आफ्नै माया सस्तो भयो के गर्नु साराका कुरा
को हो आफ्नो पराया को कहाँ प्याराका कुरा
भनिएका मीठा मीठा बातहरु कहाँ गए
राजनीति थिए कि त थिए ती नाराका कुरा
तिमी आँफै झिलमिलाउथ्यौ मेरो आँखा वरिपरी
दिपावली किन गर्नु ? किन जुनताराका कुरा ??
मनको धनी भए हुन्थ्यो, किन धन चाहियो र ?
सुनेकै हो देश हाँक्ने त्यो सर्वहाराका कुरा ।
शान्ति खोज्न जाँउ भन्छ सँधै सँधै शान्तप्रिय ,
चिनौं आफ्नो मातृभूमि गरौं धराका कुरा ।।
२०७७/१२/१२
No comments:
Post a Comment