Wednesday, November 8, 2017

गजलः पूर्व हो कि पश्चिम जाँऊ ?







पूर्व हो कि पश्चिम जाँऊ ? भन प्रिय तिमी आँफै ।
शान्ति मिल्ने कुन हो गाउँ ? भन प्रिय तिमी आँफै 


ढाँट छली धेरै बढ्यो अमृत भन्दै बिष बेच्छन्
अमृत हो कि बिष खाँउ ? भन प्रिय तिमी आँफै । 


नैतिकता सिकाउनलाई कस्तो तालिम दिनु पर्छ ?
नजोत्नेलाई किन दाउँ ? भन प्रिय तिमी आँफै ।


चुहिरह्यो मनको छानो यो आत्मामा ओत छैन
मनमा कस्तो छानो छाँउ?  भन प्रिय तिमी आँफै ।


जनार्दनको कुरालाई किन कस्ले बाल दिन्थ्यो ?
के भनेर सँधै धाउँ ? भन प्रिय तिमी आँफै ।

२०७४/०७/२२

No comments: