अझै कत्ति तड्पाउछौ टाढा भागेर सानी?
दीलको दैलो खोली आऊ मेरी मनकी रानी ।
उसै त म घायल छु तिम्रो ईशारा ले
नजरको तीर हान्ने कस्तो तिम्रो बानी ।
भरी आकास घना बादल केश फिंजाउंदा
झिम्क्याउंदा परेलीलाई पार्छ्यौ कि त पानी ।
सोह्रसृंगार किन चाहियो अब तिमीलाई?
आफू राम्री अझ राम्रो तिम्रो त्यो जवानी ।।
सुम्पीहाल आफूलाई माया गर्छ जसले ।
नत्र अरु कसेले नै गर्ला मनाेमानी ।।
No comments:
Post a Comment