वालापनमा...
म छु सुखी सोची कति खुसी मान्यो,
रहन्छु म यस्तै, सदा काल ठान्यो ।।१।।
जवानीमा...
अझै छु बलियो, कसै छैन कम्ति,
कटारीको भन्दा त्यो कर्दले जान्यो
।।२।।
बलबुता छँदा...
अभिमान ज्यादा नगर्दा हुनेथ्यो,
सबैलाइ दोशेर ‘म’ निर्दोश छान्यो ।।३।।
किन साँझ पर्दा बचेरालाई छोडी,
शिकारीले माउलाई ताकेर हान्यो ।।४।।
शक्तिक्षिण हुन थालेपछि ...
जीवनभरी साथ देला सोचेर यस्तै,
छोरो सम्झिएर लामो निश्वास तान्यो
।।५।।
र अन्त्यमा ===
सखे ! छैन प्राणै किन आफूसँगै,
भनी धर्ती छोडेर बैकुण्ठ छान्यो ।।६।।
कनिकुथी गरेको मितिः २०७७।०२।०३ गते शनिबार,
राजविराज सप्तरी
1 comment:
ठिकै छ नि
Post a Comment