Sunday, February 25, 2018

गजलः पुछें ऐना धुलो देखी...



 मुहारमा
कालो थियो, पुछें ऐना धुलो देखी 
अरु सबै झिना झाँक्रा आफू मात्र ठूलो देखी 


माछा देख्दा दुला भित्रै हात हाल्न उद् थिएँ,
झट्ट हात बाहिर झिकें, सर्प भाको दुलो देखी ।।

दान, पुण्य, मानबता, धर्म कैल्यै सोचिएन,
मज्जा मानें दुनियाँको चिसिएको चुल्हो देखी ।।

कुन हो राम्रो, नराम्रो कुन केको मतलब थियो खै ?
कुकर्मकै आड भित्र सम्पत्तिको कुलो देखी ।।

सुन्दरी मदिराको नशा भित्र बित्यो जीवन,
मनका सच्चा रुपसीको आँखा भित्र फुलो देखी ।।

२०७४ । ११ । ११
pc: www.goalcast.com


No comments: