Wednesday, July 26, 2017

गजलः हरिया ती चौर अनि नागवेली पाखाहरू ...

हरिया ती चौर अनि नागवेली पाखाहरू
सेता हिमाल अघि सॅधैं टोलाउछन आॅखाहरू ।

तिनै दृष्य भित्र कतै हामी दुबै हरायौ कि,
संझनामा आइरन्छन ईन्द्रेनीका काखहरू ।

पुगेनौ र कहाॅ हामी तराईका मैदानमा ?
मनै तृप्त बनाउने सुनका ती फाॅटहरू ।

भरिपूर्ण यौवन थियो प्रकृति झैं हाम्रो पनि ।
फूलै फूलको तरेलीमा मायाप्रीतका खातहरू ।

रोम रोम झंकृत हुने कस्तो थियो मादकता ,
झरनामा संगै रुझ्दै फेरिएका सासहरू ।

No comments: