Monday, November 20, 2017

गजलः बदन तिम्रै भयो कान्छा मनोमानी गरे हुन्छ ।।


चोखो प्रीति वर्षाउने कुराकानी गरे हुन्छ,
जाेबन तिम्रै भयो कान्छा मनोमानी गरे हुन्छ ।।

उता तिम्लाई पट्याउलान, लोभ लालच देखाउलान,
यता तिम्रो म छु कान्छा, आनाकानी गरे हुन्छ ।।

तन, मन धन, सुम्पी, तिम्रै घरको इज्जत बन्छु
मलाई सम्झी अरुसँग बेइमानी गरे हुन्छ ।।

मैले आफ्नो प्रीयतमकाे उँच नीच सहिदिउला
जति गर्नु मलाई नै छेडखानी गरे हुन्छ ।।

छैन दुरी हामी माझ, सँगै हुँदा हुन्छ गल्ती
मीठो लाग्ने त्यस्तो गल्ती जानी जानी गरे हुन्छ ।

२०७४/०८/०४


No comments: