Friday, June 23, 2017

गजलः किन फेरि व्यर्थै डराएर आयाै


कति कामले फेरि धाएर आयाै ??
किन फेरि  अन्तै हराएर आयाैं ?


भन्थ्याै  त जीवन सधै अमूल्य छ ,
 र त मृत्यदेखि डराएर आयाै ।

उन्मुक्तिकाे चर्काे बिगुल बज्नु पर्ने,
ध्वजा जीतकाे खै, फहराएर आयाै ??

 आँफैलाइ चिन्नु अरू भन्दा पैल्हा
के त्याे आत्माबाटै कराएर आयाै ??

भनेकै हाे पैल्हा चुकाउ उसैलाइ
के बाचा बन्धन गराएर आयाै ?

फसललाइ पक्कै परिश्रम त पर्छ,
कि पाकेकाे बाली चराएर आयाै ??

रचना मितिः २०७४/०३/६

No comments: