मेरो देश
-
जनार्दन कट्टेल
हिमालको सुशोभना, छ अन्त खै कहिँ कतै
पहाडको
यो सम्पदा छ विश्वमा कहिं कतै
अर्पूव
छ स्वदेश यो जहाँ तहाँ जता ततै
तिमी
मभित्र नै यतै लुकेकोछौ जहाँ जतैं ।। १।।
सबै
परिश्रमी
भए छ उर्वरा मधेश यो
छ
मोहनी, छटा, मनै हुरुक्क विश्वको
सबै
पवित्र सन्तति यो देशका सबै मणिऽ
उठौं
जुरुक्क भै सबै विकासको छ यो घडिऽ ।।२।।
अंगालेर
असभ्यता, निकृष्टता र निचता,
अज्ञानको
प्रयोगले मिलेछ के त उच्चता ?
नसम्झ
यो अनन्तमा विलाउँदै छ बीरता,
गुराँसको
सछत्रमा लुकेको छ सबै दिशा ।।३।।
अबेर
भो अझै पनिऽ सुतेर बन्छ कि भुमी ?
अटूट
र्काय भित्र नै बनी रहुन् सधैं भुमी ।
नचिनेर
स्वयंप्रति तिमी भने बेहोश छौ,
ए
राष्ट्रका अनन्य हो ! तिमी कता हराएछौ ? ४।।
यो
देशको उज्यालोको छ विश्वमा के संशय ?
गरे
के हुन्न ? पाखुरा तिमीसँगै छ निश्चय ।
फुलाउनु
छ राष्ट्रको सगर्व फूल आँकुरा
अनेकतामा
एकता मिलाउँदै यि टाकुरा ।।५।।
छ
दूर लक्ष एक यो मिलाउने सबै जनऽ
जुटी
महान संप्रभू फुलाउने सबै कणऽ ।
गरौं
पवित्र निश्चय, गरेर ज्ञान संचयऽ
सम्बृद्धता
यो देशको जपेर लाख तन्मयऽ ।। ६ ।।
भलो
छ यो सबै मन मिलेर बस्दिए कतिऽ
सयौं
सुपुष्प हार यो उनिएमा अझै कतिऽ
अति
सुगन्ध देशको, हराभरा भई फुलोस् !
यही
छ कामना अझैं हिमालमा नयन् खुलोस ।।७।।
No comments:
Post a Comment