Thursday, July 3, 2025

गीतः लाली गुराँस भयो माया

लाली गुराँस भयो माया भयो सुनाखरी

ढकमक्क हृदयमा फुल्यो थरी थरी

धड्कदैछ मुटु आज भँवराको तालमा

छल्किदैछ परेलीमा  यो मायाको छालमा

वाग वेली भयो माया भयो जाई जुही

बगैचामा आइदेउ सम्हालिदेउ  कोही

लालीगुराँस भयो माया….

 

मुस्कुराउँछ ओठ भरी यो बैसालु जोवन

बैसको यो फूलबारीमा रम्छ त्यसै यो मन

कोइलीको गीतभरी तिम्रै नाम सुनिरहूँ

गुलाबी यी ओठ भरी उनकै नाम गाइरहूँ

गुलाबको थुङ्गा भयो मेरो माया मलाई

सिउरिदिने कोही आऊ चुल्ठो भरी सजाइ

लालीगुराँस भयो माया 

No comments: