख्या २२ गरी कूल ३४ वटा विद्यालयहरु रहेका छन् ।  

 

२.२.७. गाउँपालिकाका वडाहरुको जनसंख्या(जनगणना – २०६८ अनुसार )  तथा  क्षेत्रफल  

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

बाँस्बोटे(१-९)

२२६६

१६.६२

ताम्लीछा(१-९)

२३४४

१६.९३

बाराहा(१-९)

२९०४

२३.८८

बलम्ता(१-९)

२२९८

२४.५५

जाँते(१-९)

२१८०

२४.७९

जम्मा

११९९२

१०६.७७

 

 

 

२.२.८. लिङ्चिङबुङ गाउँपालिकाको  नीति, योजना/ कायमक्रमहरु 

 

"समृद्ध लिम्चुङबुङ गाउँपालिकाको आधार शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसहितको पूर्वाधार" को  मूल नारा सहित यहाँको वार्षिक योजना तथा कार्याक्रमहरु पारित हुने गरेको छ । उक्त नारालाई साकार पार्नको लागि स्थानीय सरकारका जनप्रतिनिधिहरु, कर्मचारीवर्ग र त्यहाँको नागरिक समाजले मुख्य रुपमा निम्न लिखित कार्यक्रम तथा योजनाहरु कार्यान्वयनमा जोड दिइएको देखिएको छ ।

प्राथमिकताका क्षेत्रहरुः

·        सबल र दिगो आर्थिक विकासको आधार तय गर्दै समाजबाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने ।

·        खाद्यान्न तथा पशुजन्य पदार्थ उत्पादनमा व्यावसायीकरण गर्दै आत्मनिर्भर स्थानीय बजारको निर्माण गर्ने ।

·        शैक्षिक उन्नयन तथा समावेशी विकासबाट सामाजिक पूर्वाधारको  सुदृढीकरण गरी सामाजिक क्षमतालाई संस्थागत गर्ने ।  

·        आधारभुत स्वास्थ्य शिक्षा स्रोत तथा अवसरमा  सबैको पहुच स्थापित गर्दै सामाजिक न्यायको अनुभुति दिलाउने ।

·         

बजेटका लक्ष्यहरु

·        २०७८/७९ भित्र वडा नं. १ र २ मा स्वास्थ्य चौकीहरुको निर्माण गर्ने

·        पालिकाभित्रका पाँच वटै माध्यमिक विद्यालयहरुमा भवन निर्माणको कार्य सम्पन्न गर्ने ।

·        गाउँपालिकामा अधुनिक तथा व्यवसायिक कृषिको  विकास गर्दै आर्थिक समृद्धिको आधार तयार गर्ने ।

·        प्रमुख पर्यटकीय स्थानमा एभेष्ट भ्यु टावरको एक तिहाइ कार्य सम्पन्न गर्ने ।

·        पाँच शैयाको अस्पताल तथा गाउँपालिकाको प्रशासकीय भवनको  ५० प्रतिशत कार्य सम्पन्न गर्ने ।

·        वडा नं. १, २ , ४ र ५ का वडा कार्यालय भवनहरुको निर्माण सम्पन्न गर्ने ।

·        लिम्चुङबुङ  अस्पतालबाट Digital Xray    RUSG सेवा सञ्चालन गर्दै  अस्पताललाई त्यस क्षेत्रको उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने निकायको रुपमा स्थापित गर्ने । 

·        गाउँपालिकाका पाँचवटै माध्यमिक विद्यालयहरुमा पूर्व प्राथमिक  कक्षाको शुरुवात गर्ने ।

·        पाँच वटै वडाहरुमा विद्युत विस्तार गर्ने ।

·        वडा कार्यालयबाठ प्रवाह गरिने सेवा लाई विद्युतीय माध्यमबाट गर्ने ।

·        आर्थिक वर्षको अन्त्यसम्म सबल भौतिक निर्माण कार्य सम्मपन्न गर्ने ।  

 

 

 

 

 

 

वित्तीय व्यवस्थापन  (आ.व २०७८/७९ को लागि अनुमानित)

क्र.सं.

प्राप्त हुने  स्रोत

सशर्त अनुदान

वित्तीय समानीकरण

राजस्व बाँडफाड

विशेष अनुदान

समपुरक

जम्मा

संघीय सरकार

१४,६३,००,०००/-

७,३२,००,०००/-

५,५१,६५,०००/-

२,४९,००,०००/-

१,२५,००,०००/-

 

प्रदेश सरकार

१९,७८,०००/-

३९,७५,०००/-

३५,००,०००/-

 

१,००,००,०००/-

 

सामजिक सुरक्षा

२,७१,००,०००/-

 

स्थानीय सरकारको आन्तरिक आय रु. १५,००,०००/-

अघिल्लो आ.ब.मा खर्च नभई बाँकी रहेको ६,८०,००,०००/-

 

 

जम्मा  ४२,८१, २२,०००/-

 

 

खर्चको विषयगत सीमा निर्धारण

·        सामाजिक विकास ३ करोड २२ लाख ९० हजार

·        आर्थिक विकास  ९६ लाख ५० हजार

·        पूर्वाधार  १० करोड १९ लाख

·        सुशासन  २३ लाख

·        न्यायिक समिति  ७ लाख

·        चालु खर्च  ५ करोड २० लाख

·        कोष  ६५ लाख

 

२.३. स्थानीय सरकारको भूमिका 

नेपालको संविधान (२०७२) अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ ।  राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानून बमोजिम गरिरहेका छन् ।  राज्य शक्तिको बाँडफाँडको लागि संविधानको  धारा ५७ मा उल्लेख गरिएको छ । जसमा संघले अनुसुची ५ को एकल अधिकार, अनुसुची ७ मा उल्लेखित प्रदेश सँगको साझा अधिकार र  अनुसुची ९ मा उल्लेखित प्रदेश र  स्थानीय तहसँगको साझा अधिकारको प्रयोग गर्दछ भने प्रदेशले अनुसुची ६ मा उल्लेखित विषयमा एकल अधिकार र  ७ मा उल्लेखित संघसँगको साझा अधिकार र अनुसुची ९ मा उल्लेखित  संघ र स्थानीय तहसँगको साझा अधिकारको प्रयोग गर्दछ । त्यस्तै स्थानीय तहले अनुसुची ८ मा उल्लेखित विषयमा एकल अधिकार र अनुसुची ९ मा उल्लेखित संघ, प्रदेश र स्थानीय तहसँगको साझा अधिकारको प्रयोग गर्दछन् । यी अधिकारहरुको प्रयोग सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा गर्नु पर्ने छ । अधिकारको प्रयोग गर्दा एकल अधिकार सम्बन्धित तहको कानून बमोजिम र साझा अधिकार भए तत् तत् तहको कानून बमोजिम गर्न सकिन्छ ।   प्रदेशले संघीय कानून र स्थानीय तहले प्रदेश र संघीय कानूनसँग नबाझिने गरी बनाउनु पर्ने कुरा तथा त्यसरी बाझिए बाझिएको हदसम्म अमान्य हुने कुरा समेत उल्लेख छ ।

स्थानीय तहको कार्यकारिणी अधिकार  संविधान र संघीय कानूनको  अधीनमा रही  गाँउ कार्यपालिका वा नगर कार्यपालिकामा निहीत रहन्छ ।  गाउँपालिका र नगरपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र  सञ्चालन गर्ने  अविभारा  गाउँ कार्यपालिका वा नगरकार्यपालिकामा रहेको हुन्छ ।  यसरी प्रयोग भएको कार्यकारिणी अधिकारकफ प्रयोग  गाउँकार्यपालिका वा नगरकार्यपालिकाकद् नाममा हुने तथा  त्यस्तो  निर्णय आदेश वा तत्सम्बन्धी अधिकार पत्रको प्रमाणिकरण  स्थानीय कानून बमोजिम हुने कुरा  संविधानको धारा २१४ मा उलेलेख छ ।

संविधानको अनुसुची ८ मा उल्लेखित एकल अधिकारको सुची (२२ वटा) र  अनुसुची ९ मा उल्लेखित साझा अधिकारको सुचीमा (१५ वटा) उल्लेखित अधिकार प्रयोग गर्ने भनिएको छ । सोही आधारमा स्थानीय सरकारको भूमिका निम्नानुसार हुन्छः

·        नगर प्रहरी परिचालन तथा व्वयस्थापन

·         सहकारी संस्था  दर्ता नियमन र परिचालन

·        एफ. एम सञ्चालन, दर्ता नियमन

·        स्थानीय कर (समप्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, मालपोत, सवारी साधन कर, सेवा शुल्क पर्यटन शुल्क  दण्ड जरिवाना,  मनोरञ्जन कर)

·        स्थानीय तथ्याङ्क र अभिलेख  सङ्कलन र व्यवस्थापन

·        स्थानीय स्तरका  विकास आयोजना तथा परियोजनाहरुको सञ्चालन

·        आधारभुत र माध्यमिक शिक्षा

·        आधारभुत स्वास्थ्य र सरसफाई

·         स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

·         स्थानीय सडक, ग्रमीण सडक, कृषि सडक  तथा सिंचाई

·         गाउँसभा, नगरसभा, स्थानीय अदालत, मेलमिलाप तथा मध्य्थताको व्यवस्थापन

·         स्थानीय अभिलेख व्यवस्थापन

·         घर जग्गा धनी पुर्जा वितरण

·         कृषि तथा पशुपालन, कृषि उत्पादन तथा व्यवस्थापन, पशु स्वास्थ्य सहकारी

·         ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा  अशक्तहरुको व्यवस्थापन

·         बेरोजगारको तथ्याङ्क सङ्कलन

·         कृषि प्रसारको व्यवस्थापन

·         खानेपानी, साना जलविद्युत आयोजना बैकल्पिक उर्जा

·         विपद व्यवस्थापन

·         जलाधार संरक्षण वन्यजन्तु खानी तथा खनिज पदार्थको संरक्षण 

·        भाषा संस्कृति र ललित कलाको संरक्षण र विकास ।


 



यस अघिको  पृष्ठमा  संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयले  स्वीकृत गरेको  गाँउपालिकाको संगठन संरचना तथा दरबन्दी दरबन्दी तेरिज प्रस्तुत गरियो । तथापि गाँउपालिकाको विशिष्टता, र आवश्यकता  तथा आन्तरिक आयस्रोत समेतलाई बिचार गरेर यो भन्दा घटी वा बढी  दरबन्दी कायम गर्न सकिन्छ । गाउँपालिकामा रिक्त भएका दरबन्दीको माग गरी प्रदेश लोक सेवा आयोगमा पठाइएको विवरण प्राप्त भएको छ । जस अनुसार कूल १३ जना पालिकाको लागि र  ६ जना वडा कार्यालयको लागि माग गरिएको छ । रिक्त स्थानमा करारमा रहेका कर्मचारीहरुमार्फत कार्य गरिदै आइएको कुरा जानकारी प्राप्त भयो ।

२.५ सेवा प्रवाहमा प्रविधिको प्रयोग 

. व्यक्तिगत घटना दर्ताः सबै  वडा कार्यालयहरुमा  अनलाईन मार्फत नै घटना दर्ता गर्न शुरु गरिएको छ ।  राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको Vital Registration System  को प्रयोग गरी  व्यक्तिका जन्म, मृत्यु, विवाह, बसाइसराई तथा सम्बन्ध विच्छेदका घटनाहरुको दर्ता गर्न स्थानीय पञ्जिकाधिकारिको रुपमा वडा सचिबहरुलाई विभागले , बसाइसराई तथा सम्बन्ध विच्छेदका घटनाहरुको दर्ता गर्न स्थानीय पञ्जिकाधिकारिको

रुपमा वडा सचिबहरुलाई विभागले User ID    प्रदान गरेको छ । सोको प्रयोगबाट घटना दर्ता प्रणाली व्यवस्थित गर्ने कार्य प्रारम्भ भएको छ 

२. समाजिक सुरक्षा भत्ताको लाभग्राहीको अभिलेखः  सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लभग्राहीहरुको  अभिलेख लाई  राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरणको अनलाईन प्रणालीमा प्रविष्टि तथा  अपडेट गर्नका लागि  MIS OPerator तथा सुचना प्रविधि अधिकृतहरुले कार्य गर्दै आएका छन् ।  सामाजिक सुरक्षा भत्ता वापतको रकम हाल सम्बन्धित लभग्राहिकोबैङ्क खातामा सिधैं जम्मा गरिदिने प्रबन्ध मिलाइएको छ ।

३. लेखापालनः   Sub National Treasury  Regulatory Application मार्फत लेखा पालन गरिने गरिएको छ । गाउँ सभाले  वार्षिक बजेट पारित गरेपछि हरेक शिर्षकका  भुक्तानी गर्नु पर्ने बजेटहरु SuTRA मा  प्रविष्टि गर्ने र सोही अनलाईनमा आधारित अनुप्रयोगबाट खर्च लेख्दै जाने गर्नाले काममा सहजता, सरलता कायम गर्न सहयोग मिलेको छ । खर्चको नियमितता, खर्च नियन्त्रण, आर्थिक अनुशासन कायम गर्न समेत यसले स्थानीय सरकारहरुलाई सहयोग पुगेको छ । यसबाट प्रतिवेदनहरु बनाउन तथा लेखा परीक्षण गर्ने कार्यमा अत्यन्तै सजिलो भएको छ ।  लेखाको जनशक्तिको समयको बचत तथा गणितीय शुद्धता र लेखापालनको प्रभावकारिता यसले अभिवृद्धि गरेको छ । 

४. राजस्व सङ्कलनः गाँउपालिकाले खरिद गरेको राजस्व संकलन सम्बन्धी सफ्टवेअरको प्रयोग गरी राजस्वको प्रविष्टि गर्ने गरिएको छ ।  यो कार्य गाउँपालिकाको केन्द्रमा मात्र हुने गरेको ।  म्यानुअल रसिदको प्रयोग गरी वडामा सङ्कलन गरेको राजस्वलाई बैङ्क दाखिला सँगै एक मुष्ट रुपमा मासिक प्रविष्टि गर्ने गरिएको छ ।

५. सूचना प्रकाशन र सार्वजनिक खरिदः गाउँपालिकामा हुने सार्वजनिक महत्वको सूचनाहरुको प्रकाशन तथा सार्वजनिक खरिदको  कार्यहरुलाई पनि  सूचना प्रविधि मैत्री बनाइएको    e-bidding मार्फत हुने का बोलपत्रको अभ्यास लागयतका कुराहरुलाई यसैको पुष्ट्याईंको रुपमा लिन सकिन्छ ।  

६. नीति तथा कार्यक्रमको  सङ्कल्पः उपाध्यक्षद्वारा प्रस्तुत गरिएको आ.ब २०७८/७९ को नीति तथा कार्यक्रममा यसै आ.ब. भित्रमा सबै वडाको सेवा प्रवाहलाई अनलाईनमा आधारित बनाइने उल्लेख छ । यसबाट पनि गाउँपालिकाको  सूचना प्रविधिमा आधारित सेवा प्रवाह प्रतिको चासोलाई थप उजागर गर्दछ ।

७. जिन्सी अभिलेख व्यवस्थापनः जिन्सी सामानको अभिलेखलाई गतवर्षसम्म अफलाइन सफ्टवेअरमा आधारित खर्च भएर जाने तथा खर्च भएर नजाने किसिमका सामानहरुको अभिलेखहरु राख्ने व्यवस्था मिलाइएकोमा  यस आर्थिक वर्षबाट PAMS को प्रयोग गरी नेपाल सरकारको अनलाइन प्रणालीमा अभिलेखीकरणको शुरुवात गरिएको छ 

८. Web site तथा email प्रयोगः सूचना प्रकाशन तथा गाउँपालिकाको महत्वपूर्ण जानकारीहरु वेभ  साइटमा  नियमित रुपमा प्रकाशन गर्ने गरको पाइयो ।   संघीय तथा प्रदेश मन्त्रालयहरु तथा अन्य कुनै पनि निकायहरुसँग सम्पर्क गर्दा email  को प्रयोग गर्ने गरेको पाइयो।

९. अन्यः गाउँपालिकालाई समाजिक सञ्जाल प्रयोग कर्ताको पहुँचमा समेत अभिवृद्धि गर्नका लागि यसको आफ्नै FaceBook Page बनाइएको र सूचना तथा विभिन्न सामग्रीहरु यसमा प्रविष्ट गर्ने गरेको पाइयो ।  मोवाईलमा बैठक तथा महत्वपूर्ण  सूचना, सेवा लगायतको जानकारी SMS बाट पठाइने गरेको पाइयो ।  मुख्य कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा  पाँचवटा माध्यमिक विद्यालयमा इ-हाजिरीको शुरुवात गरेको पाइयो । गाँउ कार्यपालिकाको प्रमुख प्रशासकीय कार्यालयमा डिजिटल नागरिक वडापत्र राखिएको पाइयो । गाउँपालिकले आफ्नो डिजिटल प्रोफाइल निर्माण गरेको  छ ।

२.६ कार्य वातावरण र संस्कृति 

सेवा  प्रवाहका लागि  आवश्यक पर्ने वातावरण जुन कर्मचारी र सेवा ग्राही दुबैलाई आवश्यक हुन्छ – त्यो नै कार्य वातावरण हो । कार्यवातावरणलाई कर्मचारिकव पदपुर्तिको अवस्था, कर्चारिको उत्प्रेरणा र  मनोबल को स्तर, कार्यालय भवन तथा कार्यालयका भौतिक सामग्रीहरुको उपलब्धता कर्मचारी - कर्मचारी तथा कर्मचारी र पदाधिकारीहरुबीचको अन्तरसम्बन्ध लगायतका कुराहरुले निर्धारण गर्दछन् । यी कुराहरुलाई आन्तरिक वातावरणको रुपमा समेत बुझ्न सकिन्छ ।  समग्र देशको राजनैतिक प्रणाली,  मूलुक/ गाउँपालिकाको आर्थिक हैसियत, सदरमुकाम तथा राजधानीसम्मको दुरी, सडकको अवस्था,  अन्य शहर तथा स्थानहरुसँगको अन्तरआबद्धता तथा सो स्थानको जनताहरुको जीवन शैली र आर्थिक अवस्था लगायतका कुराहरुले पनि कार्यवातावरणलाई असर गरिरहेको हुन्छ । यी कुराहरुलाई वाह्य तत्वहरुको रुपमा समेत बुझ्न सकिन्छ ।

लिम्चुङबुङ गाउँपालिकाको कार्या वातावरण सम्बन्धमा समीक्षा गर्न निम्न लिखित औजारहरुको प्रयोग गरिएको थियो ।

१.     प्रमूख प्रशासकीय अधिकृत श्री टार्जन लिम्बूसँगको पटक पटक सामुहिक र व्यक्तिगत रुपमा गरिएको कुराकानी

२.     हिमाल एफ एम ९०. mhz बाट हरेक महिनाको  दोस्रो र चौथो बुधवार प्रसारण हुने  रेडियो कार्यक्रम "समृद्ध लिमचुङबुङ का विभिन्न अंकहरु

३.      गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारीहरु सँगको टेलिफोन संवाद

४.     सेवाग्राही तथा वडा सचिबहरुले  भरेको प्रश्नावली फारमको अध्ययन

यी लगायत विभन्न सामग्रीहरुको अध्ययनबाट गाउँकार्यपालिकाको समग्र  कार्य वातावरणको सबल पक्ष, कमजोर पक्ष, गाँउपालिकासँग उपलब्ध अवसर तथा चुनौतिहरुलाई निम्नलिखित बुदाँहरुमा पर्गेल्ने कोशिष गरिएको छः

 

२.६.१. सवल पक्ष (Strengths) 

१.  सबै जनता तथा राजनीनिक दलहरु समृद्ध लिमचुङबुङ निर्माणमा एकमत रहेका छन् ।

२. कर्मचारी तथा जनप्रतिनिधिबिचको आपसी सम्बन्ध सुमधुर रहेको छ ।

३. गाँउपालिकाका लागि आवश्यक पर्ने ऐन कानूनहरु निर्माण भएका छन् । आवश्यकता बमोजिम निर्माण हुदै जाने उचीत वातवरण उपलब्ध छ ।

४. गाउँपालिकाले प्रविधिको प्रयोगलाई आफंनो कार्य संस्कृतिको रुपमा विसतार गर्दै लगेको छ ।

५. गाउँपालिकाले प्रवाह गर्ने सेवाहरुलाई विषयगत विशिष्टताका आधारमा विभिजन गरी विभिन्न शाखा हरुको व्यवस्था गरिएको छ ।  कृषि, पशुसेवा, शिक्षा, समाजिक विकास, स्वास्थ्य, योजना जस्ता विषयगत शाखाबाट  सेवा प्रवाह गर्दा सेवाको प्रभावकारिता बढ्दै गएको देखिन्छ ।

६. गाउँपालिकका को उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समिति मार्फत स्थानीइ झैझगडा तथा  विवादहहरुको निरुपण र मेलमिलापको लागि स्थानीय स्तरमा न्यायिक प्रकृतिको सेवाको शुरुवात भएको छ ।  

 

२.६.२. कमजोर पक्ष (Weaknesses) 

१. दुर्गम  र विकट क्षेत्रको पालिका भएके कर्मचारीहरु बस्न अरुची देखाउने गरेको तथा कर्चारीहरुको रिक्ततामा सोचेअनुरुप  सेवा प्रवाह मा गुणस्तरीयता लयाउन सकिएको छैन ।

२.कर्मचारीहरु तथा पदाधिकारिहलाई क्षमता विकासको लागि प्रशस्त अवसर दिलाएन सकिएको छैन ।

३. पर्याप्त मात्रामा स्रोत साधनको  उपलब्धता नरहेको ।

४. आन्तरिक स्रोत कमजोर रहेको ।

५. प्रमुख प्रशासकीय अधिकृतको बेला बेलामा भैरहेको सरुवाले  विकास र प्रशासनिक कार्यहरु यदाकदा प्रभावित हुने गरेको छ ।

२.६.३. अवसर (Opportunity) 

१.  स्थानीय सरकारको स्थापना तथा  स्वायत्तता पुर्वक आफ्नो विकास र समृद्धिको लागि आफै कार्य गर्ने वातावरणको सिर्जना नै  गाउँपालिकाकोलागि महत्वपूर्ण अवसर हो ।

२. यस गाँउ पालिको समृद्धि र विकासको लागि जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको बीचमा रहेको सुमधुर सम्बन्धलाई एउटा अवसरको रुपमा लिन सकिन्छ ।

३. विकास लगतयतका गतिविधिहरुमा  वाह्य संघ संस्थासँगको समन्वय र उनीहरुको बढ्दो चासो तथा प्रदेश र संघीय सरकारहरुले सहकार्य गर्नाले  गाउँपालिकाका लागि अवसरको ढोका खुलेको छ । 

४. यसका अन्य अवसर हरुमा कृषि क्षेत्रमा आलु,  सुन्तला, कागतिको प्रचुर सम्भावना भएको र यसको व्यवसायिकता अभिवृद्धि गर्न सकिने  देखिन्छ । गाँउपालिकाको  जनताहरु विसतारै एभोकाडो जस्तो नयाँ  खेति तर्फ आकर्षण हुदै गएको  देखिन्छ ।

५. हिउदयाममा मात्रै भए पनि सडक यातायातले सबैतिर जोडेकाले विस्तै सडक पुरर्वाधारको विकासले बजारसँग समेत आवद्ध गरेको हुँदा  यसले पनि एउटा अवसरको ढोका खोलेको देखिन्छ ।

६. हलेसी महादेवको दर्शनको लागि जाने पयर्टकहरुलाई गाईघाट- हलेसी सडकमार्फत बाराहाको बाटो बाटोबाट लगी यसै क्षेत्रमा निर्मित एभरेष्ट भ्यु टपबाट हिमालहरुको दृष्यालोकन गराउन सके पर्यटकीय गन्तब्यको पुल (Transit) को रुपमा यस गाँउपालिकाले पर्यटकीय क्षेत्रको अवसरको रुपमा लिन सक्छ ।  जनताहरु पर्यटन प्रति सचेत भई विभन्न होमस्टेहरु  खोल्न शुरु गरेका छन् । 

 

 २.६.४. चुनौतिहरू (Threats) 

यस गाँउपालिकाको मूख्य चुनौति भनेको गाँउपालिका सदरमुकाम गाइघाटबाट दुर्गम स्थानमा रहनु हो । यो क्षेत्रमा सुनकोशी नदीले बनाएको अग्ला टाकुरा र भिरालो जमिन रहेको छ ।   भौगोलिक विकटता तथा  छरिएर रहेको बस्ती यस गाँउपालिकाको लागि मुख्य चुनौति रहेको छ । गाउँपालिका पूर्णरुपमा सक्षम भई नसकेकोले  आन्तरिक स्रोत अभिवृद्धि गर्दै आत्मनिर्भर बन्नु पनि गाँउपालिको चुनौतिको रुपमा रहेको छ ।

२.७ कार्यसम्पादन 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय सरकारका धेरै प्रकारका जिम्मेवारीहरु रहेका हुन्छन् । जसको चर्चा यस अघि स्थानीय सरकारको भूमिका उपशीर्षक अन्तरगत पनि गरि सकिएको छ । स्थानीय सरकार नियमनकारी, विकासात्मक, राहत तथा क्षतिपुर्ति लगायत अन्य पुनर्वितरणात्मक कार्य तथा अभिलेख व्यवस्थापन गर्दै स्थानीय तहको सर्वाङ्गिण क्षेत्रको व्यवस्थापनमा आँफै प्रत्यक्ष संलग्न रही संयोजनकारी र माथिल्लो तहका सरकार र अन्य निकायहरुसँग समन्वयकारी भूमिकामा रहेको हुन्छ । संविधान र ऐनद्वारा प्रदत्त जिम्मेवारिको  कार्यान्वयनको लागि  नै स्थानीय सरकारहरु स्थापना भएका हुन । लिम्चुङबुङ गाउँपालिकाले पनि उक्त जिम्मेवारी पूरा गर्नु पर्ने नै हुन्छ।

२.७.१ जिम्मेवारी कार्यान्वयनको अवस्था  

अधिकारको हिसाबले हेर्दा स्थानीय निकायहरु नीति निर्माण, कानून निर्माण, तिनीहरको कार्यान्वयन, स्रोत साधनमा पहुँच, जनशक्तिको व्यवस्था गर्ने जस्ता विषयहरुमा पूर्ण रुपमा स्वतन्त्र र स्वायत्त छन् । स्रोत साधनको  व्यवस्था  र सोको उपयोग मार्फत स्थानीय आवश्यकताको परिपुर्ति जस्तैः- विकास निर्माण,  उत्पादन, रोजगारीक सिर्जना गर्नका लागि उनीहरु स्वतन्त्र छन् ।  तैपनि विभिन्न परिस्थितिले गर्दा तोकिएको लक्ष्य तोकिएकै समयमा  परा हुन नसक्ने समस्याहरु देखा पर्न सक्ने हुन्छ । यसै क्रममा  उक्त गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु र केही सेवाग्राही समेतहरुसँग विभिन्न भर्चुअव माध्यमबाट गरिएको कुराकानीको आधारमा केही सम्सया तथा चुनौतिहरु रहेको  जानकारी प्राप्त भयो ।

·        संघीय सरकारले बनाउनु पर्ने कतिपय कानूनको अभावमा स्थानीय सरकारको कार्यक्षेत्रमा अस्पष्टता देखिएको छ ।

·         संघीय सरकारले परिपत्र तथा कार्यादेशको माध्यमबाट कतिपय कार्यमा हस्तक्षेप गरेको छ ।

·        स्थानीय सरकार आँफै पनि सक्षम भैसकेको छैन ।

·        जनप्रतिनिधिहरुपनि  पूर्णछैनन् । अनुभवको कमि छ । अनुभव कमाउदै सिक्दै गर्नु पर्ने अवस्था छ ।

·        स्रोत साधनमा पूर्णतयाः केन्द्रको भर पर्नु पर्ने छ ।

२.७.२ समय तालिकाको परिपालना 

·        यस गाउँपालिकामा समयमा विषयगत समितिहरुको बैठक बस्ने गरिएको छ ।

·        राजनीतिक अस्थिरता राजनैतिक दलगत विवधताले गर्दा कार्यतालिका यदा कदा प्रभावित हुने गरेको छ ।

·        जनप्रतिनिधिहरु दीर्घकालिन योजनामा केन्द्रित हुन अझै पनि नसकेको देखियो । तथापी अध्यक्षको विभिन्न फोरममा मौखिक रुपमा व्यक्त गरेको प्रतिक्रियाले यो पाँच वर्ष समृद्धिको लागि पुर्वाधार निर्माण गर्ने प्रतिक्रियाले केही हद सम्म यो कुरालाई खण्डन गर्छ ।

·        नियन्त्रण  गर्ने निकाय तथा संयन्त्रको अभावमा कतिपय कर्मचारीहरुको नियमितता र समयपालना लगायतका कुराहरुमा प्रश्न  उठ्ने गरेको छ ।

समय तालिका बनाई सोही अनुसार तोकिएका कार्य र जिम्मेवारी पूरा गर्न सके मात्र स्थानीय सरकारहरु प्रभावकारी हुन्छन् ।गाँउपालिकामा दीर्घकालिन सोच तथा मध्यकालिन खर्च संरचना एबम् लक्ष्य तोकी सो संरचनामा वार्षिक नीति तथा कार्यक्रम र बजेटलाई आवद्ध गर्न सके मात्र अपेक्षित उपलब्धी हासिल गर्न सकिन्छ । यसमा नेतृत्वको प्रतिवद्धता र कर्मचारीको नियमितता, इमान्दारिता र समर्पण अनिवार्य रहेको छ ।  

२.७.३ कार्यकुशलता 

सङ्घीयताको कार्यान्वयन सँगै प्राप्त स्थानीय सरकारको पहिलो अनुभव भनेको एक प्रकारले सिकाइको चरण पनि हो । यो अवधीमा विभिन्न कमी कमजोरीहरुको साथ कार्य गर्न परेको कुरा जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको आशय बुझियो । केही तल प्रस्तुत छः-

·        स्थानीय सरकारको स्पष्ट दीर्घकालिन नीति तथा सोच नबन्नु ।

·         जनप्रतिनिध तथा कर्मचारीहरुलाई समेत अनुभवको कमि रहनु 

·        जिम्मेवारी निर्वाह गर्न स्रोतको र्याप्तता नहनु ।

·         नयाँ प्रविधिको प्रयोग पुरनै कर्मचारीहरुले गर्ने अवस्थामा उपयुक्त तालिम तथा सीप / क्षमता विकासका लागि तालिम आदि अवसर नदिइनु ।

·        गाउँपालिकाको आफ्नै प्रशासकीय भवन नहुनु । पुरानो गा.वि.स. भवनको साघुरो र अव्यवसथित भवनबाट दुःखले प्रशासनिक कार्य गर्नु पर्न अवस्था ।

·        जनप्रतिनिधिहरु नतिजाको मात्रै अपेक्षा गर्ने र कर्मचारीहरु प्रक्रिया छुट्लाकी भनी डराउने प्रवृत्तिमा तालमेल नमिल्नु ।

यस्ता समस्या हुँदा हुदै पनि गाउँपालिकाको कार्यकुशलता अभिवृद्धि गर्न  केही प्रयासहरु भएको पाइयो । जस्तै-

·        विकास आयोजनाहरुको पहिचानमा विभिन्न तहमा छलफल  गर्ने र प्राथमिकता निर्धारण गर्ने अभ्यास शुरुभएको छ ।

·        योजना छनौटमा विषयगत समितिहरुको बैठक बसी छलफल गर्ने गरिएको छ ।

·        न्यायिक समितिहरु पनि आफ्नो कार्यमा सक्रिय रहेको छ ।

·        आवश्यकता का आधारमा इलाका प्रहरी चौकी, वडा कार्यालय, प्रमुख प्रशासकीय भवन तथा वडा कार्यालय भवन निर्माण गरिदै आएको तथा अन्य विकास निर्माणका कार्यहरु पनि प्राथमिकताका आधारमा गर्ने गरिएको ।

·        कोभीड – १९ को अवधीमा गैरसरकारी संस्थासँग समन्वय गरी भर्चुअल कक्षाहरु संचालन गरेको पाइयो ।

·        कोरोना रोकथाम तथा नियन्त्रणमा सतर्क भई कार्यकुशलतापुर्वक कार्य गरी स्थिति अनियन्त्रित हुन नदिएको पाइयो ।

समग्रमा यस गाउँपालिकामा कार्यरत कर्मचारीहरु आफ्नो पदीय हैसियत अनुसार ज्ञान बुद्धि विवेकले भ्याएसम्म कुशलतापुर्वक कार्य गरिरहेका छन् । कर्मचारीको अनुभवको भिन्नताले गर्दा कर्मचारीहरुको  कार्यकुशलतामा फरक  पर्नु स्वभाविक हो ।

२.७.४ सेवाप्रवाहमा प्रभावकारीता 

सेवाग्राहीले सेवा प्राप्ति पश्चात गाउँपालिकाको सेवा प्रवाहको गुणस्तर सम्बन्धमा के कस्तो लाग्यो भनी सर्भेक्षणको लागि  वेभसाइटमा पोलको व्यवस्था गरिएको छ । हामीले गरेको अध्ययनबाट सेवा प्रवाहप्रति असन्तुष्ट भन्दा सन्तुष्ट सेवा ग्राही नै बढी भएको पाइयो । गाउँपालिका स्थापना भए पछि मात्र मुख्य रुपमा देखिने गरी भए निम्न प्रगतिहरुले गर्दा सेवा प्रवाहमा सन्तुष्टिको स्तर वृद्धि भएको देखिन्छः

·        दुरदराजको गाउँपालिका भए पनि टोल टोल सम्म ट्रयाक खोलिएको ।

·        अधिकांश बस्तीहरुमा राष्ट्रिय प्रशारण लायनको विद्युत पुर्याइएको ।

·         प्रशासनिका कार्यमा प्रविधिको प्रयोग शुरू गरिएको ।

·        बृद्ध भत्ता लगायत अन्य सामाजिक सुरक्षा भत्ताहरु  बैंकिङ्ग प्रणाली बाट वितरण गर्न शुरु गरिएको ।

·        घटना दर्ता अनलाईनबाट गर्न शुरु गरिएको ।

·        कर्मचारिहरुकोलागि विद्युतीय हाजिरीको प्रयोऊले नियमितता र समयपालनामा अभिवृद्धि भएको ।

·        नगारिक वडा पत्रको कार्यान्वयन तथा  उजुरी पेटिकाको प्रयोग गरिएको ।

·        विकट बस्तीहरुमा घुम्ति सेवा मार्फत सेवा प्रवाह गने गरिएको । कोभीडको अवस्थामा आलीपाली प्रमाणी अपनाएर पनि सेवा सुचारु गरिएको ।  गाउँपालिका भित्र आइसोलेसन केन्द्र तथा  क्वारेन्टिन व्यवस्था मिलाइएको । निशुल्क खोपको व्यवस्था मिलाइएको ।

यी र यस्तै प्रकृतिका विभिन्न जनताले प्रत्यक्ष अनुभव गर्ने सेवाहरुलाई पारदर्शी तथा  प्रभावकारि तवरले गर्ने र जनप्रतिनिधिहरुले आफूले गरेका असल अभ्यासहरुको पैरवी समेत गर्ने गरेकोले जनसन्तुष्टीको स्थत राम्रो रहेको पाइयो । निश्चय नै गाउँपालिका जनताकै घर दैलोमा रहेर, जनतासँगै रहेर काम गर्ने थलो भएकोले यसको प्रभावकारिता देखिएको हो । यो नै संघीय शासन प्रणालीको सुन्दर पक्ष हो । 

 


 

परिच्छेद
सेवाको नक्सांकन: सार्वजनिक सेवा प्रवाहको अवस्था
(Service Mapping: Status of Public Service Delivery)

 

"समृद्ध लिम्चुङबुङ गाउँपालिकाको आधार शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसहितको पूर्वाधार" भन्ने मुल नाराका साथ स्थानीय सरकारको आभास लिम्चुङबुङ बासीलाई गराउने उद्देश्यका साथ यस गाउँपालिकाले गाउँपालिकाको कार्यालय, ५ वटा वडा कार्यालयहरु, स्वास्थ्य चौकी, अस्पताल, शैक्षिक संस्थाहरु लगायतका माध्यमबाट सार्वजनिक सेवा प्रवाह गर्दै आएको छ । नेपालको संविधान, २०७२ को अनुसूचि ८ र ९, स्थानीय सरकार संचालन ऐन, २०७४ तथा प्रचलित ऐन कानून अनुसार र संघीयताको मर्म प्रतिकुल नहुने गरी गाउँपालिका स्तरबाट मुलभुत रुपमा विकासात्मक, प्रबर्द्धनात्मक, सिफारिसजन्य सार्वजनिक सेवाहरु प्रवाह हुदै आइरहेको छ भने उपाध्यक्षज्यूको संयोजकत्वमा गठित न्यायिक समितिबाट प्रचलित नियमानुसार न्यायिक कार्यहरु समेत हुँदै आइरहेको छ । समग्र रुपमा यस गाउँ पालिकाबाट हुने सार्वजनिक सेवा प्रवाहको अवस्थालाई देहाय अनुसार नक्सांकन गर्न सकिन्छ

३.१. सेवा प्रवाहको प्रकृति:

नेपालको संविधान २०७२ को अनुसूचि ८ मा रहेको एकल अधिकार सूचिका कार्यहरु र अनुसूचि ९ मा रहेका साझा अधिकार सूचि बमोजिम गाउँपालिकाले आफ्ना कार्यहरु संचालन गरी जनतालाई सार्वजनिक सेवाप्रवाह गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ ले गरेको व्यवस्था अनुसारका कार्यहरु गरेको छ भने वडा कार्यालयहरुबाट सिफारिस प्रदान गर्ने सेवा प्रवाह भई रहेको छ । प्रचलित कानूनी व्यवस्था अनुकुल रही लिम्चुङबुङ गाउँपालिकाले देहाय बमोजिमका सेवाहरु प्रदान गर्दै आएको पाइयो ।

 

क)   विकासात्मक कार्यहरु:

·        स्थानीय स्तरका विकास आयोजना तथा परियोजना तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने कार्य,

·        स्थानीय सडक, विद्युत विस्तार, कृषि, खानेपानी, वैकल्पिक उर्जा, सिंचाई क्षेत्रसँग सम्बन्धित पुर्वाधार निर्माण कार्य,

·        वार्षिक बजेटमा सामाजिक विकास, आर्थिक विकास, पुर्वाधार विकास, सुशासन तथा क्षमता विकास भनेर बजेट विनियोजन गरी सेवा प्रवाह गर्ने गरिएको,

·        सहभागितामूलक र समावेशी योजना तर्जुमा प्रक्रियाबाट मागमा आधारित आयोजनाको छनौट गर्ने कार्य,

·        उद्यम विकास,  पर्यटन विकास, खेलकुद विकासका लागि बजेट विनियोजन गरी कार्यक्रम संचालन गरिएको,

 

ख)   नियमनात्मक कार्यहरु:

·        आधारभुत तथा माध्यमिक शिक्षाको संचालन, नियमन तथा व्यवस्थापन सम्बन्धी कार्यहरु,

·        योजनाहरुको अनुगमन र मूल्यांकनका लागि स्थानीय नागरिकहरुको सहभागितामा समितिहरु निर्माण गरी कार्य भैरहेको,

·        संघ संस्था दर्ता तथा नियमन सम्बन्धी कार्यहरु,

·        स्थानीय कर,  सेवा शुल्क तथा दस्तुर निर्धारण तथा सङ्कलन सम्बन्धी कार्यहरु,

·        सार्वजनिक सेवा प्रवाहको गुनासो व्यवस्थापन सम्बन्धी कार्यहरु,

 

ग)    प्रवर्द्धनात्मक कार्यहरु:

·        आधारभुत स्वास्थ्य तथा सरसफाई सम्बन्धी कार्यहरु । ५ शैयाको लिम्चुङवुङ अस्पताल र सबै वडाहरुमा स्वास्थ्य चौकीबाट सेवा प्रवाह भैरहेको,

·        स्थानीय तथ्याङ्क सङ्कलन सम्बन्धी कार्यहरु,

·        कृषि तथा पशुपालन, कृषि उत्पादन, व्यवस्थापन, बजारीकरण सम्बन्धी कार्यहरु,

·        उद्यमशीलता र रोजगारी प्रबर्द्धन सम्बन्धी कार्यहरु,

·        संस्कृति प्रबर्द्धन तथा दलित जाती उत्थान सम्बन्धी कार्यहरु,

·        स्वरोजगारका लागि कृषि तथा पर्यटनमा जोड (कृषि उपज संकलन केन्द्र स्थापना, जडीबुटी संकलन केन्द्र स्थापना),

 

घ)    संरक्षणात्मक कार्यहरु:

·        स्थानीय बजार व्यवस्थापन तथा संरक्षण सम्बन्धी कार्यहरु,

·        वातावरण तथा जैविक विविधता संरक्षण सम्बन्धी कार्यहरु,

·        सङ्कलित स्थानीय तथ्याङ्कको अभिलेख व्यवस्थापन सम्बन्धी कार्यहरु,

·        अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अशक्त असहाय, एकल महिलाको संरक्षण र सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी कार्य,

·        विपद् व्यवस्थापन सम्बन्धी कार्य,

·        स्थानीय भाषा, संस्कृति, सम्पदाको संरक्षण सम्बन्धी कार्य,

 

ङ)    सिफारिस सम्बन्धी कार्यहरु:

·        प्रशासनिक कार्य सम्बन्धी: नाता प्रमाणित, जन्म प्रमाणित, विवाह प्रमाणित,नागरिकता र प्रतिलिपि नागरिकता सम्बन्धी आदि,

·        सेवा प्राप्त सम्बन्धी: निशुल्क उपचारको सिफारिस आदि,

·        जग्मा जमिन सम्बन्धी:  कित्ताकाट, हकसारी, जग्गा धनी पुर्जा आदि,

·        अन्य सिफारिस: सेवाग्राहीको माग निवेदनका आधारमा स्थानीय सरकार संचालन ऐन र प्रचलित कानूनको प्रतिकुल नहुने गरी दिइने सिफारिस,

 

च)    न्यायिक कार्यहरु:

उपाध्यक्षज्यूको संयोजकत्वमा गठित न्यायीक समितिबाट मुलतः

·        साँध सिमाना मिचिएको,

·        लेनदेन विवाद,

·        गालीगलौज,

·        घरायसी पति पत्निका विवाद,

·        बाली नासिएको आदि विषयमा मेलमिलापको माध्यमबाट सार्वजनिक सेवा प्रवाह हुने गरेको ।

 

छ)    अन्य कार्यहरु:

·        व्यक्तिगत घटना दर्ता सम्बन्धी,

·        सामाजिक परिक्षण, खर्च सार्वजनिकीकरण र सार्वजनिक सुनुवाई गर्ने,

·        सङ्घीय तथा प्रादेशिक सरकारसँग सम्पर्क समन्वय गरी विभिन्न भौतिक पुर्वाधार तथा अन्य विकासका कार्यहरु संचालन गर्ने (जस्तै: सुनकोशीमा पुल निर्माण, राष्ट्रिय प्रसारण लाइनमा बिजुली जडान, गाइघाट लिम्चुङवुङ सडक स्तरीकरण आदि),

·        ग्रामीण विद्युतीकरण तर्फ उज्यालो लिम्चुङवुङको अभियानका लागि विद्युत विस्तार कार्यहरु,

·        हर घरमा उज्यालो ल्याउने प्रयोजनका लागि सम्पुर्ण घरधुरीलाई मिटर बक्स अनुदान दिने कार्य,

·        नागरिकहरुलाई सुसूचित गर्ने कार्यहरु जस्तैः हिमाल FM मा समृद्ध लिम्चुङवुङ रेडियो कार्यक्रम संचालन भैरहेको,

·        विभिन्न दैनिक प्रशासनिक र भैपरी आउने अन्य कार्यहरु,

 

३.२.  सेवा प्राप्तिमा नागरिकको पहुँच र सहजता:

यस गाउँपालिकाका सबै वडाहरु सडक संजालमा जोडिएको भएता पनि स्तरीय पक्की सडको अभाव रहेको पाइयो । गुणस्तरीय सडक अभावमा सार्वजनिक सवारी साधनको पनि न्यूनता रहेकाले नागरिकहरुलाई सार्वजनिक सेवा प्राप्तिका लागि वडा कार्यालय तथा गाउँपालिका पुग्न केही असहज रहेको देखिन्छ । बर्षा मौसमको बेलामा सडक यातायातमा कठिनाई रहने गरेको गुनासो सेवाग्राहीबाट आउने गरेको भनी कर्मचारीहरुले स्वीकार गरेको पाइयो । सबै वडाहरुमा इन्टरनेटमा सहज पहुँच र विद्युतमा सहज पहुँचको अभावले गर्दा यस गाउँपालिकामा सहज र सरल रुपमा सेवाप्रवाहमा गरिएका देहायका असल प्रयासहरुमा बाधा पुगेको पाइन्छ ।

·        लिम्चुङबुङ गाउँपालिकाले आफ्नो र सबै वडाहरुमा नागरिक वडापत्र तयार गरी सोही अनुसार सेवा प्रवाह गर्ने गरेको पाइयो । तथापि केही वडा कार्यालयहरु (वडा नं. ५) मा नागरिक वडापत्र बनाइएको भएता पनि टाँस नगरिएको पाइयो ।

·        नागरिक, टोल, बस्तीस्तर देखि नै छलफल गरी जनसहभागितामुलक योजना तर्जुमा विधि अबलम्बन गरी मागमा आधारित योजना छनौट गर्ने गरेको पाइयो ।

·        सार्वजनिक सुनुवाई गर्ने गरिएको र नागरिकका समस्या र गुनासो सुनुवाई र सम्बोधनका लागि जनप्रतिनिधि र कर्मचारीहरुले पहल गर्ने गरेको पाइयो ।

·        वडा कार्यालय तथा शाखाहरुमा कर्मचारीहरुको व्यवस्थापन गरी कार्य जिम्मेवारी दिइएको पाइयो ।

·        जनश्रमदानसमेतका आधारमा प्रत्येक वडा, टोल टोल, वस्ती वस्तीमा बाटो पुगेको र सोको स्तरीकरण गर्ने कार्य निरन्तर भैरहेको पाइयो । केन्द्रीय तथ्याङ्क विभागबाट प्रकाशित स्थानीय तहको वस्तुगत विवरण २०७४ अनुसार यस गाउँपालिकामा जम्मा ६८ कि.मि. सडक रहेकोमा कालोपत्रे सडक नरहेको  पाइयो ।

·        प्रत्येक माध्यमिक विद्यालय र प्रत्येक वडा कार्यालयमा इन्टरनेट तथा ई हाजिरी जडान गरी कर्मचारी एवं शिक्षकलाई नागरिक प्रति जवाफदेही बनाउने कार्य भइरहेको पाइयो ।

·        जडीबुटी संकलन केन्द्र र कृषि उपज संकलन केन्द्र स्थापना गरी स्वरोजगार प्रबर्द्धन गरी नागरिकको बजार पहुँच स्थापित गर्न खोजेको पाइयो ।

·        Digital Village Profile तयार गरी वस्तुस्थितिका बारेमा सबै नागरिक र सरोकारवालालाई सूचना प्रवाहमा सहजता प्रदान गरेको पाइयो ।

·        Digital Display Board प्रयोगमा ल्याएको पाइयो ।

·        समावेशीता आधारमा उपभोक्ता समिति गठन गरी उक्त समितिलाई अनुशिक्षण समेत गर्ने गरेको पाइयो ।

·        वडा कार्यालयबाट सिफारिस / प्रमाणित लगायतका सेवा प्राप्त गर्नमा जनप्रतिनिधिहरुले सेवाग्राहीलाई सहजीकरण गरिदिने गरेको पाइयो ।

·        तथापि, सबै सूचना एवं तथ्याङ्कहरु वेवसाइटबाट प्राप्त हुने अवस्था नरहेको पाइयो ।

 

३.३. सेवा प्रवाहमा समयको पालना:

यस गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, विजुली विस्तार, खानेपानी जस्ता क्षेत्रमा पूर्वाधार निर्माणलाई विशेष जोड दिएको पाइयो । सेवा प्रवाह र आयोजना समयमै सम्पन्न गर्ने सवालमा गाउँपालिकाले विशेष ध्यान दिने गरेको पाइयो । समग्रमा सार्वजनिक सेवा प्रवाहमा चुस्तता सम्बन्धमा उक्त गाउँपालिकाको देहायको अवस्था रहेको पाइयो:

·        नागरिक वडापत्रमा उल्लेख भएको समयावधि भित्र नै सेवा प्रवाह हुने गरेको पाइयो । सेवा प्रवाहमा ढिला हुने भएमा कारणसहित सेवाग्राहीलाई जानकारी दिने गरेको पाइयो ।

·        लिम्चुङवुङ गाउँपालिकाले आ.व. २०७७/७८ मा ६२.९७ % योजनाहरु तोकिएको समय भित्रै सम्पन्न गरेको पाइयो ।

·        नियमित रुपमा गाउँ सभा वर्षमा दुई पटक बस्ने गरेको पाइयो ।

·        यस गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा मध्येमा सबैभन्दा छिटो नागरिकताको सिफारिस गर्ने कार्य हुने गरेको पाइयो । उक्त सिफारिस सामान्यतया सेवाग्राही उपस्थित भएको ३० मिनेटमा नै उपलब्ध गराउने गरेको पाइयो ।

·        गाउँपालिका वा अन्तर्गतबाट प्रवाह हुने अधिकाँश सार्वजनिक सेवाहरु कागजात मिलेमा सोही दिन वा भोलीपल्ट प्रवाह हुने गरेको पाइयो ।

 

३.४ सेवा प्रवाहमा सत्य निष्ठा, उत्तरदायित्व र जवाफदेहिता:

लिम्चुङबुङ गाउँपालिकाबाट जनतालाई सरल र सहज रुपमा सेवा प्रवाह होस् र सो क्रममा सत्य निष्ठा, उत्तरदायित्व र जवाफदेहिता प्रभावकारी रहोस् भनी देहाय अनुसारको व्यवस्था गरेको पाइयो:

·        वडास्तर र पालिकास्तरमा नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने गरेको पाइयो ।

·        गाउँपालिकाको विकास सम्बन्धमा उपभोक्ता समिति, नागरिक समाज, सरोकारवालाहरुसँग बेलाबेलामा छलफल तथा रचनात्मक सल्लाह सुझाव माग गर्ने गरेको पाइयो ।

·        गाउँपालिकाले नियमित रुपमा आम्दानी, खर्च विवरण, बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्ने गरेको पाइयो ।

·        गाउँपालिकाको वेवसाइट अद्यावधिक अवस्थामा रहेको भने पाउन सकिएन । सबै सूचना एवं तथ्याङ्कहरु वेवसाइटबाट प्राप्त हुने अवस्था नरहेको पाइयो ।

·        गाउँपालिकाले प्रवक्ता, सुचना अधिकारी तोकेको पाइयो । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले सेवाग्राहीबाट प्राप्त गुनासो सुन्ने संबोधन गर्ने गरेको पाइयो ।

·        गाउँपालिकाले नागरिक सेवाग्राही सन्तुष्टी सर्वेक्षण Polling को लागि वेवसाइटमा नै व्यवस्था गरेको पाइयो ।

·        गुनासो पेटिका प्रयोगमा ल्याएको पाइयो तथापि लिखित रुपमा भन्दा मौखिक गुनासोहरु बढी आउने गरेको पाइयो ।

·        जनप्रतिनिधि तथा कर्मचारीहरुले सेवाग्राहीका माग, भनाई एवं कुराहरु राम्रोसँग सुनेर बुझ्ने प्रयास गरेको पाइयो र सो बापत उनीहरुले सेवाग्राहीबाट अनुचित लाभ लिने वा अपेक्षा गर्ने गरेको पाइएन ।

·        सामाजिक सुरक्षा भत्ता वितरण बैंङ्गिक प्रणाली मार्फत गर्नेगरेको पाइयो ।

·        नियमित रुपमा आन्तरिक र अन्तिम लेखा परिक्षण हुने गरेको पाइयो ।

·        सार्वजनिक खरिद ऐन र नियमावली तथा आर्थिक कार्यविधि जस्ता कानूनहरुको पालना गर्ने गरेको र आयोजना सम्पन्न भए पश्चात अनुगमन स्वीकृत र कार्य सम्पन्न प्रतिवेदन प्राप्त गरेर मात्र भुक्तानी गर्ने गरेको पाइयो ।

·        कर्मचारीहरुले निजामती सेवा ऐन र नियमावली अनुसारको अनुशासन, समय पालना, आचरणको पालना जस्ता कार्यहरु पालना गर्ने गरेको पाइयो र सो सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृतले Digital Platform (CC Camera) प्रयोग गरी अनुगमन गर्ने गरेको समेत पाइयो ।

 

३.५ गुणस्तरीय सेवाप्रवाहका कठिनाईहरु:

लिम्चुङबुङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु गुणस्तरीय सेवाप्रवाहका लागि प्रतिबद्ध रहेको भएता पनि सेवा प्रवाहका क्रममा गाउँपालिकाले सामना गर्नुपरेका कठिनाईहरुलाई देहाय अनुसार उल्लेख गर्न सकिन्छ:

·        कर्मचारी अभाव रहेको र भएका कर्मचारीहरुमा पनि दक्षता र क्षमता अभिबृद्धि गर्नुपर्ने अवस्था रहेको छ । एउटै कर्मचारीले दोहोरो भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको पाइयो ।

·        गाउँपालिकाको प्रशासकीय भवन निर्माणाधिन अवस्थामा रहेको पाइयो । वडा कार्यालयहरु (१, २, ४ र ५ मा), हाल कच्ची अवस्थामा रहेका ५ वटै माध्यमिक विद्यालयहरु र स्वास्थ्य चौकीहरु (१ र २) मा सेवाग्राही मैत्री कोठा र भवन अभावले गर्दा सेवा प्रवाहमा कठिनाई हुने गरेको पाइयो ।

·        केन्द्रीय तथ्याङ्क विभागको  २०६८ को तथ्याङ्क अनुसार ६३.५ प्रतिशत (स्नातक तह र माथि १% पनि नरहेको) मात्र साक्षरता रहेको यस गाउँपालिकामा चेतनाको स्तर कम रहेको हुँदा सेवा प्रवाहको प्रक्रिया बारेमा सुसूचित गर्न कठिन रहेको पाइयो ।

·        दुर्गम अवस्थिति, जटिल भौगोलिक बनावटका कारण आवतजावतमा कठिनाई रहेको साथै सडक संजालले सबै वडाहरु जोडिएता पनि गुणस्तरीयताको अभावले गर्दा वर्षायाममा यातायात अवरुद्ध भई विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समेत कठिनाई हुने गरेको पाइयो ।

 

३.६ सार्वजनिक सेवा प्रवाहमा विचौलियाको संलग्नता

केन्द्रदेखि गाउँसम्म सक्रिय रहेका बिचौलियाहरूले गर्दा लोकतन्त्रको प्रत्याभुति जनताको तहसम्म पुग्नमा समेत बाधा पुगिरहेको गुनासो सुनिँदै आएको छ । सङ्घीय सरकारबाट प्रदेश सरकार र स्थानीय सरकारसम्म पुगेको सिंहदरबारसँगै छोटे बिचौलियाहरू प्रवेश गरी जनप्रतिनिधि तथा कर्मचारीहरूलाई समेत भ्रष्टाचारको मार्ग देखाउन थालेको गुनासो समेत सुन्नमा पाइन्छ । यद्यपि, लिम्चुङ्बुङ गाउँपालिका उदयपुर जिल्लाको एक बिकट गाँउपालिका भएकाले यस गाउँपालिका भित्रका सरकारी कार्यालयहरूमा सेवाग्राही पनि थोरै र कर्मचारीहरू पनि थोरै रहेकाले बिचौलियाहरूको आवश्यकता समेत नरहेको अवस्था पाइयो । अर्थात, गाँउपालिकाले प्रदान गर्ने कुनै पनि सेवा लिनका लागि कुनै किसिमको मध्यस्थकर्ताहरूको भर पर्नुपर्ने अवस्था यस गाँउपालिकामा छैन । यसकारण सेवाग्राहीहरू बिचौलियाबाट ठगिने अवस्था पनि छैन । नागरिकहरूले सेवा प्राप्त गर्ने क्रममा कुनै समस्या वा द्विविधा भएमा वा आवश्यक प्रमाण, कागजात बारे जानकारी लिन र प्रक्रियाको सरलीकरण गर्ने कार्यमा जनप्रतिनिधिहरू, कर्मचारीहरू र स्थानीय विद्यालयका शिक्षकहरूले सेवाग्राहीलाई सहजीकरण गरिदिने गरेको जानकारी समेत पाइयो ।

 

३.७ नागरिक र सेवा प्रदायकबीचको सम्वन्ध

यस गाँउपालिकाबाट प्रबाह हुने सेवाहरू सेवाग्राहीले घरदैलोबाटै वा सम्भव भएसम्म नजिकको स्थानबाट घुम्ति सेवा मार्फत प्रवाह गर्ने गरिएको पाइएको छ । विशेष गरी कृषिसँग सम्वन्धित सेवाहरू प्रवाह गर्दा प्राविधिकहरू खेतबारीमै गएर सिकाउने गरेको पाइयो । बृद्ध भत्ता बैंकबाट दिने गरिए पनि  ७० वर्ष कटेका र अशक्तहरूका लागि घुम्ति सेवा मार्फत दिने गरिएको छ । जनप्रतिनिधिहरू, प्रशासकहरू र सेवाग्राहीहरूको सम्बन्ध सुमधुर रहेको छ । जनप्रतिनिधिहरू र प्रशासकहरूले नागरिकका समस्या सम्बन्धमा चासो राख्ने गरेको र सकेको सहयोग गर्ने गरेको पाइयो ।

वार्षिक कार्यक्रमहरू बनाँउदा जनसहभागितालाई प्रश्रय दिन प्रत्यक टोलमा टोल विकास सहकार्य सँस्था गठन गरी तिनीहरूसँग सहकार्य गरी कार्यक्रमहरू निर्क्यौल गर्ने गरिएको छ । यस्तै सार्वजनिक महत्त्वका विभिन्न विषयहरूमा सार्वजनिक सुनुवाई हुने गरेको छ । वार्षिक रुपमा दुई पटक, हिँउदे गाँउ सभा र बर्षे गाँउ सभा हुनु अघि जनताका भनाई, गुनासो साथै सुझाव समेत लिन सार्वजनिक सुनुवाई गर्ने गरिएको छ । जनप्रतिनिधिले छनौट गर्ने कार्यक्रमहरू तथा गाँउपालिकाले प्रवाह गर्ने सेवामा जनताको सहभागितालाई जोड दिन सुझावहरू सङ्कलन गर्ने जस्ता विभिन्न प्रक्रिया अवलम्बन समेत गर्ने गरिएको छ ।

गाँउ पालिकाबाट सेवाहरू प्रवाह गर्दा सबैलाई समान व्यवहार गर्ने गरिएको छ । जनप्रतिनिधि र कर्मचारीहरूले नम्र र शिष्ट भई बोली-व्यवहार गर्ने गरेकोले जनताहरू र सेवा प्रदायकबीच अन्यन्तै सौहार्दपुर्ण सम्बन्ध रहेको छ । सेवा प्रदायकहरूसँग नागरिकको कुनै पनि गुनासो रहेको पाइएन ।

हालका प्रशासकीय अधिकृत श्री टार्जन कुमार लिम्बू प्रमुख प्रशासकीय अधिकृत भएर आए पश्चात यस गाँउ पालिकाका समग्र जनसमुदाय सेवा प्रवाहप्रति खुसी भएको पाइयो । सम्बन्धित सेवाग्राहीसँग कुरा गर्दा निजको व्यबहारको तारिफ गरेको पाइयो । प्रमुख प्रशासकीय अधिकृत श्री टार्जन कुमार लिम्बूले कुशल प्रशासकको छवि बनाउन सफल भएको देखिन्छ ।

 

३.८ नागरिकको अपेक्षा र विश्वास

नेपाली जनताको लामो संघर्ष पश्चात बनेको नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । जनतासँग सबैभन्दा नजिक रहेको र प्रत्यक्ष जोडिएको स्थानीय सरकार स्थानीय समुदायबाटै निर्वाचित भएको हुन्छ । स्थानीय सरकारसँग नीति निर्माणदेखि कार्यान्वयन गर्नेसम्म अधिकार रहेको हुन्छ भन्ने बुझेका जनताहरूले स्थानीय सरकारसँग असिमित अपेक्षाहरू राखेका हुन्छन् ।

देश सङ्घीयतामा गई जनप्रतिनिधिहरू मार्फत स्थानीय तहको शासन सञ्चालन भएपछि यस गाँउपालिकाले विकासमा अग्रगामी छलाङ् नै मारेको स्थानीय जनताहरूको बुझाई छ । ५ वर्ष अघिसम्म पुरै अँध्यारोमा रहेको गाँउपालिकामा हाल प्रायः सबै घरमा बिद्युतीकरण भएको छ । ५ वटा वडा रहेको यस गाँउपालिकाका ५ वटै वडामा १-१ ओटा माध्यमिक स्तरका विद्यालयहरू रहेका छन् । ती मध्ये २ वटामा कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । सबै विद्यालयमा इन्टरनेटको समेत व्यवस्था रहेको छ । सार्वजनिक खरिद मार्फत आधुनिक विद्यालय निर्माणका लागि विद्यालय भवनहरू निर्माणको प्रक्रिया चलिरहेको छ । शिक्षाको गुणस्तरसमेतमा सुधार भएको छ । प्रमुख प्रशासकीय भवन रहेको वडामा ५ शैय्यायुक्त अस्पताल र अन्य ४ वटा वडामा १-१ वटा स्वास्थ्य चौकीहरू आवश्यक सुविधाहरू सहित सञ्चालनमा रहेका छन् ।

कोरोना महामारी, प्राकृतिक प्रकोप जस्ता विपद्का बेला नागरिकको जिम्मा लिन स्थानीय सरकार सक्षम छ भनी गाँउपालिकाले प्रमाणित गरेको स्थानीय नागरिकले बताएका छन् । कोरोना महामारीको बेला एम. बि. बि. एस. डाक्टर समेतको आन्तरिक स्रोतबाटै व्यवस्था गरी आइसोलेसन सेन्टरहरू समेत बनाई नागरिकको उचित रेखदेख गाँउपालिकाले गरेको पाइयो ।

विकास निर्माणका काममा जनतालाई अझ बढी सहभागी गराउन स्थानीय उपभोक्ता समिति मार्फत बाटोको निर्माण गरिएको र सो प्रयासबाट बाटोको स्थायित्व भएको पाइयो । ठेकेदार मार्फत भएका विकास कार्यहरू भन्दा स्थानीय उपभोक्ता समिति मार्फत सम्पन्न कार्यहरू बढी गुणस्तरीय र प्रभावकारी रहेको स्थानीयको भनाई रहेको छ ।

उपरोक्त अनुसार विकास निर्माणका जन अपेक्षा धेरै हदसम्म सम्बोधन भए पनि स्थानीय स्तरमा रोजगारी सिर्जना भई विदेश जानु नपर्ने वातावरण बनोस् भन्ने चाहाना स्थानीयहरूको छ। यद्यपि सो चाहाना गाँउपालिकाले सम्बोधन गर्न सकेको छैन । यो मुद्दा राष्ट्रिय स्तरमै सम्बोधन हुन नसकेको अवस्थामा लिम्चुङबुङ पनि यसको अपवाद हुन सक्दैन । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न खोजे पनि ज्याला अत्यन्त न्यून भएकाले जनताहरू त्यसमा सहभागी हुन नखोजेको पाइयो ।

 

३.९. नागरिक केन्द्रित सार्वजनिक सेवा

नयाँ सार्वजनिक सेवाको अवधारणाले जनतालाई ग्राहक होइन, नागरिकका रूपमा व्यवहार गर्नुपर्छ भन्ने मान्यतासँगै लोकतान्त्रिक पद्धति, सुशासन र सरोकारवालाको सहभागिता सुनिश्चित गर्ने ग्यारेन्टीको वकालत गरेको छ । असमानता, विभेद, भ्रष्टाचार, हिंसा, गरिबी, शोषणको अन्त्य गरी लैंगिक, भाषिक, अल्पसंख्यक, दलितको समावेशीकरण र सार्वजनिक सेवामा सबै नागरिकको सहज पहुँच स्थापित गर्दै सेवाग्राहीलाई निर्णय प्रक्रियामा समेत समावेस गरी सुशासनको प्रवर्धन गर्ने दिशामा यस गाँउपालिकाले विविध कदमहरू चालेको पाइयो ।

यस गाँउपालिकाका सबै कार्यालयहरूमा नागरिक बडापत्रहरू राखिएको छ भने प्रत्येक विकास आयोजनाहरूको जानकारी दिने सुचनामुलक बोर्डहरू समेत आयोजना स्थल नजिक राख्ने गरिएको छ । ५ वटै वडा कार्यालय र गाँउपालिकामा इन्टरनेटको व्यवस्था गरी वेबसाइट अपडेट गर्ने गरिएको छ । दलितका निम्ति दलित आवास कार्यक्रमका लागि रकम छुट्याउने योजना कार्यान्वयन भैसकेको छ । यस्तै अन्य लक्षित वर्गलाई दिने सेवाका सम्बन्धमा ती वर्गसम्म सूचना पुर्‌याइएको छ । लक्षित वर्ग तथा समुदायलाई सेवा प्रवाहमा प्राथमिकता दिने गरेको, सरोकारवालाहरूबाट पृष्ठपोषण प्राप्त गर्न विभिन्न गुनासो सुन्ने, लिखित, अलिखित, गोप्य प्रतिक्रियाहरू समेत लिने गरेको छ ।

 

३.१० नागरिक सन्तुष्टि

सामान्य नागरिकले देख्ने, भेट्ने र अनुभूत गर्ने सरकार स्थानीय सरकारहरू हुन् । यस गाँउपालिकामा पनि स्थानीय सरकार बनेर जनप्रतिनिधिहरू आएपश्चात सरकारी सेवा प्रवाहमा प्रभावकारिता बढेको र स्थानीय नागरिक सन्तुष्टिको स्तर बढोत्तरी भएको देखिन्छ । सेवा प्रदायक जनप्रतिनिधिहरू र कर्मचारीहरूबाट सेवाग्राहीप्रति उचित र मर्यादित व्यवहार गरेकाले स्रोत साधनको अभावमा हुन नसकेको कामहरूमा समेत जनताले जनप्रतिनिधिहरू र कर्मचारीहरूप्रति सद्भाव राखेको पाइयो ।

यस गाँउपालिकामा सेवाप्रवाहलाई जनताको नजिक एवम् घर दैलोमै पुर्याउन एकीकृत सेवा केन्द्रको अवधारणा सहित घुम्ती सेवा, शिविरहरू जस्ता विभिन्न माध्यमहरूको उपयोग गर्ने गरिएको पाइयो । नागरिक वडापत्रको व्यवस्था सबै कार्यालयहरूमा गरिएको छ । नागरिक गुनासो सुनुवाईको व्यवस्थाको लागि उजुरी पेटिकाको व्यवस्था गरिएको छ, जसलाई नियमित रुपमा खोलेर हेर्ने गरिएको छ । यस गाँउपालिका नागरिकको नजिकको सरकारको रुपमा सेवाग्राहीमा स्थापित हुन सकेको छ । सेवाग्राहीप्रति कर्मचारीहरूको व्यवहार जनप्रतिनिधि हुनु अघिको भन्दा निकै सुधार भएको छ । वडा तथा गाँउपालिकामा जन प्रतिनिधि र कर्मचारीको उपस्थितिले सेवा प्रवाहमा आएको परिवर्तनप्रति जनताको प्रतिक्रिया सकारात्मक पाइयो ।

जन प्रतिनिधि आउनु अघिको समयमा भन्दा हाल विकासका क्रियाकलापहरूमा आकास-जमिनको फरक भएको छ भनी स्थानीयले प्रतिक्रिया दिएका छन् । इलाका प्रहरी कार्यालय स्थापना भएको छ । हलेसीबाट राष्ट्रिय प्रशारण लाइनमार्फत विद्युत ल्याई यो गाँउपालिकामा बिद्युतीकरण हुने कुरा सपनामा पनि नसोचेको स्थानीय वासिन्दाले बताएका छन् । आज जनताको त्यो सपना पूरा भएको छ । गाईघाट र हलेसी बजारसँग जोडिने जनताको चाहाना पूरा भएको छ । प्रत्येक वडामा सुविधासम्पन्न विद्यालयका भवनहरू बनाउनका लागि टेण्डर भइसकेको छ । विकट क्षेत्र भएपनि विद्यालयमा अनलाइन कक्षा, ई-हाजिरी समेत सञ्चालन भएको छ । डिजिटल डिस्प्ले सहित सेवासम्बन्धी सुचना गाउँपालिकाले दिने गरेको छ ।

आलु, सुन्तला, कागतीको सम्भावनालाई मध्यनजर गरी कृषिका पकेट क्षेत्र बनाउने लगायतका कार्यक्रमहरू ल्याइएका छन् । सगरमाथा लगायत हिमाल देखिने र लालीगुराँस फुल्ने गाउँपालिका भित्रको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिएको छ । सुनकोशी लिफ्टिङ्ग खानेपानी योजना, गाईघाट-लिम्चुङ्गबुङ सडक निर्माण जस्ता विकासका कार्यक्रमहरूले गाँउको मुहार नै फेरेको छ ।

यो सङ्घीयता कार्यान्वयन भए पछिको पहिलो ५ वर्ष भनेको समृद्ध लिम्चुङ्गबुङ बनाउने आधार तयार गर्ने र सोका लागि पुर्वाधार विकास गर्ने समय हो भन्ने कुरा जनप्रतिनिधिहरूले कार्य प्रगति सहित स्थानीय बासीहरूलाई विश्वस्त बनाउन सकेका छन् ।

हालको आर्थिक वर्षमा सार्वजनिक सुनुवाइको कार्य हुन नसकेको, गाँउपालिकाको खरको छाना हटाउ कार्यक्रममा केही ढिलाई भएको, बजेट कार्यान्वयन, ठेक्का प्रक्रियामा ढिलाई भएको, गाँउपालिकाको आर्थिक प्रशासनमा कमजोरीहरू रहेको र स्थानीय स्तरमा रोजगारी सिर्जना हुन नसकेको अदि विषयहरूमा सामान्य गुनासोहरू स्थानीय बासीले व्यक्त गरेपनि गाँउपालिका स्वयम्‌ले यसमा सुधार गर्दै जानेमा  स्थानीयबासीहरू आशावादी रहेको छन् ।

 

 

 


 

परिच्छेद ४
कोरोना महामारीमा गाँउपालिकाको प्रयास
(
Responding To Covid -19 Pandemic Situation)

.१. कोभिड-१९ को वर्तमान अवस्था

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ महामारीको प्रभावबाट लिम्चुङबुङ गाउँपालिका समेत अछुतो रहन सकेन । यसको प्रभावले यस गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा मात्र असर नगरी सम्पुर्ण सामाजिक, आर्थिक, राजनीतिक लगायत समपूर्ण क्षेत्रमा प्रभाव पारेको देखिन्छ । स्थानीय सरकारको प्रतिनिधित्व सहित सार्वजनिक सेवा प्रवाह गर्न स्थानीय तहमा कोभिड -१९ का कारण कार्य समपादनमा निकै ठूलो चुनौतिको अवस्था सामाना भएको देखिन्छ । भिडभाड कम गर्नु पर्ने तथा अन्य आर्थिक, सामाजिक, विकास निर्माण गतिविधिहरुमा उच्च सतर्कता कायम गर्नु पर्ने कारणले निकै ठूलो नकारात्मक प्रभाव सिर्जना भयो । यस गाँउपालिकाले संघ तथा प्रदेश सरकारको सहयोगमा गाँउपालिका क्षेत्रमा कोभिड-१९ को महामारीमा सहजै न्युनीकरण तथा नियन्त्रण गर्न सफल भएको पाइएको छ । यसका अतिरिक्त नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तोकेका  स्वास्थ्य सुरक्षाका मापदण्डहरु समयमा नै अबलम्बन गरेको देखिन्छ । सिमित स्रोत साधन, जनशक्ति तथा स्वास्थ्य पुर्वाधारका बावजुद कोभिड -१९ को प्रभाव न्युनीकरणका लागि यस गाँउ पालिकाले जनचेतना अभिविद्ध, लकडाउनको पालना, क्वारेन्टिनको व्यवस्थापन, कोरोना परीक्षण, स्वास्थ्य सामग्रीको वितरण तथा राहत वितरण कार्य लगायतका काम गरेको पाइयो । ५ वटै वडामा रहेकन  स्वास्थ्य चौकीहरु आवश्यक सुविधाहरु सहित सञ्चालनमा रहेका छन् । (स्रोतः डिक बहादुर राउत, वडा नं. ३, वडा अध्यक्ष,९८४२९६९७३१, बाराह, लिम्चुङबुङ गाउँपालिका)

 

..  गाँउपालिलकाको हालसम्मको कोभिड -१९ सँग सम्बम्न्धित तथ्यांक UPDATE देहायबमोजिम प्रस्तुत गरिएको छ।

क्र.सं.

विवरण

संख्या

कैफियत

PCR जांच  संख्या

४१७

महिला-१६०  पुरुष- २५७

कोरोना पोजिटिसंख्या

११०

महिला- ५३    पुरुष- ५७

कोरोना नेगेटिभ संख्या

३०७

महिला- १०७  पुरुष- २००

निको भएको  संख्या

९०

 

मत्युभएको  संख्या

 

स्रोतः लिम्चुङबुङ गाँउपालिका स्वास्थ्य शाखा JUNE १८ २०२१, ८:१८

 

क्र.सं.

विवरण

संख्या

कैफियत

PCR जांच  संख्या

१२

 

कोरोना पोजिटिसंख्या

१६८

 

सक्रिय संक्रमित संख्या

हाल ०

 

निको भएको  संख्या

१६७

 

मत्युभएको  संख्या

पुरुष

स्रोतः सह- संयोजक ईश्वरदेव चौधरी,स्वास्थ्य शाखा,,लिम्चुङबुङ गाँउपालिका limchungbunghealth@gmail.com Jan ०५ २०२२ १२:१८ बाट प्राप्त

४.२.कोभिड-१९ व्यवस्थापन

यस गाँउपालिकाले कोभिड -१९ को व्यवस्थापन सम्बन्धी देहाय बमोजिमका कार्यहरु गराईएको पाइयो ।

..१.स्वास्थ्य सम्बन्धि र स्रोत व्यवस्थापन सम्बन्धी

यस गाँउपालिकाले बन्दाबन्दीको समयमा गाँउपालिका भित्रका जनताको बचाउ, रक्षा तथा महामारी व्यवस्थापनको लागि  आवश्यक पर्ने औषधी खरिद, उपकरण, विरामीको लागि भवन तथा शैया व्यवस्थापन सम्बन्धी विभिन्न वडाहरुमा समयमा नै व्यवस्था गरेको पाईयो । सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा अन्य स्रोतबाट प्राप्त सहयोगलाई स्वास्थ्य सम्बन्धी व्यवस्थापन कार्यमा तुरुन्त प्रयोग गरेको देखियो । यस आर्थिक वर्ष भित्र ५ शैय्याको लिम्चुङबुङ अस्पताल तथा गाउँपालिकाको प्रशासकीय भवनको ५०% सम्म निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको पाईयो । (स्रोत - आर्थिक वर्ष २०७८-७९, लिम्चुङबुङ गाउँपालिकानीति तथा कार्यक्रम ) । आ.व. ०७८\०७९ लक्ष्य भित्र वडा नं १ र २ मा स्वास्थ्य चौकीहरुको निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको पुर्वाधार तयार गर्ने रहेको पाईयो । महामारी व्यवस्थापनमा आर्थिक स्रोतको उपलब्धताको लागि सङ्घीय सरकारबाट, प्रदेश सरकारबाट, निजी संस्थाहरुबाट, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुबाट, गाउपालिकाको आपतकालिन कोषबाट र अन्य स्रोतबाट व्यवस्थापन गरिएको पाइयो ।

गाउँपालिकाको आ.ब. २०७८/७९ को  स्वास्थ्य सम्बन्धी नीति तल उल्लेख गरिएको छः

१) नेपालको संविधानमा उल्लेख भएको स्वस्थ्य सम्बन्धी मौलिक हकको प्रत्याभुति गरिने नीति अवलम्बन गरिनेछ ।

२) २ वर्षभित्र लिम्चुङबुङ अस्पताल निर्माण सम्पन्न गरी गाउँपलिकामा नै x-ray, सामान्य शल्यक्रिया आदिको व्यवथापन गर्ने गरी अस्पताल सञ्चालन गर्ने छ ।

३)  सबै नागरीकहरुलाई गुणस्तरीय आधारभुत स्वास्थ्य सुविधा सर्व सुलभ ढंगले उपलब्ध गराइने छ ।

४)  वडाहरुमा रहेका स्वास्थ्य चौकीहरुको स्तरोन्नति तथा पुनर्निर्माण गरिनेछ ।

५) लिम्चुङबुङ गाउँपालिका क्षेत्र भित्र सञ्चालित स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य क्षेत्र सुधार नीति अवलम्बन गरनेछ ।

यस अन्तर्गत :-

क) स्वास्थ्य सेवा जनशक्ति व्यवथापन र क्षमता अभिवृद्धि कार्यक्रम

ख) स्वास्थ्य संस्था सुदृढीकरण कार्यक्रम

ग) समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रम

घ) स्वास्थ्य सेवामा उपचरात्मक सेवा तथा गुणस्तर सुधार कार्यक्रम

६) स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाई हरुको भौतिक निर्माण, कार्यालय व्यवस्थापन, औषधी व्यवस्थापन, नि:शुल्क ल्याब टेस्ट, स्वास्थ्य शिविर सञ्चालन गरी समष्टिगत स्वास्थ्य क्षेत्रलाई समेटेर कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

चित्र:         लिम्चुङबुङ गाउँपालिकाको वडा न‌ं. २ ताम्लिछाको लैकुघाट्मा अधारभूत स्वास्थ्य केन्द्र समुद्घाट्न कार्यक्रम

 

४.२.२ सचेतना अभिवृद्धि कार्य तथा सुरक्षा उपाय अवलम्बन,  अभ्यास र जानकारी सम्बन्धमा

स्वास्थ्य शाखाबाट सचेतना फैलाउन विभिन्न माध्यमहरु रेडियो एफ एम, माईकिङ्ग, नागरिक समाज, मेसेज, सामाजिक सञ्जाल आदिको प्रयोग गरेको पाइयो । गाँउपालिकाको कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि छिटो छरितो रुपमा र पटक पटक तथा Home isolation को अबधारणा समेत समयमा नै प्रयोग गरेको पाइयो । स्वास्थ्य उपकरणको प्रयोग गरी आउने तथा जाने व्यक्तिहरुको ज्वरो मापन गरिएको, सेन्टाइजर, मास्क, साबुन वितरण गरिएको, कोरोना पोजिटिभ संक्रमण फैलिन नदिन क्षेत्र सिल र विरामीको Contract tracing गर्नु साथै PCR Test का लागि आवश्यक व्यवस्था, क्वारेन्टिनमा राखी स्वाब परीक्षण  गरेपछि मात्र घर पठाउने, सुरक्षित आवतजावतको व्यवस्था लगायत अन्य सचेतना जनचेतना अभिवृधि कार्य प्रयोग गरेको देखियो ।

 

 

 

४.२.३ पि.सी.आर.जाँचपरीक्षणको व्यवस्थातथा क्वारेन्टाइन व्यवस्थापन र खोप लगाउने सम्बन्धमा

शुरु शुरुमा पि.सी.आर. परीक्षण गर्न, किट तथा अन्य सामाग्रीको अभाव, तालिम प्राप्त र अनुभवी स्वास्थ्य जनशाक्ति अभाव भएकाले निकै कठिनाई भएको बुझियो । यस गाउँ पालिकाले जिल्ला अस्पतालसँग, अन्तर-सरकारी समन्वय तथा सरोकारवालाबिच समेत आवश्यक समन्वय गरी कार्य गरेको देखिन्छ यस गाउँ पालिकाले क्वारेन्टिन व्यवस्थापनका लागि गरिएका प्रमुख कार्य/कदमहरु निम्न उल्लेखित छन् ।

क)     स्थानीय सरकार, जिल्ला समन्वय र जिल्ला स्वास्थय कार्यालय सँग समन्वय गरी Isolation सञ्चालन बारे छलफल गरेको ।

ख)     Isolation केन्द्र सञ्चालन गरेको ।

ग)      Isolation केन्द्र समिति गठन गरेको ।

घ)      साथै कोभिड -१९ विरुद्ध खोप लगाएका कुल जनसंख्या हाल ५००० लगभग ११ बर्ष भन्दा माथिका सबै (महिला / पुरुष / यवुा / वृद्ध उमेर समुहका) लगाईसकेको पाईयो ।

 

चित्र: कोरोना विरुद्ध खोप लगाउन जनहितमा जारी सुचना, लिम्चुङबुङ गाउँपालिका, २०७८

 

 

यस गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मै कुल ४२ प्रतिशत जनसङ्ख्यालाई खोप दिइसकेको तथ्याङ्क प्राप्त भयो । यो कार्य आज पर्यन्त जारी छ ।

 

चित्र: कोरोना विरुद्ध खोप लगाएका जनसंख्या, लिम्चुङबुङ गाउँपालिका, २०७८

 

 

 

 

 

 

 

 

 

४.२.४.      अन्तर-सरकारी समन्वय

यस गाउाँपाललिकाले पनि सङ्घीय सरकारबाट नीतिगत  सहयोग र प्रदेश सरकारवाट आर्थिक सहयोग प्राप्त गरी कोभिड-१९ को नियन्त्रण तथा रोकथाम र यसको प्रभाव न्यून गर्न कार्यविधि, मापदण्ड नीति तथा व्यवस्था गरी, जनचेतना अभिवृद्धि, परीक्षण कार्य, क्वारेन्टिन व्यवस्थापन गरेको पाइयो । कोभिड -१९ को व्यवस्थापन सम्बन्धी संघ र प्रदेशका निकायहरुसँग समन्वय र सहकार्यहरु/ भएका कामहरुमा निम्न कार्यहरु पाईयोः

क)      Isolation केन्द्र सञ्चालन  

ख)       Isolationकेन्द्र समिति गठन ।

ग)       Isolation मा नै बिरामीहरुलाई खानाको व्यबस्था ।

घ)       Oxygen cylinder, Thermometer, Nebulizer लगायतका आवश्यक सामाग्री खरिद ।

ङ)        

४.२.५. सरोकारवाला बीच समन्वय

अध्ययनको क्रममा प्राप्त तथ्यहरुको विश्लेषण गर्दा यस गाउँ पालिकाले समयमा नै स्थानीय गैर सरकारी संस्था, समुदायमा आधारित संगठन, यवुा क्लब, महिला समुह आदिसँग सहकार्य तथा समन्वय गरी क्वारेन्टिन व्यवस्थापन, खोपको व्यवस्थापन जस्ता कार्यहरु प्रभावकारी रुपमा गरेको पाईयो ।

 

४.२.६. कोभिड -१९ व्यवस्थापनका उत्तम अभ्यासहरु

कोरोना महामारी, प्राकृतिक प्रकोप जस्ता विपद्का बेला नागरिकको जिम्मा लिन स्थानीय सरकार सक्षम छ भनी गाँउपालिकाले प्रमाणित गरेको स्थानीय नागरिकले बताएका छन् । कोरोना महामारीको बेला एम. बि. बि. एस. डाक्टर समेतको आन्तरिक स्रोतबाटै व्यवस्था गरी आइसोलेसन सेन्टरहरु विद्यालयहरुमा स्थापना गरी नागरिकको उचित रेखदेख गाँउपालिकाले गरेको पाइयो । कोरोना परिक्षण घर घरमा गएर जाँच गरेको , कोरोना पोजिटिभ बिरामीहरुलाई आइसोलेसन केन्द्रमा नै भर्ना गरी उपचार तथा खानाको व्यबस्था गरेको । (स्रोतः ईश्वरदेव चौधरी, स्वस्थ शाखा (सहायक प्रमुख), फोन:  ९८६३४८७६४८, बाराह, लिम्चुङबुङ गाउँपालिका)

 

 

४.३  कार्य सम्पादनमा कोभिड -१९ ले पारेको प्रभाव

कोभिड-१९ ले यस गाउँ पालिकाको समग्र कार्य सम्पादनमा प्रत्क्षय तर आंशिक रुपमा प्रभाव पारेको देखिन्छ । अधिकांश सहभागीहरूले कोभिड-१९ लकडाउन उपायहरूले सबै पक्षहरूमा मापन योग्य प्रभाव पारेकोमा कुरामा सहमत भएका छन् । यसअघि शुरुका केहि महिनामा सेवा उपलब्धतमा फितलो भएता पनि सामान्य स्वास्थ्य सेवालाई भने भरपुर उपलब्ध प्रयत्न गरेको पाईयो । पछि स्थानीय स्वास्थ्य संस्थाले PCR Test, खोप सेवा दिन थाले पछि स्थिति सामान्य हुदै गएको स्थानीयहरु बाट बुझिन आएको छ  । विभिन्न विषयहरुमा (खाद्यान्न व्यवस्थापनमा, रोजगारीमा, बजार व्यवस्थापनमा, सार्वजनिक सेवा प्रवाहमा, विकास निर्माणमा, नागरिको आर्थिक गतिविधिमा) कोभिड -१९ ले गाउपालिकामा कस्तो प्रभाव पारेको छ भनी  विश्लेषण गर्दा त्यस्तो प्रभाव आंशिक तथा न्युन रहेको पाईयो । (स्रोतः नौलशेर राई, स्वस्थ शाखा (प्रमुख), फोन: ९८४२८२८५९६, बाराह, लिम्चुङबुङ गाउँपालिका)

 

४.४  सेवा प्रवाहमा कोभिड -१९ को प्रभाव

 

क) सकारात्मक प्रभाव

वडा तथा गाँउपालिकामा जनप्रतिनिधि र कर्मचारीको उपस्थितिले सेवा प्रवाहमा आएको परिवर्तनप्रति जनताको प्रतिक्रिया सकारात्मक पाइयो । सेवा प्रवाहमा कोभिड -१९ को प्रभावलाई न्युनीकरणमा यस गाउपालिकाले चालेका कदमहरु प्रशंसनीय पाईयो । यस प्रकृतिको विश्वव्यापी महामारीसँग जुध्न स्थानीय तहमा आर्थिक, प्राविधिक र जनशक्तिको हिसाबले तयार नभएको भन्दै जन प्रतिनिधि  अध्यक्ष मेयरमेजर कुमार राईले आफ्नो रेडियो कार्यक्रम मार्फत आफ्नो प्रतिक्रिया व्यक्त गरेका थिए  । अध्यक्षले उपलब्ध क्षमता र स्थानीय तहमा भएका स्रोतसाधन सीमित भएको स्वीकार गरेको पाइयो । तथापि  यी सबै सिमितताहरुका बाबजुद गाउँपालिका सफल भएको देखिएको छ । (स्रोतःSambridhhaLimchungbung सम्बृद्धिका लागि भईरहेका प्रयास LRMUdayapur हिमाल खबर, https://youtu.be/rnMasrDnDs)

 

ख) नकारात्मक प्रभाव

खासै महत्त्वपूर्ण प्रभाव अवलोकन नगरिएको र कोभिड -१९ स्थितिलाई धेरै सावधानीपूर्वक ह्यान्डल गरिएको थियो । कोभिड -१९ ले गर्दा आंशिक रुपमा गाँउपालिकाको कार्यक्रममा केही ढिलाई भएको आत्मसाथ गर्दै सुधार गर्दै सेवा सम्बन्धी जानकारी पाईयो । तत्कालका चुनौतीहरूका अतिरिक्त, स्थानीय सरकारहरूले महामारीको व्यापक सामाजिक र आर्थिक असरहरूलाई सहजै सामना गरेको देखिन्छ ।

 

 

 

परिच्छेद ५
समग्र अनुभुति तथा सिकाइ उपलब्धी
(
Overall Impression and Lesson Learned)

५.१ सारांश

स्थानीय सरकार जनताको नजिकमा रहेर  कार्य गर्ने सरकार  हो । यो सरकार नीति निर्माणमा कम र नीति कार्यान्वयनमा ज्यादा सकृय रहन्छ । संघीय तथा प्रदेश सरकारसँग कुनै पनि कार्यमा सहअस्तित्त्व, सहकारिता र समन्वयको आधारमा स्थानीय सरकारले आफ्नो कार्य सम्पादन गर्नु पर्ने हुन्छ । यसले गरेको काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता तथा काम र सेवा प्रवाहमा शीघ्रता अपेक्षा गरिएको हुन्छ । यी कार्यहरु नियमितता र औचित्यताको कसीमा समेत अब्बल हुनु पर्छ ।जनप्रतिनिधि र कर्मचारी बिचमा रहेको सुमधुर सम्बन्ध एवम्  असल राजनीतिक संस्कार र कर्मचारीहरुको लगनशीलता इमान्दारिता र समन्वयकारी भावनाले गाउँपालिकाको  कार्य वातावरण  सेवा प्रवाह मैत्री र  अनुकुल हुने गर्छ ।यस दृष्टिकोणले लिम्चुङबुङ गाउँपालिकालाई औसत भन्दा माथिको गाउँपालिकाको स्तरमा राख्न सकिन्छ । 

दक्ष र प्राविधिक जनशक्तिको अभावमा प्रारम्भिक चरणमा केही प्राविधिक समस्याको सामना गर्नु परे पनि  गाउँपालिकाबाट प्रदान गर्ने हरेक सेवा  प्रवाहलाई क्रमश प्रविधिको प्रयोगबाट थप प्रभावकारी बनाउन गाउँपालिकाले हर सम्भव प्रयास गरेको देखिन्छ । डिजिटल माध्यमबाट राजस्व सङ्कलनको शुरुवात, जिन्सी अभिलेख प्रणालीलाई प्रविधिमा आबद्ध गर्नु तथा  डिजिटल माध्यबाट  व्यक्तिगत घटना दर्ता गर्ने कार्यको शुरूवातले गाउँपालिकाले पछिल्लो समयमा मारेको एउटा गतिलो फड्को  को रुपमा लिन  सकिन्छ । हालसालै मात्र विद्युतीकरण हुदै गरको  यस अवस्थामा प्रविधको प्रयोग गरी पुरै सेवाहरु प्रवाह गर्न निक्कं नै चुनौति पूर्ण देखिन्छ ।  प्रविधिको  प्रयोग गरी प्रवाह गर्न थालिएको सेवा अहिले सन्तोषजनक रहेको छ । लिखित भन्दा यदा कदा आउने गुनसोहरुलाई मौखिक रुप मै राखी छलफलद्वारा समाधान गर्ने प्रवृत्ति देखिएको छ । सुविधासम्पन्न भौतिक संरचनाको अभावमा बालबालिका, अपाङ्ग र वृद्धवृद्धा मैत्री  कार्यालयलयको अभाव देखिएकोले आगामी बन्ने संरचनामा यस कुरालाई महत्व दिनु पर्ने देखिएको छ ।

गत वर्षको गाउँपालिकाको बेरुजुको अङ्क  (असुल उपर गर्नुपर्ने, पेश्की र नियमित गर्नु पर्ने बेरुजुको अंश) समेत विचार गर्दा गाउँपालिकाले आर्थिककारोबारमा थप साबधानी र सतर्कता अपनाउनु पर्ने देदिएको छ ।  आन्तरिक नियन्त्रण प्रणालीलाई  सुदृढ गर्नु पर्ने देखिन्छ ।  कोभिडको कारण सिर्जित समस्याबाट सन्तोषजनक नतिजासहित गाउँपालिका उम्किएको छ । गाउँपालिकाले केही आवश्यक ऐन, नियमावली तथा कार्यविधिहरु निर्माण गरिएको छ । व्यवस्थापिकीय गतिविधिहरु एउटा गाउँपालिकाको लागि सन्तोषजनक नै देखिन्छ ।न्यायिक समितिमार्फत गरिएका कार्यहरु सन्तोष जनक देखिन्छन् ।   

५.२ समग्र अनुभूति

प्रविधिको प्रयोग गरेर नै सही त्यति दुर दराजमा रहेको गाउँपालिकाको सम्बन्धमा एउटा अध्ययन गरी प्रतिवेदन तयार गर्ने कार्य हाम्रो समूहको लागि शुरुमा एउटा जिज्ञासाको रुपमा मात्र थियो । के कर्ने? कसो गर्ने ? तथ्याङ्क र सूचनाको विश्वसनीयता होला नहोला ?  टेलिफोन र इमेलमा अनुरोध गरेको भरमा सूचनाहरु पाइएला नपाइएला भन्ने धेरै प्रश्नहरु अनुत्तरित थिए । हामीले कार्य प्रारम्भ गरेदेखि नै ती प्रश्नहरु सहज हुदै गए । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, स्वास्थ्य शाखा प्रमुख, विद्यालयका शिक्षकहरु लगायत सबैले हामीलाई समय भित्रै सकारात्मक रेस्पोन्स गरी आवश्यक तथ्याङ्क तथा सुचना प्रदान गर्नुभयो । यसका साथै गाउँपालिकाको वेभ साइट, विभन्न युट्युब च्यानल हरुमा उपलब्ध गाउँपालिकाको गतिविधि समेटिएको सूचना समेत हाम्रो लागि सहयोगी बन्यो । प्रतिवेदन तयार भैसक्दा यो एउ महत्वपूर्ण दस्तावेजको रुपम रहने अपेक्षा सहित यो पेश गर्न पाउँदा खुसी लागेको छ ।

लिम्चुङबुङ गाउँपालिकाको आफ्नै भवन  नभए पनि पुरानो गा.वि.स. भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।हालै मात्र मुख्य प्रशासकीय भवन भन्दै गरेको अवस्था छ । मानवीय र भौतिक स्रोत साधनको समेत सिमीतता रहेको विकट स्थानमा रहेको पालिका र पहुँचको लागि पनि  सडकको त्यति राम्रो अवस्था नभएको अवस्थालाई चिर्दै गाउँपालिकाले हर सम्भव प्रयास गरी स्थानीय तहको प्रशासनिक, विकासत्मक र अन्य गतिविधिरु सञ्चालन गर्दै आएको छ । जिल्ला सदरमुकाम र प्रदेश राजधानीसँग जोड्ने एउटा राम्रो सडकको अभावमा यहाँका जनता, जनप्रतिनिधि र कर्मचारी सबैले सास्ती खेप्नु परिरहेको अवस्था छ । यी अफ्टारा हुदा हुदै पनि जनप्रतिनिधि र कर्मचारीहरु आफ्नो प्रयासमा दत्त चित्त भई लागि रहेको पाइएकोले यस गाउँपालिकाको भविश्य सुन्दर हुने अपेक्षा गर्न सकिन्छ । एकातिर कृषिमा आधुनिकीकरण गरी व्यवसायिकता र रोजगारी अभिवृद्धि गर्न सकिने र अर्को तिर सडक र पर्यटकीय पुर्वाधारको माध्यमबाट हलेसी र गाईघाटको ट्रान्जिटको रुपमा गाउँपालिकालाई स्थापित गर्न सकिने भएकोले यस गाउँपालिकासँग प्रशस्त सम्भावना भएको अनुभुति गर्न सकिन्छ । गाउँपालिकाका समग्र गतिविधिलाई अझै केही कतै सुधार गर्न सकिने ठाउँहरु छन् । ती सुधारहरु समेत गर्दै अहिले चालेका कदमहरुको निरन्तरता दिन सके  लम्चुङबुङ गाँउपालिका देशकै एक समृद्ध र नमूना गाउँपालिका बन्न सक्ने देखिन्छ ।     

५.३ सिकाईहरु

·        जनताको नजिकमा रहेर जनप्रतिनिधी एवं कर्मचारीहरुले जनचाहना अनुसार सेवा प्रवाह गरेमा सार्जजनिक प्रशासन, राजनीति र जनताका बिचमा मजबुत र सौहार्द्धपूर्ण वातावरण सिर्जना भई विकासात्मक गतिविधि संचालन गर्न सहज हुने देखियो ।

·        जनताका मागमा आधारित भई राजनितीले नीति तथा कानून निर्माण तथा कर्मचारीले प्रभावकारी कार्यान्वयन गरेमा जनतामा सार्वजनिक सेवा प्रति सन्तुष्टि बृद्धि भई जिवनस्तरमा समेत सुधार हुने देखियो ।

·        भौगोलिक विकटताले गाँजेको स्थान विशेषलाई पनि कृषि, पर्यटन, जडिबुटी जस्ता माध्यमबाट स्वरोजगारका अवसर सिर्जना गरी आयस्तरमा बृद्धि गर्न सकिने अवस्था देखियो ।

·        संघीय, प्रादेशिक र स्थानीय तहले विकासात्मक गतिविधिहरु संचालन गर्दा समन्वय सहकार्य र सहअस्तित्वको भावनाका साथ संचालन गरेमा मात्र समग्रमा समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार हुने भन्ने बुझाई रह्यो ।

·        आफ्नो राजनीति, सिद्धान्त र अपेक्षालाई पर राखेर विपदको अवस्थामा सामूहिक सामाना भन्ने भावनाका साथ सम्बद्ध सबै पक्षको सहकार्य, साझेदारी र समन्वयमूलक तवरले कार्य गरेमा जस्तो सुकै विपदको पनि व्यवस्थापनमा सहज हुने भन्ने सिकाई रह्यो ।

·        नागरिकका आवश्यकताहरु असिमित रहेका र सरकारसँग जनताका अपेक्षाहरु धेरै रहेको सन्दर्भमा स्थानीय तहले आफ्नो सामर्थ्य, क्षमता, स्रोत साधनको अवस्था लगायतका विषयमा छलफल गर्दै पारदर्शी तवरले उपलब्ध स्रोत साधनको नियमसंगत तवरले उपयोग गरेमा जनताले साथ दिने कुरामा विश्वस्त हुन सकियो ।

५.४ सुझावहरु

लिम्चुङबुङ गाउँपालिकाको समग्र पक्षको अध्ययन पश्चात देहाय अनुसारका सुधारहरु भएको खण्डमा समृद्ध लिम्चुङबुङको सपना साकार हुने देखिन्छ:

 

क)    जनप्रतिनिधी तर्फ:

Ø  गाउँपालिकाको विकासका लागि प्रयाप्त समय दिनुपर्ने ।

Ø  जनताबाट प्राप्त सल्लाह सुझावलाई मनन गरि व्यवहारमा लागू गर्नुपर्ने ।

Ø  निरन्तर रुपमा संघीय, प्रादेशिक सरकार र अन्य पालिकाहरुसँग पनि समन्वय सहकार्य गर्नुपर्ने ।

Ø  जनताका आवश्यकतालाई एकिकृत गरी प्राथमिकता निर्धारण गरी कार्यान्वयनमा लैजानुपर्ने ।

Ø  एकल र साझा अधिकार सुची अनुसारका विषयमा आवश्यक कानून निर्माणलाई प्राथमिकतामा राख्दै आवश्यक निर्णय, कार्यविधि निर्माणमा अग्रसरता दिनुपर्ने ।

Ø  चालू आयोजनाहरुको निरन्तर अनुगमन तथा मूल्यांकन गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने र यसमा स्थानीय नागरिक, नागरिक समाज आदिलाई समेत समावेश गर्नुपर्ने ।

Ø   

ख)    कर्मचारीहरु तर्फ:

Ø  नागरिक वडापत्रको पालाना गर्नुपर्ने र कार्यालयमा ई-गभरनेन्स प्रणालीलाई थप प्रभावकारी बनाई सेवा प्रवाहमा थप सहजता ल्यार्नुपर्ने ।

Ø  प्रचलित कानून, नियम, मापदण्डको पालनामा कुनै पनि कसर बाँकी नराख्ने र आवश्यक परेमा सो विषयमा जनप्रतिनिधी एवं सरोकारवाला निकायसँग संवाद छलफल गर्नुपर्ने ।

Ø  कार्यालयबाट भए गरेका काम कारबाही, अवस्था सम्बन्धमा नियमानुसार प्रवाह गर्नुपर्ने सूचना प्रवाह गरि राख्ने र सूचना अधिकारीको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने ।

Ø  कर्मचारी पदपूर्तिका लागि पहल गर्नुपर्ने र भएका जनशक्तिको क्षमता विकासका लागि तालिम संचालन गर्नुपर्ने ।

Ø  कृषि र पर्यटनका क्षेत्रमा प्रचुर संभावना रहेकोले सो सम्बन्धमा विषय विज्ञहरुको व्यवस्थापन गरी तालिम प्रदान गर्ने र यस क्षेत्रमा लगानी भित्रयाउनका लागि सरोकारवालासँग छलफल (लिम्चुङबुङ पर्यटनका लागि लगानी सम्मेलनसमेत गर्न सकिने) गरी लगानी मैत्री वातावरण सिर्जना गर्नुपर्ने ।

Ø  सेवाग्राहीहरुबाट प्राप्त सुझाव, पृष्ठपोषणलाई कार्यान्यनमा लैजान सम्भव भएसम्म लैजानुपर्ने ।

 

ग)     लिम्चुङबुङवासी तर्फ:

Ø  गाउँपालिकाबाट संचालित आयोजनाहरुको निरन्तर रुपमा अनुगमन गरी आवश्यकता अनुसार खबरदारी गर्नुपर्ने ।

Ø  सार्वजनिक सेवा प्राप्ति र सूचनाको प्राप्तिमा अग्रसरता देखाउनुपर्ने साथै गाउँपालिकाबाट माग गरिएको सहयोगको अनुरोधमा सक्रियता पुर्वक भाग लिनुपर्ने ।

Ø  म र मेरो घरलाई आवश्यक पर्ने योजना भन्दा हामी र हाम्रोलाई आवश्यक पर्ने योजनाहरु माग गर्ने बानीको विकास गर्नुपर्ने ।

Ø  विपद्को सामना गर्दा स्थानीय तहलाई सहयोग गर्ने र स्थानीय तहबाट विभिन्न समयमा प्राप्त निर्देशन, सूचनाहरुको पालना गर्न र गराउन सहयोग गर्नुपर्ने ।

Ø  सरसफाईको विषयमा ख्याल गर्ने, वातावरण मैत्री कार्यहरु संचालन गरी दिगो विकासमा स्थानीय तहलाई साथ दिनुपर्ने ।

Ø  उद्यमशिल भएमा समग्र विकास सम्भव छ भन्ने भावना विकास गरी अरुको अनुदान प्राप्त गर्ने मात्र नभई स्व-व्यवसाय गरी आवश्कता परेमा मात्र अनुदान माग गर्ने वानीको विकास गर्नुपर्ने ।

 

घ)     अन्य सरोकारवालाहरु (संघीय र प्रादेशिक सरकारसमेत) तर्फ:

Ø  गाउँपालिकामा आवश्यक कर्मचारी व्यवस्थापनमा र भएका कर्मचारीहरुको क्षमता विकासमा आवश्यक सहयोग गरी सहजीकरण गरिदिनुपर्ने ।

Ø  साझा तथा एकल अधिकार सुचिका विषयमा आवश्यक कानून समयमै निर्माण गरी कार्यान्वयनमा लैजान सहयोग गर्नुपर्ने ।

Ø  संघीयताको मुल मर्म समन्वय, सहकारिता र सह-अस्तित्वलाई सबैले आत्मसाथ गरी विकासका गतिविधि संचालन एवं सार्वजनिक सेवा प्रवाह गर्नमा सहजीकरण गर्नुपर्ने ।

Ø  गाउँपालिकाका समग्र गतिविधीहरुमा आवश्यकता अनुसार सक्रिय सहभागिता जनाई रचनात्मक सल्लाह सुझाव दिनुपर्ने र संचालित आयोजनाहरुको निरन्तर अनुगमन गरी आवश्यक भएमा सल्लाह सुझाव दिनुपर्ने ।

Ø  आफ्नो जिम्मामा रहेका आयोजनाहरु समयमै तोकिएको मापदण्डहरु पालना गर्दै सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने ।

Ø  गाउँपालिकामा रहेका गलत संस्कारलाई हटाउन र राम्रा संस्कारको जगेर्ना गर्न नागरिकहरुलाई सूसुचित गर्ने तथा नागरिकलाई सार्वजनिक सेवा प्राप्तिमा निस्वार्थ तवरमा सहयोग गर्नुपर्ने ।


 

सन्दर्भ सामग्रीहरू

१. नेपालको संविधान

२. स्थानीय सरकार संचालन ऐन २०७४

३. http://www.sunkoshimunudayapur.gov.np

४. https://www.youtube.com/watch?v=eENIyOThY,  पुर्णपुष्टि संवाद

५. https://www.youtube.com/watch?v=Q-mO७५SaFk,  हिमाल एफ एम. ९०.२ Mhz. रेडियो कार्यक्रम, समृद्ध लिम्चुङबुङ

६. https://www.youtube.com/watch?v=vzGEijtvE, लिम्चुङबुङबाट देखिने हिमाल हेरौं भिडियोमा ।

७. https://www.youtube.com/watch?v=zeFUGdEhFY, किन बनाइयो सुनकोशीलाई लिम्चुङ्बुङ ?

८. लिम्चुङबुङ गाउँपालिकाको नीति तथा कार्यक्रम २०७८/७९

९. https://nagariknews.nagariknetwork.com/health/६५५०७१-१६३५३९७५६९.html?click_from=category तथा नागरिक न्युजका  विभिन्न  Online  का सम्बन्धित लेख/ समाचारहरु

१०. https:// cbs.gov.np/wp-content/upLoads/2018/12/Local- Level-Profile-Udayapur-2074.pdf/pp

 

 


 

अनुसुची १

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट संचालित तालिम (PCMD) कार्यक्रममा भर्चुअल माध्यमबाट लिम्चुङबुङ गाउँपालिका, उदयपुरको अध्ययन प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि तयार पारिएको प्रश्नावली

उत्तरदाताको नाम:                          पद:                        उमेर:

ठेगाना:                                                             मोबाइल नं.:                 सर्वेक्षणको मिति:                                                                                                                                                                                     

प्रस्तुत प्रश्नावलीहरु समग्र रुपमा तयार पारिएकाले आ-आफ्नो विषय वा क्षेत्र वा आफुलाई जानकारी भएको विषयमा जवाफ उल्लेख गरि दिनुहुन अनुरोध छ । प्राप्त उत्तरहरु नितान्त रुपमा अध्ययन प्रतिवेदन कार्यमा मात्र सिमित राखिने भएकाले गोपनियता कायम रहने सवालमा अध्ययन टोलीले विश्वसनियता दिलाउन चाहन्छ ।

सर्वेक्षणका प्रश्नहरु (उत्तर प्रश्नको छेउमा उल्लेख गरि दिनुहुन)

. Nature of services (Briefly explain the nature of services provided by LG)

३.१ सेवा प्रवाहको प्रकृति:

)  नेपालको संविधान २०७२ को अनुसूचि ८ र ९ बमोजिमका कार्यहरु गरिएको छ वा छैन ?

२)स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ बमोजिमका कार्यहरु गरिएको छ वा छैन ?

३) गाउँपालिका (वडा कार्यालय/मातहतका कार्यालयहरुसमेत)वाट मुलत कस्तो प्रकारका सेवाहरु प्रवाह हुँदै आएका छन्  ?(मुख्य मुख्य ३/३ वटा उल्लेख गरि दिनुहुन)

विकासात्मक ……………………………………………………………………………………………………

नियमनात्मक ………………………………………………………………………………………………………

प्रवद्धनात्मक ………………………………………………………………………………………………………

संरक्षणात्मक ………………………………………………………………………………………………………

सिफारिस सम्बन्धी  ……………………………………………………………………………………

न्यायिक ……………………………………………………………………………………………………

अन्य ………………………………………………………………………………………………………

 

. Citizens' Access and Convenience in Receiving Service (Briefly explain the citizens' access and convenience to obtain services) Professional Course on Management and Development

३.२ सेवा प्राप्तिमा नागरिकको पहुँच र सहजता:

१) वडास्तरसम्म नै नागरिक वडापत्र प्रयोगमा ल्याईको छ वा छैन ?

२) कार्यालयमा विभिन्न शाखाहरु स्थापना गरी सेवा प्रवाह गर्ने गरिएको छ वा छैन ?

३) योजना छनौट, संचालन, अनुगमनमा स्थानीय सहभागिताका लागि अवसर प्रदान गरिएको छ वा छैन ?

४) अनलाईन प्रणाली, टोकन प्रणाली जस्ता प्रविधिहरु अपनाइएको छ वा छैन ?

५) घुम्ती टोली, घरदैलो सेवा जस्ता कार्यहरु गरेर सेवाहरु गरिएको छ वा छैन ?

 

 

. Timely Delivery of Public Service (Briefly explain the condition of timely delivery of services)

३.३ सेवा प्रवाहमा समयको पालना:

१) नागरिक वडापत्रमा उल्लेख भए अनुसारको समयावधि भित्रमा सेवा प्रवाह भएको छ वा छैन ?

२) आ.व. २०७७/७८ मा तोकिएको समय भित्रै सम्पन्न भएका योजनाहरुको संख्या कति रहेको छ ? सोही आ.व.मा कुल योजनामध्येमा कति प्रतिशत योजनाहरु तोकिएको समय भित्रै सम्पन्न भएको छ ?

३) नियमित रुपमा तोकिएको अवधि भित्रमा नै गाउँ सभा वसेको वा नबसेको ?

४) गाउँपालिका वा अन्तर्गतबाट प्रवाह हुने सार्वजनिक सेवा मध्येमा सबैभन्दा छिटो अवधिमा प्रवाह हुने सेवा कुन हो र सामान्यतया कति समय लाग्दछ ?

५) गाउँपालिका वा अन्तर्गतबाट प्रवाह हुने सार्वजनिक सेवा मध्येमा अधिकाँश सेवाहरु कति समय वा अवधिमा उपलब्ध गराइने गरेको छ ?

 

. Integrity, Accountability and Responsiveness in Providing Services (Briefly explain the strategies adopted by LG to ensure Integrity, Accountability, and Responsiveness in delivery of services)

३.४ सेवा प्रवाहमा सत्य निष्ठता, उत्तरदायित्व र जवाफदेहिता:

      १) आम्दानी र खर्च सार्वजनिक गर्ने गरिएको छ वा छैन ?

२) गाउँपालिकाको website अद्यावधिक गरी सूचनाहरु पूर्णरुपमा राखिएको छ वा छैन ?

३)गुनासो सुन्ने संयन्त्रको व्यवस्था, प्रवत्ता, सूचना अधिकारी तोकिएको छ वा छैन ?

४) सार्वजनिक सुनुवाई, बार्षिक रुपमा सार्वजनिक परिक्षण, नागरिक सेवाग्राही सन्तुष्टी सर्वेक्षण गरे वा नगरेको र गरेमा प्राप्त सुझाव अनुसार सुधारको कार्ययोजना लागू गरिएको छ वा छैन ?

५) सेवाग्राहीसँगबाट अनुचित लाभ लिने गरेको छ वा छैन ?

६) बैङ्गिक प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण भएकोछ वा छैन ?

७) लेखा व्यवस्थापनमा तोकिएको प्रणाली लागू भएको छ वा छैन ?

८) अनुगमन स्वीकृत भएपछि मात्र भुक्तानी गर्ने परिपाटी छ वा छैन ?

९) सार्वजनिक खरिद ऐन र नियमावली, आर्थिक कार्यविधि जस्ता कानूनको पालना भएको छ वा छैन ?

१०) कर्मचारीहरुले निजामती सेवा ऐन र नियमावली अनुसारको अनुशासन, समय पालना, आचरणको पालना जस्ता कार्यहरु पालना गरेको अवस्था छ वा छैन ?

 

 

. Difficulties in Providing Services (Briefly explain the difficulties faced in providing quality service)

३.५ गुणस्तरीय सेवाप्रवाहका कठिनाईहरु:

      १) विजुली, इन्टरनेट सुविधाको प्रयाप्तता छ वा छैन ?

       २) स्थानीय तहमा बैङ्गिक सुविधा पुगेको छ वा छैन ?

       ३) कर्मचारीहरु दरबन्दी अनुसार पूर्ण रहेको छ वा छैन ?

       ४) कर्मचारीहरुमा सूचना प्रविधिको प्रयोग गर्ने क्षमता छ वा छैन ?

५) सेवाग्राहीहरुमा सूचना प्रविधिको प्रयोग गर्ने क्षमता न्यून, मध्यम वा उत्कृष्ठ रहेको ?

६) गुणस्तरीय सेवाप्रवाहमा देखिएका समस्या एवं कठिनाईहरुलाई उल्लेख गर्नुहोस्:

                                         i.               ............................

                                       ii.               ............................

                                     iii.               ............................

                                      iv.               ............................

                                        v.               ............................

 

 

. Presence and Influence of Intermediaries (Briefly explain the presence and

Influence of intermediaries in service delivery)

३.६ सार्वजनिक सेवा प्रवाहमा विचौलियाको संलग्नता(सेवा प्रवाहमा मध्यस्थकर्ताहरुको भुमिका)

१. त्यस गाँउपालिकामा सार्वजनिक सेवा प्रवाहमा विचौलियाको संलग्नता हुने गरेको छ कि छैन?

 

 

 

 

२. नागरिकलाई सेवा प्रवाह गर्ने सम्बन्धमा वा कुनै द्धिविधा भएमा प्रकृयाको सरलीकरण गर्न परेमा वा कागजातहरु जुटाउन परेमाजनप्रतिनिधीहरु र कर्मचारीहरुले सेवाग्राहिलाई सहजिकरण गर्ने गरेका छन कि छैनन्?

 

 

 

३. नागरिकलाई सेवा प्रवाह गर्ने सम्बन्धमा विचौलियाको संलग्नताले पारेका सकारात्मक र नकारत्मक प्रभावहरु के-के हुन्?

 

 

 

 

. Citizens and Service Provider Relations (Briefly explain the citizens and service Provider relation)

३.७ नागरिक र सेवा प्रदायकबीचको सम्वन्ध

 

१.     गाउपालिकाबाट प्रबाह हुने सेवाहरु सेवाग्राहीलेघरदैलोबाटै प्रप्त गर्न सकेको छ कि छैन?

 

२.     जनप्रतिनिधिहरु, प्रशासकहरु र सेवाग्राहीहरुको समबन्ध कस्तो रहेको छ?

 

 

३.     वार्षिक कार्यक्रमहरु बनाउदा जनसहभागितालाई प्रश्रय दिने गरेको छ कि छैन?

 

 

 

४.     सावजनिक महत्वका विषयमा सार्वजनिक सुनुवाई हुने गरेको छ कि छैन?

 

 

५.     गाउँपालिकाबाट प्रबाह हुने सेवाहरु प्रवाह गर्दा सवैलाई समान व्यवहारगर्ने, नम्र शिष्ट व्यवहार गर्ने गर्ने गरेको छ कि छैन?

 

. Citizen's Expectation and Trust (Briefly explain the aspirations and trust of citizens in service delivered by LG)

 

३.८ नागरिकको अपेक्षा र विश्वास

१. स्थानिय सरकार प्रति नागरिकको अपेक्षा कस्तो रहेको छ?

२. स्थानिय बेरोजगारलेआफ्नो क्षमता अनसुारको रोजगार पाएका छन् कि छैनन् ?

३. बिकास निर्माणका काममा जनतालाई अझ बढी सहभागि बनाउने बारे के योजना रहेको छ?

४. कोरोना महामारि, प्राकृतिक प्रकोप जस्ता विपदका बेला गाँउपालिका नागरिकको जिम्मा लिन सरकार सक्षम छ त?

 

 

. Citizen-Centric Public Service (Briefly explain the practices and strategies adopted by LG to ensure citizen-centric service delivery)

.९नागरिक केन्द्रित सार्वजनिक सेवा

१. गाँउपालिका बाट प्रदान गरिने सेवा नागरिक केन्द्रित बनाउन के-के गरिएको छ?

२. सामाजिक संजाल, नागरिक वडापत्र, वेवसाईटको प्रयोग गरी सेवालाई सहजिकरण गरिएको छ कि छैन?

 

 

३. लक्षित समुदायका कार्यक्रमहरुका लागि लक्षित समुदायमा गएर जानकारी गराउने गरिएको छ कि छैन?

 

 

४. बिकासका कार्यक्रमहरुमा स्थानीय जनताहरुको सहभागितालाई कसरी सुनिश्चित गरिएको छ?

 

.१० Citizens' Satisfaction (Briefly explain the overall situation of citizen satisfaction with service delivery)

३.१० नागरिक सन्तुष्टि

 

१.     सेवाग्राहीप्रतिकर्मचारीहरुको ब्यबहार कास्तो छ? सेवाग्राहीसन्तुष्टि मापन गर्ने कुनै सूचकको व्यवस्था गरिएको छ कि छैन?

 

२.     नागरिकको नजिकको सरकारको रुपमा सेवाग्राहीमा स्थापित हुन सकेको छ कि छैन?

 

 

३.     जनप्रतिनिधी हुनु अघिको समयमा भन्दा हाल बिकासका क्रियाकलापहरुमा बृद्धि भएको छ कि छैन?

 

४.     वडा तथा पालिकामा जनप्रतिनिधी र कर्मचारिको उपश्थितिले सेवा प्रवाहमा आएको परिवर्तन र त्यसप्रतिको जनताको सन्तुष्टि कस्तो छ?


 

अनसुची २

लिम्चुङबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, प्रदेश नं १, उदयपुर,  कोभिड-१९ माहामारी र व्यवस्थापन समबन्धी अध्ययन प्रश्नावली फारम

गाँउपालिकाले कोभिड-१९ को व्यवस्थापन लागि गरेका कार्यहरुको विवरण

खण्ड ()

(क)  कोभिड-१९ को अवस्था (Data)

o   Active case

o   Recovered Cases

o   Death cases

कोभिड -१९ को व्यवस्थापनका लागि स्थानीय तहमा भएका कार्यहरु

(ख)  यस गाँउपालिकाले कोभिड -१९ को व्यवस्थापन समबन्धी देहाय बमोजिमका कार्यहरु गराईएको पाइयो

·        स्वास्थ्य सम्बन्धिर स्रोत व्यवस्थापनसम्बन्धि

·        सचेतना अभिवृधि कार्य तथा सुरक्षा उपाय अवलम्बन सम्बन्धमा

·        PCRजाँचसम्बन्धितथा क्वारेन्टाइन व्यवस्थापन सम्बन्धमा

अन्तर-सरकारी समन्वय

सरोकारवाला बीच समन्वय

(ग)    कोभि -१९ व्यवस्थापनका उत्तम अभ्यासहरु

(घ)    कार्य सम्पादनमा कोभि -१९ ले पारेको प्रभाव (Impact of COVID १९ on Work Performance)

(ङ)    सेवा प्रवाहमा कोभि -१९ को प्रभाव (Critical issues faced by Local Government in the delivery of services before and During COVID १९)

सकारात्मक प्रभाव

 

नकारात्मक प्रभाव


 

खण्ड (ख)

सि न

विवरण

कैफियत

गाउँपालिकामाकोभि -१९ को प्रभावबाट प्रभावित जनसंङ्खयाको तथ्याङ्गक / प्रति ( िला पुरुष, बच्चा/यवुा/बद्धृ अथवामेरमुका आधारमा)

 

महिला ७९

पुरुष ८९ म्मा १६८

हालसम्म संक्रमित को कुलसंख्या

हाल सम्म मृत्यु भएका संख्या

१ पुरुष

हाल सम्म PCRभएका संख्या

१२

Isolation को संख्या

Isolationमा बसेकाको कुलसंख्या

१६८

हाल Isolation रहेकाको संख्या

कोभि -१९ विरुद्ध खोप लगाएका कुलसंख्या

 

(िला/ पुरुष, बच्चा/यवुा/बद्धृ अथवामेरमुका आधारमा)

 

५००० लगभग ११ बर्ष भन्दा माथिका सबै

क्वारेन्टाइन व्यवस्थापनका लागि गरिएका प्रमुखकार्य/कदमहरु

§  स्थानिय सरकार, जिल्ला समन्वय र जिल्ला स्वास्थय कार्यालय संग समन्वय गरि Isolation सञ्चालन बारे छलफल गरेको ।

§  Isolation केन्द्र सञ्चालनगरेको ।

§  Isolation केन्द्र समिति गठन गरेको ।

 

१०

कोभिड -१९ को व्यवस्थापन सम्बन्धी संघ र प्रदेश का निकायहरु संग समन्वय र सहकार्यहरु/ भएका कामहरु

·        Isolation केन्द्र सञ्चालन गरेको ।

·        Isolationकेन्द्र समिति गठन गरेको ।

·        Isolationमा नै बिरामीहरुलाई खानाको व्यबस्था गरेको ।

·        Oxygen cylinder, Thermometer, Nebulizerलगायतका आवश्यक सामाग्री खरिद गरेको ।

११

कोभिड -१९को महामारी ले गाउपालिका को कार्यसम्पादन र सेवा प्रवाहमा पारेको प्रभाव

कोरोना महामारी नियन्त्रणको  लागि बजेट विनियोजन गरेको ।

१२

निम्न विषयहरुमा गाउपालिकामा कस्तो प्रभाव पारेको छ?

o   खाद्यान्न व्यवस्थापनमा

o   रोजगारीमा

o   बजार व्यवस्थापनमा

o   सार्वजनिक सेवा प्रबाहमा

o   विकास निर्माणमा

o   नागरिको आर्थिक गतिविधिमा

आंशिक तथा न्युन

१३

 

महामारिव्यवस्थापनको लागी र्थिक स्रोत को व्यवस्थापन कसरी भएको छ ?

 

उपलब्ध आर्थिक स्रोयस किसिमको महामारिव्यवस्थापनका लागिर्याप्त?

.  संघीय सरकारबाट

२. प्रदेशा सरकारबाट

३. निजी संस्थाहरुबाट

४. नेपाली गैरसरकारी संस्थाबाट

५. NGO/INGO बाट

६. गाउपालिका को आपतकालीन कोषबाट

७. अन्य स्रोतबाट

 

१४

महामारी व्यवस्थापनको लागी स्थानीय र प्रदेश सरकारसँग कस्तो समन्वय भएको छ ?

राम्रो रहेको

१५

कोभिड -१९महामारी व्यवस्थापनको लागि गरिएको उत्कृष्ट कदमी पहलहरु

कोरोना परिक्षण घरघरमा गएर जांच गरेको ।

कोरोना पोजिटिभ बिरामीहरुलाई Isolation केन्द्रमा नै भर्ना गरि उपचार तथा खानाको व्यबस्था गरेको ।

 


 

अनुसुची ३

केही  भर्चुअल छलफलका तस्बीरहरु

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका  तालिम कार्यक्रम संयोजकसँग समुह छलफल गरिदै ।

लिम्चुङबुङ गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृतसँग समुह छलफल गरिदै ।

 

Friday, December 10, 2021

मुद्रा स्फिति परिचयः कृष्ण गिरी

 वस्तु तथा सेवाको मूल्यमा हुने वृद्धिलाई मूल्यवृद्धि भनिन्छ । तर, ‘मुद्रास्फीति’ भने जीवनमा सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा वृद्धि भएको र यस्तो वृद्धि निरन्तर भएको अवस्था हो । अर्थात्, केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । किनकि, मुद्रास्फीतिका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । अर्थात् केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।

बजारमा मुद्राको परिमाणमा वृद्धि भएपछि सँगसँगै वस्तु तथा सेवाको उत्पादन वा आपूर्ति बढेन भने मुद्राको क्रयशक्ति कम हुन्छ र यही अवस्थालाई मुद्रास्फीति भनिन्छ । अर्को अर्थमा वस्तुको मूल्य बढ्नु र पैसाको मूल्य (क्रयशक्ति) घट्नु नै मुद्रास्फीति हो । यस्तो अवस्थामा वस्तु महँगो पर्ने भएकाले थोरै सामानका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने अवस्था सृजना हुन्छ । मुद्रास्फीतिको अवस्था त्यतिबेला मात्र सृजना हुन्छ, जतिबेला उत्पादनको तुलनामा मौद्रिक आम्दानी (प्रवाह) वृद्धिदर बढी हुन्छ ।

सामान्यतया मुद्राको परिमाणमा वृद्धिले मात्र मुद्रास्फीतिको अवस्था नआउन सक्छ । यसको अर्थ मुद्राको परिमाणमा वृद्धिबाहेक अन्य विभिन्न कारणले पनि मुद्रास्फीति हुन सक्छ । जुन अनुपातमा मूल्यस्तर वृद्धि हुन्छ सोही वा सोभन्दा धेरै अनुपातमा उत्पादनमा वृद्धि हुन्छ भने त्यस्तो अवस्थामा मुद्रास्फीति नहुन सक्छ ।

मुद्रास्फीतिका चरण
मुद्रास्फीतिलाई सामान्यतया चार चरणमा विभाजन गर्ने चलन छ ।

क)    क्रिपिङ इन्फ्लेशन (मन्द मुद्रास्फीति) : वार्षिक मूल्यवृद्धि दर ३ प्रतिशतभन्दा कम भएको अवस्थालाई क्रिपिङ इन्फ्लेशन भनिन्छ । आर्थिक वृद्धिका लागि यत्तिको इन्फ्लेशन आवश्यक मानिन्छ । यत्तिको मुद्रास्फीति उत्पादकहरूलाई उत्पादन कार्य चलाइरहन प्रेरक हुन्छ ।

ख)    वाकिङ इन्फ्लेशन (बढ्दो मुद्रास्फीति) : न्यूनतम ३ प्रतिशतदेखि ७ प्रतिशतसम्म मूल्यवृद्धि भएको अवस्थालाई वाकिङ इन्फ्लेशन भनिन्छ । केही अर्थशास्त्रीहरूले ९ प्रतिशतसम्मको मूल्यवृद्धिलाई पनि यसै चरणभित्र समावेश गर्छन् । यो पनि त्यत्ति आत्तिइहाल्नुपर्ने अवस्था होइन । यसले पनि उत्पादकहरूलाई प्रेरणा दिने भूमिका खेल्छ ।  

ग)    रनिङ इन्फ्लेशन (दौडँदो मुद्रास्फीति) : सामान्यतया १० प्रतिशतदेखि २० प्रतिशतसम्मको मूल्यवृद्धिलाई रनिङ इन्फ्लेशन भनिन्छ । यस्तो प्रकारको इन्फ्लेशन आर्थिक विकासका लागि खतरनाक मानिन्छ । यस्तो अवस्थामा कामदारहरूले ज्याला बढाउन निकै कडा दबाब दिन्छन् । र, उत्पादन लागत व्यवस्थापन गर्न गाह्रो हुन्छ । यो अवस्था नियन्त्रणका लागि बलियो मौद्रिक र वित्तीय नीति आवश्यक पर्छ ।

घ)    हाईपर/ग्यालोपिङ इन्फ्लेशन (अनियन्त्रित मुद्रास्फीति) : यो मूल्यवृद्धिको सबैभन्दा उच्चतम अवस्था हो । २० प्रतिशतभन्दा धेरैले मूल्य बढेको अवस्थालाई हाईपर/ग्यालोपिङ इन्फ्लेशन भनिन्छ । यो अवस्था अर्थतन्त्रका लागि निकै डरलाग्दो हुन्छ । यो अवस्थालाई सामान्यतया खतरनाक र सामान्य मौद्रिक तथा वित्तीय नीतिबाट नियन्त्रण हुन नसक्ने अवस्था पनि मानिन्छ । यसलाई नियन्त्रण गर्न समग्र अर्थतन्त्रकै व्यापक पुनर्संरचना गर्नुपर्छ । यस्तो अवस्थामा केही देशले पुरानो मुद्रालाई नै परित्याग गरेर नयाँ मुद्रा जारी गर्नेसम्म गरेका छन् ।

मुद्रास्फीतिका कारण
माग प्रेरित मुद्रास्फीति (मौद्रिक आम्दानीमा वृद्धि) : मौद्रिक आम्दानीमा वृद्धि हुँदा वस्तु तथा सेवाको माग बढ्न जान्छ । तर, सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ । माग बढेका कारण यस्तो भएकाले त्यसलाई माग प्रेरित मुद्रास्फीति भनिन्छ । सामान्य अवस्थामा निम्न कारणले यो अवस्था सृजना हुन्छ ।

क)    केन्द्रीय बैङ्कले जारी गरेको प्रारम्भिक मुद्रा तथा बैङ्कहरूले सृजना गरेको शाख मुद्राको आपूर्तिमा वृद्धि ।

ख)    घाटाको सरकारी वित्त व्यवस्था

ग)    जनसङ्ख्या वृद्धि

घ)    कर कटौती

ङ)    वैदेशिक ऋण, लगानी, सहायता र विषेषण आयमा उच्च वृद्धि (यसबाट माथि ‘क’मा दिएको अवस्था सृजना हुन्छ)

लागत वृद्धि मुद्रास्फीति (उत्पादन लागतमा वृद्धि)  
उत्पादन लागत बढेका कारण वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । मूल्य बढेका कारण माग केही घटेपछि माग र आपूर्तिबीचमा असन्तुलनका कारण मूल्यवृद्धि सृजना भएमा त्यसलाई लागत वृद्धि मुद्रास्फीति भनिन्छ । सामान्यतया निम्न कारणले यो अवस्था सृजना हुन्छ :

क)    पूँजी लागतमा वृद्धि

ख)    कच्चापदार्थको मूल्यमा वृद्धि

ग)    ब्याजदरमा वृद्धि

घ)    प्राकृतिक प्रकोप आदि

लगानीकर्तालाई असर

- मुद्रास्फीति उच्च भएमा उपभोक्ताको क्रयक्षमतामा कमी आउने भएकाले सीमित आय भएका लगानीकर्ताले ठूलो जोखीम लिन चाँहदैनन् । त्यस्तै धेरै आम्दानी भएका लगानीकर्ताले पनि मुद्रास्फीतिको अवस्थामा लगानी गर्न उत्साहित हुँदैनन् ।

- मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्य कम हुँदै जाने भएकाले बचत गरेको मुद्राको मूल्यमा ह्रास आउँछ । यसले मानिसहरू बचत गर्न प्रोत्साहित नहुन सक्छन् ।

- सामान्यतया मुद्रास्फीति उच्च हुँदा ब्याजदर पनि उच्च हुन्छ र कम हुँदा ब्याजदर पनि कम हुन्छ । तसर्थ, मुद्रास्फीतिको अवस्थामा लगानीकर्ता अपुग लगानीका स्रोत खोज्न वा नयाँ लगानी गर्न उत्साहित हुँदैनन् ।

- मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्यमा ह्रास आउँछ । तसर्थ, लगानीकर्ताले सानो पोर्टफोलियो निर्माणका लागि पनि ठूलो धनराशि खर्च गर्नुपर्छ ।

Wednesday, December 8, 2021

रुपैयाँलाई विस्थापन गर्ने डिजिटल मुद्रा ल्याउने तयारीमा राष्ट्र बैंक

रुपैयाँलाई विस्थापन गर्ने डिजिटल मुद्रा ल्याउने तयारीमा राष्ट्र बैंक: विश्वका अन्य धेरै केन्द्रीय बैंकजस्तै नेपाल राष्ट्र बैंक पनि विद्युतीय मुद्रा (डिजिटल करेन्सी) ल्याउने दिशामा