Wednesday, January 4, 2017

तिम्राे हात मागे त के भो ?



सँगै हिड्न तिम्रो हात मागें त के भो ?
मीठो माया बोक्ने बात मागें त के भो ?

तिमीलाई न्यानो अङ्गालोमा बेरी,
निदाउन मीठो रात मागें त के भो ?

सफा दिल तिम्रो, मेरो जस्तो सम्झी,
चोखो पिरतीको खात मागें त के भो ?

प्रेमील त्यो यात्रा, तिमी देऊ साथ,
सगै जुनी काट्न साथ मागें त के भो ?


चिनेनौ तिमिले  मेरो प्रीतलाई,
नायौ शरावी,  मात मागें त के भो ?

  

No comments: