Thursday, July 3, 2025

गीतः के साँच्चै तिमिले ममा चन्द्र देख्यौ?

 

के साच्चै तिमीले ममा चन्द्र देख्यौ ?

कति हो त्यो चौध कि त पन्ध्र देख्यौ??

कलिलो यो बैस  सुकुमारी बान्की

सप्तक भित्र तार कतै मन्द्र देख्यौ

 

थिएनन् यी बिम्ब चिरस्थाई तिम्रा

त्यही चाँदनीमा अनि दाग देख्यौ

भए बिक्री तिम्रा कसम केमा कुन्नी

गरी पूर्ण स्वार्थ के अभाव देख्यौ

 

थियो गर्म बैस, थियो काम तिम्रो

सकिएर काम बदनाम देख्यौ ।

म मानू कसरी बदलाव तिम्रो

मेरो प्यारो राम, छलछाम देख्यौ ।।

 

के साँच्चै तिमीले ममा चन्द्र देख्यौ?

कति हो त्यो चौध कि त पन्ध्र देख्यो??

No comments: