Wednesday, February 28, 2018

गजलः दिनै भरी मैयासँग होलीमा क्या रमाइलो भो...


दिनै भरी मैयासँग होलीमा क्या रमाइलो भो ।
लोला अनि अबिर भर्ने सोलीमा क्या रमाइलो भो ।।

किन होला अन्त तिर ध्यानै मेरो जाँदै जान्न
कटाक्षले ताकी हान्ने गोलीमा क्या रमाइलो भो ।।

रंग दल्दा भयो स्पर्श, ठूलै झड्का लागि हाल्यो,
टाकुरा बीचमा बग्ने खोलीमा क्या रमाइलो भो ।।

लक्ष्य आँफै बुझे राम्रो, होली त यो बहाना हो,
मीठो प्रीति भरिएको झोलीमा क्या रमाइलो भो ।।

भिजे पछि अलिअलि पारदर्शी बनिहाल्छ,
निथ्रुक्क भै भिजेको त्यो चोलीमा क्या रमाइलो भो ।।



No comments: